Showing posts with label Prawas. Show all posts
Showing posts with label Prawas. Show all posts

Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh

दिल्लीको दाउमा बाुलुवाटारमा बैठक, प्रधानमन्त्रीले रौइकराई गरेपछि मधेसी नेता गइदिने

शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

Sunday, August 2, 2015

विदेशमा कमाएको ३४ लाखको सम्पत्तिसहित श्रीमती अर्कैसँग भागेपछि...पुरा पढ्नुहोस ।

नेपालगन्ज, साउन १७
- आफूले विदेशमा दुख गरेर कमाएको ३४ लाख रुपैयाँ बराबरको सम्पत्ति लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछि नेपालगन्ज उपमहानगर पालिका–२४ कारकादौंका दानबहादुर शाही न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय बाँके पुग्नुभएको छ ।

 दानबहादुरकी श्रीमती रुक्माकुमारी शाहले एक हप्ता अघि बाँकेको बागेश्वरी–२ खजुराका हरि पाण्डे भनिने सोमनबहादुर पाण्डेसँग भागेर विवाह गरेकी हुन । विदेशमा कमाएको साढे १५ लाख रपैयाँ, बैंकमा घर धितो राखेर झिकेको पाँच लाख ५५ हजार रुपैयाँ, स्थानीय समूहबाट ऋण लिएको सात लाख रुपैयाँ नगद, आठ तोला सुन, आइफोन र ल्यापटप लिएर श्रीमतीले अर्कैसँग विवाह गरेको दानबहादुरको दावी छ । कारकादौंमा श्रीमतीको नाममा रहेको घर ग्रामीण विकास बैंकमा धितो राखी ऋण लिएको उहाँले

बताउनुभयो । अर्काकी श्रीमती भगाउने पाण्डे समेत विवाहित हुन् । उनका एक छोरा र दुई छोरी छन् । आसाङ मोटर कम्पनीको सिङ्गापुर र मलेसिया शाखामा कार्यरत दानबहादुर श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको सुइको पाएर केहीदिन अघि मात्र घर फर्कनुभएको थियो । उहाँले भन्नुभयो ‘म घर आइपुग्दा पाण्डे पनि मेरै घरमै थिए । म आएको केहिबेरमै उनीहरु दुवै सँगै भागे ।

’ उनीहरुलाई पक्राउ गरी आफूलाई न्यान दिन प्रहरीकोमा निवेदन दिएपनि प्रहरीले चासो नदिएको आरोप शाहीको छ !
तस्विरमा : क्याप लगाउने एकल तस्बिरमा दानबहादुर शाही ।
चस्मा लगाने युगल तस्विरमा रुक्माकुमारी शाह र हरि पाण्डे भनिने सोमनबहादुर पाण्डे ।eonlytajapatrikaa.blogspot.co.

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

Saturday, August 1, 2015

कोरियामा यसरी चुँडियो सुदिपको सपना

नेपाली नै नेपालीको काल बने
सोल : शंखु–४ काभ्रेका सुदिप राउत परिवारका जेठो छोरा थिए । नेपाली समाजमा जेठो सन्तानको परिवारमा दायित्व बढी हुनु स्वाभाविकै हो ।

आर्थिक हैसियत कमजोर भएपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेनन । परिवारलाई आर्थिक समस्याबाट मुक्त गर्न उनले गाउँमै व्यापार व्यवसाय सुरु गरे । व्यवसायले उनलाई धोका दियो, व्यापारमा घाटा लाग्यो । ऋण तिर्न सकेनन्, ब्याज बढ्दै गयो ।

चुलिँदै गएको ऋणबाट मुक्त हुने उपाय भेटेपछि उनले व्यापार छाडे । गाउँघरबाट कोरिया पुगेका साथीहरुको आर्थिक हैसियतले उनलाई लोभ्यायो । रोजगार अनुमति प्रणालीको फर्म भरे, एकै पटकमा पास गरे ।

आफूसँगै परीक्षा दिएका साथीहरु कोरिया पुगे, तर उनको कामदार कन्ट्याक आएन । साथी भाइसँग निराशा पोखे । धेरै समय कुरेपछि बल्लतल्ल कामदार कन्ट्याक आयो । केही दिनमा सिसिभिआई (भिसा अनुमतिपत्र) मा हस्ताक्षर गरेपछि आएको फ्लाईट डेटले उनलाई खुसी पनि ल्यायो ।

दुई छोरी र एक छोराका बाबु सुदिप सन्तानलाई उच्च शिक्षा दिलाउने बाटो खुलेकोमा प्रसन्न भए । ऋणबाट मुक्ति हुने आशमा उनी कम्ता खुसी थिएनन् । (कोरियामा नेपालीबाट नेपालीकै हत्या)

परिवारलाई सुख र छोरछोरीलाई उच्च शिक्षा दिने सपना बोकेर उनी १७ दिनअघि कोरियाको इन्छन एयरपोर्ट उत्रिए । त्यहाँबाट उनी ट्रेनिङ सेन्टरमा अभिमुखीकरण कक्षमा सहभागी भएर उनी कम्पनी मालिकसँगै ख्यंगिदो ग्वाङजुको फर्निचर सजावट गर्ने वोनबाइन कम्पनीमा काम थाल्न पुगे ।

दस जोड दुई सकेकी छोरी र उनी भन्दा मुनिका दुई छोराछोरीको भविष्य उज्यालो पार्नका लागि कोरियामा पसिना बगाउन थाले ।

कम्पनीम एक्लो नेपाली उनले गाउँकै भाइपर्ने हरिकृष्ण अधिकारीलाई फोन गरी न्यास्रो हटाउने प्रयास गरे । सम्पर्क गर्नका लागि हरिकृष्णले उनलाई मोबाइल किनेर पठाइदिए । दुईबीच पारिवारिक गफगाफ र कोरियाको कामबारे कुरा भइरहे ।

उनी आएको एक हप्तामा अर्का नेपाली भोजपुरका पर्शुराम राई कम्पनीमा प्रवेश गरे । पर्शुराम आएपछि सुदिपले साथीभाइसँग नेपाली साथी आएको खुसी बाँडे । तर, त्यही नेपाली साथी उनको मृत्यु बोकेर आएको उनलाई के थाहा ?

सुदिपले बिहीबार कम्पनीमा काम सके । कोठामा सुदिपले नै खाना बनाए । दुबै जनाले सँगै खाना खाएर सुते । यौनजन्य रोगबाट पीडित राईले औषधि सेवन गरिरहेका थिए ।

खाना खाएपछि राईले सुदिपलाई पेट दुखेको कुरा सुनाए । अर्को दिन उपचार गर्न जाने सल्लाह गरी दुबै सुते । तर, सुतिसकेका राईले आफ्नो खानामा बिष मिसाइदिएको गलत शंका गरी सुदिपसँग निहुँ खोज्न थाले ।

हुँदै नभएको कुरामा शंका गरेका राईले गहिरो निद्रामा रहेका सुदिपमाथि मध्यराति उठेर चिर्पट प्रहार गरे । निदाएको व्यक्तिले प्रतिरक्षा गर्न सकेनन उनको त्यहीँ मृत्यु भयो ।

शुक्रबार बिहान पाँच बजे घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो । सहकर्मी नेपाली साथी पर्शुरामलाई नियन्त्रणमा लियो । राईले हत्या गरेको स्वीकारे ।

कोरियास्थित नेपाली दूतावासलाई प्राप्त अनुसन्धान रिपोर्ट भन्छ, ‘चिर्पट हानेपछि कन्चटमा रगत जमेर राउतको निधन भयो ।’

पैसा कमाएर परिवारलाई सुख दिने सपना पालेर कोरिया गएका सुदिपले नेपालीकै हातमा मृत्युवरण गर्नुप¥यो । सुदिपको मृत्युसँगै उनका सारा सपना कोरियामै बिलाए ।

सुदिप सदाका लागि निदाए । परिवारको भरोसा ढलेको खबरले सुदिपको घरमा रुवाबासी चलिरहेको छ । एक नेपालीले अर्का नेपालीको जीवनसँगै उनमा आश्रित परिवारको सपनाको समेत घाँटी निमोठे ।
www.annapurnapost.com

Tuesday, July 28, 2015

अमेरिका बस्ने नेपालीबाट यस्ता सुझाव

वासिंगटन :अमेरिकाको वासिंगटन राज्यको सियाटलमा बसोबास गर्ने नेपालीले नेपालमा बन्न लागेको संविधान आफ्ना सुझाव पेस गरेका छन्।

सियाटलमा वृहत् कार्यक्रम नै गरेर विभिन्न पेशा, वर्ग र समुदायबाट सुझाव संकलन गरी नेपाली दुताबास मार्फत सुझाव पठाइएको छ। नागरिकता, शासकीय व्यवस्था, संघीयता, धर्म र शैक्षिक अधिकारमा उनीहरुले सुझाव दिएका छन्।


कार्यकारी प्रमुख हुनुपर्ने, धार्मिक सहिष्णुता नबिथोलिने गरी धार्मिक व्यवस्था राख्‍नपुर्ने र संघीयतालाई मुलुकले थेग्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।सुझाव संकलनका लागि टीपी खनाल, दुर्गाप्रसाद श्रेष्ठ र बुद्धिजंग कुँवरले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

उनीहरुले दिएका सुझाव जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएका छन्।

१) नागरिकता सम्बन्धमा : विदेशमा आएर यहीको नागरिकता लिएका नेपालीहरुका लागि राजनैतिक अधिकार बाहेकको अन्य सामाजिक,आर्थिक तथा सास्कृतिक अधिकार सहितको दोहोरो नागरिकता दिने प्रस्तावको हामीहरु हार्दिक स्वागत गर्दै त्यसका लागि पहल गर्ने सम्पूर्ण राजनैतिक पार्टीहरु तथा संघ सस्थाहरु प्रति हामीहरु हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छौ ।

तर कुनै दिन विदेशको नागरिकता त्यागी पुन स्वदेश फर्कन चाहने नेपालीहरुका लागि विदेशको नागरिकता त्यागेकै मितिदेखि लागु हुनेगरी नेपालि नागरिकता पुनर्बहाली हुने व्यवस्था संबिधानमा हुनको लागि हामि जोडदार अनुरोध गर्दछौ । गैह्र नेपालि नागरिकका सन्तानहरुलाई पनि नेपालि नागरिकताको अधिकार हुनुपर्नेछ  । साथै बिदेशमै जन्मेका हाम्रा छोराछोरीहरुले पनि विदेशको नागरिकता त्यागी नेपाल गएमा उनीहरुले पनि बंशजको आधारमा तुरुन्त नागरिकता पाउने व्यवस्था हुनुपर्नेछ ।

२) शासकीय व्यवस्था सम्बन्धम्मा

देशको प्रमुख कार्यकारी प्रत्यक्ष रुपमा निर्बाचित भएको हुनुपर्नेछ  ।  साथै सरकारका जिम्मेवार राजनैतिक अधिकारीहरुको न्युनतम शैक्षिक योग्यता तोकीइनु पर्दछ  ।

३)  धार्मिक बिषयमा : नेपाल अधिकतम हिन्दुहरुको बसोबास भएको देश भएतापनि सबै धर्मलाई उत्तिकै सम्मान हुनेगरी "स्वतन्त्र धार्मिक राज्य वा सनातन राज्य" को रुपमा नेपाल लाइ धार्मिक मान्यता दिदा राम्रो होला ।

धार्मिक बिषयलाई राजनैतिक तहबाट अनाबश्यक रुपमा न उचाली सबै धर्मका मान्छेहरुले सम्मानित भै बाच्ने र आ-आफ्नो धर्मको निर्बाध प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्नेछ । धर्मको आडमा भेदभाव गरि बलियोले कमजोरलाई दुख दिने सस्कारलाई निरुत्साहित गर्ने गरि संबिधान बनाइनु पर्दछ । यदि यो बिषयमा बुद्धिमत्तापूर्ण निर्णय गरिएन भने भोलि नेपाल धार्मिक द्वान्दको चपेटामा पर्न गइ डरलाग्दो क्षति हुनसक्ने कुरालाई मध्यनगर गर्दै नेपालीपन जोगिने गरि धार्मिक सहिष्णुता स्थापित हुनेगरी धर्मलाई मान्यता दिइनु बेश होला ।

४) जातको आधारमा नभई बर्गको आधारमा ( जुन जातको भएपनि कमजोर छ भने त्यो बर्गको मान्छेले पाउने गरि) सहुलियत दिने व्यवस्था हुनुपर्दछ ।

५) महिला र पुरुष बीच हरेक कुरामा समान कानुनि अधिकार हुनुपर्नेछ । सम्बन्ध बिछ्छेद तथा सम्पतिमा भएका अधिकारमा समानता हुनुपर्नेछ ।

६) संघियता सम्बन्धमा : संघियताको निर्माण गर्दा नेपालको भौगोलिक , सामाजिक , सास्कृतिक , आर्थिक , प्राकृतिक सम्पदा र मानविय संवेदनालाई खलल नपुग्ने गरि मधेश, पहाड र हिमालमा सबै राज्यको पहुच हुनेगरी सिमाङ्कन हुनु पर्दछ ।

नेपालको सम्पूर्ण परिथितिलाई हेर्दा अहिलेको अवस्थामा ४ वटा भन्दा बढी संघियताको कल्पना गर्नु त्यति हितकर देखिदैन । त्यसैले ४ वटा भन्दा बढी राज्यहरुको निर्माण गर्ने कार्यमा राजनैतिक स्वार्थ नहेर्न सम्पूर्ण राजनैतिक दलहरुमा हार्दिक अनुरोध छ ।

७) उप-रास्ट्रपतिलाइ राज्यले गर्ने लगानीको अनुपातमा सक्रिय हुनेगरी जिम्मेवारी दिइनु पर्दछ ।

८) अपाङ्ग मैत्री संरचना हुनुपर्नेछ ताकि कोहि पनि अपाङ्गले आफ्नो मौलिक अधिकारको उपयोग गर्दा अपहेलित हुनु नपरोस ।

9) शैक्षिक अधिकार सम्बन्धमा : आजको युगमा शिक्षा भनेको एउटा मौलिक अधिकार हो त्यसैले कम्तिमा पनि उच्च माध्यमिक शिक्षा सम्मको पढाई निशुल्क हुने गरि व्यवस्था हुनुपर्नेछ । भोलिको नेपालमा कोहि पनि नेपालि शिक्षाको कारणले पिछडिनु नपरोस भन्ने कुरालाई बिशेष ध्यान दिदै उच्च माध्यमिक शिक्षा सम्मको पढाई निशुल्क हुने गरि त्यसको व्यवस्था संबिधानमा गरिनु पर्दछ ।
annapurnapost.com

Monday, July 27, 2015

इण्डनेशियामा ७ रेक्टर स्केलको भूकम्प, सुनामको खतरा

१२ साउन, एजेन्सी ।

इण्डोनेशियाको पपुवा क्षेत्रमा मंगलबार विहानै ७ रेक्टर स्केलको भूकम्प भएको अमेरिकी भौगर्भिक विभाग युएसजिएसले दिएको छ । प्रान्तीय राजधानी जयापुराबाट २५० किलो मिटर क्षेत्रमा उक्त भुकम्पको केन्द्र रहेको समाचारमा जनाइएको छ ।

अहिले सम्म कुनै हताहतीको विवरण प्राप्त भएको छैन । सूनामीको चेतावनी जारी गरिएको छैन तर सुनामी र पहिरोको उच्च खतरा रहेको अधिकारीहरुले बताएका छन् ।



मानिसहरु भूकम्पपछि भागाभाग गरेको पनि समाचारमा उल्लेख छ । मानिसहरु पहिरो जाने क्षेत्रबाट अन्य क्षेत्रमा गइरहेका छन् ।

इण्डोनेशिया भूकम्पको उच्च जोखिम भएका क्षेत्रमा पर्छ ।

Sunday, July 26, 2015

फेरि गयो ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जाकार्ता, १० साउन । इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । तर स्थानीय अधिकारीहरुका अनुसार सो भूकम्प पछाडि सुनामीको कुनै खतरा रहेको छैन ।
स्थानीय समयाअनुसार आइतबार अपराह्न २ः०५ मा सो भूकम्प गएको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु पूर्वी जाभा प्रान्तको क्राजान ताम्बाक्रेजो गाउँबाट ९३ किलोमिटर दक्षिणमा ५९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
इन्डोनेसियाको मौसम विज्ञान र भू–शास्त्र अध्ययन संस्थानका मोचामाद रियादीकाअनुसार यस भूकम्पछि मानवीय क्षति र सपत्तिको नोक्सानीको कुनै समाचार प्राप्त भएको छैन ।
सो भूकम्पको केन्द्रविन्दु समूद्र सतह भए तापनि सहरदेखि धेरै टाढा भएको सुनामीको चेतावनी भने दिइएको छैन ।
सो भूकम्पको कम्पन ५ सेकेण्डसम्म महसूस गरिएको पूर्वी जाभाका बङ्युवानगी सहरमा रहेका एएफपी एक सम्वाददाताले जानकारी दिएका छन । यसअघि जेठ महिनामा पनि इण्डोनेसियामा ५.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । रासस/एएफपी
dainiknepal.com

Saturday, July 25, 2015

शान्ति रोकाया भन्छिन्, म कुवेतमै मर्छु होला

क्वालालम्पुर : घरेलु कामदारका रुपमा कुवेत पुगेकी कैलाली बौनिया कि शान्ति रोकायालाई अहिले नेपाल फर्कन्छु कि फर्कन्न भन्ने चिन्ताले सताएको छ । भारतिय बाटो हुँदै कुवेतमा रोजगारीका लागि पुगेकी उनी घरेलु हिंसाको सिकार बनेपछि नेपाल फर्किन नेपाली दुतावास कुवेतको शरणमा पुगेकी छन् ।

पतिले दोस्रो विवाह गरेपछि शान्ति छोराको भविष्य बनाउने भन्दै एक वर्षअघि कुवेतको जुलु जाहारामा घरेलु कामदारका रुपमा पुगेकी थिइन् । पहिला काम गरेको घरबाट चर्को शोषणमा परेको भन्दै दोस्रो स्थानमा सरेकी उनी उत्ता घरमा पनि हिंसाको सिकार बनेपछि शनिबारबाट नेपाल फर्किनका लागि नेपाली दुतावास कुवेतको शरणमा पुगेकी छन् ।

सात वर्षअघि अन्तरजातिय प्रेम विवाह गरेकी उनी पतिले दोस्रो पत्नी ल्याएपछि विदेश गएको फोनमा बताइन् । जुलु जाहारको एक घरमा काम गर्न पुगेकी उनी घर मालिकका सालोबाट पीडित बनेकी थिइन् । फोनमा शान्तिले भनिन् ‘मलाई यौन दुव्र्यावहार गर्न पटक पटक प्रयास गर्‍यो, तर इथोपियाकी साथीले बचाइन्।’

करिब ३ महिनाअघि घरमा कोही नभएको मौका पारी यौन दुव्र्यावहार गर्न खोज्दा तिनै साथी देवता भएको उनले फोनमा बताइन्। उनलाई ती व्यत्तिाmले शारीरिक र मानसिक याताना दिने गरेकाले दोस्रो घरमा कामका लागि पुगेकी थिइन् ।

‘मलाइ पहिला काम गरेको घरमा काम गर्ने वातावरण नभएकोले दोस्रो घरमा सरें’ कुवेतकै अल अलि कम्पनीमा आवद्ध उनले भनिन् । अल अलिले उनलाई पहिलाको घरमा काम गर्न ७ सय ५० डिनरमा बेचेको थियो ।

पहिलाको घरमा काम गर्न नसक्ने भन्दै उनी अल अलि पुगिन् । अल अलि कम्पनीले उनलाई कुवेतकै अल जहरमा रहेको एक शेखको घरमा १ हजार डिनरमा बेच्यो । मासिक कमाइ ७० डिनार भए पनि उनले करिब २ महिनादेखि तलब नपाएको बताइन् ।
पैसा नहुँदा छोरालाई फोन गर्न पनि सकेको छैन टेलिफोनमा शान्तिले भनिन् ।

‘म यतै मर्छु जस्तो लाग्थ्यो । बिहानदेखि करिब १६ घण्टा भन्दा बढी काम गर्दा पनि घरकी साहुनीले विभिन्न आरोपमा पीडा दिने गरेकी छन्’ उनले अन्नपूर्णसँग भनिन्, ‘बेला बेला त यतै आत्महत्या गरौं झै लाग्थ्यो तर छोराको मुखले बाचें ।’ कुवेतमा राम्रो काम र कमाइ भन्दै स्थानीय एक व्याक्तिको लहै लहैमा उनी त्यहाँ पुगेकी थिइन् ।

नेपालबाट कुवेत जाँदा झन्झट हुने दलालको भनाइमा लाग्दा दुःख पाएको उनले बताइन् । अहिले न मसँग केही कागज पत्र छ न सुविधा दाबी गर्नै प्रमाण नै शान्तिले भावुक हुँदै भनिन्, ‘यतै मर्छु होला एक पटक छोराको मुख हेर्ने मन छ।’

पहिला काम गरेको घरमा कुटपिट हुने र मानसिक रुपमा निकै तनाव दिँदा उनलाई विदेश नआएको भए हुन्थ्यो झैं लागेको बताइन् । पछिल्लो घरमा पनि त्यहि दोहोरियो । काम गर्न नसकेको दिन थप शारीरिक याताना भोग्नुपर्यो ।

१ महिनाअघि नेपाल फर्किन उनले अल अलि कम्पनीमा पुगिन् । कम्पनीले १ हजार डिनरमा बेचेकाले यो रकम तिरेर नेपाल फर्किन सकिने बतायो । नेपालबाट आउँदाको ऋणमात्र तिर्न भ्याएकि उनलाई त्यो रकम धेरै भयो । महिनाको ७० डिनार कमाइ हुने मैले १ हजार डिनार कसरी जुटाउनु उनले भनिन् ।

भागेर जाने ठाउँ नभएकाले पीडा खपेर बसेको उनले बताइन् । १ हजार डिनार भए म नेपाल फर्किन सक्थें तर मलाइ कस्ले सहयोग गर्छ । सामाजिक सञ्जालमा भेटिएका गोरखाका पूर्ण थापाले उनलाई अहिले नेपाली दुतावास पुर्‍याइदिएका छन् ।

अहिले काम गरिरहेको घरवाट भाग्न पटक पटक प्रयास गरिन् । उनी भाग्ने चाल पाएका उनीसँगै काम गर्ने उनका साथीले उनको प्रयास सफल हुन दिएनन् । शुक्रबारको दिन छुट्टिमा भागेर पूर्णको सम्पर्कमा आएको उनले टेलिफोनमा बताइन ।

अब दुतावासको सम्पर्कमा छु पक्का नेपाल फर्किन सक्छु की शान्तिको आत्मविश्वास थियो । उनलाई नेपाली दुतावास सम्म पुर्‍याउन सहयोग गरेका पूर्णले शान्तिको नेपाल फर्किने चाहाना पुरा गराइ दिन अपिल समेत गरेका छन् । www.annapurnapost.com

Friday, July 24, 2015

नेपालीलाई सावधान हुन आग्रह गर्दै अमेरिकी दुताबासको सूचना

८ साउन, काठमाडौं ।

काठमाडौस्थित अमेरिकी राजदुताबासले नेपालीहरुलाई सावधान हुन भन्दै एक सूचना जारी गरेको छ । अमेरिकामा बस्नेगरी भिसा मिलाइदिने भन्दै कतिपय ब्यक्तिहरुले ठगी गरिरहेको खुलासा भएपछि दुताबासले यस्तो सूचना निकालेको हो ।

अमेरिका जानका लागि रहेका प्रावधानबारे जानकारी दिइएको यो सूचनामा ठग्नेहरुले दिएका आश्वासनबाट सचेत रहन भनिएको छ ।
हेर्नुस् दुताबासको सुचनाः

झुट्टा आश्‍वासन विरुद्ध अमेरिकी दूतावासको नेपालीहरूलाई सावधानी

नेपालीहरूलाई आफूले संयुक्त राज्य अमेरिका प्रवेश गर्न तथा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरूले दाबी गरेका भनी हालै आमसञ्‍चारमाध्यममा आएका खबरहरूप्रति अमेरिकी दूतावास चिन्तित छ । यस्ता दाबीहरू झुट्टा हुन् र तिनलाई बेवास्ता गर्नु पर्दछ । २०७२ असार ९ गते वा सोअघि निरन्तर तथा शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित रहँदै आएका तथा त्यसपछि पनि संयुक्त राज्य अमेरिकामा नै निरन्तर रूपमा शारीरिक रूपमा उपस्थित रहेका व्यक्तिहरू मात्रै टिपिएसका निम्ति योग्य हुन्छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्‍युरिटीले नेपाललाई टिपिएसको सूचीमा राखिएको घोषणा गर्‍यो । संयुक्त राज्य अमेरिकामा पुगी बसोबास गरिसकेका योग्य नेपाली नागरिक (र यसअघि नेपालमा बसोबास गर्दै आएका नागरिकताविहीन व्यक्ति) हरूले टिपिएसका लागि आवेदन दिन सक्नेछन् । यस्तो योग्यता पुग्ने नेपालीहरूका लागि दर्ता अवधि २०७२ असार ९ देखि पुस ६ गतेसम्म रहेको छ ।
टिपिएस एक अस्थायी सुविधा हो र यसले वैध स्थायी बासिन्दासम्बन्धी सुविधा वा अन्य कुनै अध्यागमन सुविधा प्रदान गर्दैन ।
उल्लेख्य रूपमा झुट्टा आश्‍वासनहरू बढ्दै गएको सम्बन्धमा अमेरिकी दूतावास सर्वसाधारणलाई सचेत रहन सल्लाह दिन चाहन्छ । वास्तवमा टिपिएस के हो र यस प्रक्रियाले कसरी काम गर्दछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । टिपिएससम्बन्धी विस्तृत जानकारी http://www.uscis.gov/…/temporary-protected-status-designate… मा प्रदान गरिएको छ । यो वेबसाइट मात्र नेपालीहरूका लागि टिपिएससम्बन्धी आधिकारिक सूचनाको स्रोत हो ।nepaliheadlines.com

Thursday, July 23, 2015

दुबइमा नेपाली र बङ्गाली बिच भिडान्त एक नेपालीको मृत्यु ६ पक्राउ हेर्नुहोस

शारजाह – यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं। १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो ।

मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।

घट्नापश्चात शारजाह प्रहरीले केही बंगलादेशीसहित ६ जना नेपालीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्ने नेपालीहरूमा मोरङका कृष्ण दाहाल, उदयपुरका हेमबहादुर राई, उदयपुरकै रोइत राई र केशब राई, गुल्मीका चन्द्रसिङ खत्री र कास्कीका शंकर नेपाली रहेको उदयपुरका भक्त राईले बताए ।

Tuesday, July 21, 2015

मलेसिया र साउदीसँगको श्रम संझौता अन्तिम चरणमा

साउन, काठमाडौं ।

सरकारले मलेसिया र साउदी अरबसँग श्रम संझौता गर्ने तयारी अन्तिम चरणमा पु¥याएको बताएको छ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बिभिन्न ६ देशसँग श्रम संझौता गर्ने तयारी भैरहेको र त्यसमध्ये मलेसिया र साउदी अरबसँग श्रम संझौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

ति देशले श्रम संझौता र बैदेशीक राजगारीमा निःशुल्क भिषा र टिकेटको निर्णय प्रति सकारात्मक प्रतिक्रिया जनाउदै त्यसलाई अन्तिमरुप दिन आफुलाई भ्रमणको निम्तो दिएको समेत राज्यमन्त्री गुरुङले बताए ।

केहि दिन भित्रै भ्रमणको मिति तय गरेर ति देशमा जाने तयारी भैरहेको उनको भनाई छ । सरकारले हालसम्म कतार, युएई, बहराइन, जापान र दक्षिण कोरियासँग मात्र श्रम संझौता गरेको छ ।



संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निःशुल्क भिषा र टिकेटको निर्णय कार्यान्वयन गर्नु अघि ति देशमा श्रम संझौता गर्न सरकरलाई निर्देशन दिएको थियो ।

संझौता गर्ने तयारी भैरहेको भएपनि समितिको निर्देशन पछि त्यसलाई तिब्रता दइएको मन्त्री गुरुङले बताए । मलेसिया र साउदी अरबसँग श्रम संझौता भएपछि पनि निशुल्क भिषा र टिकेटको निर्णय लागु भएका दुई देश कुबेत र ओमान भने अझै श्रम संझौता गर्न बाँकी हुनेछन् । बाँकी देशसँग पनि संझौता गर्ने मन्त्रालयले जनाएको छ ।nepaliheadlines.com

Saturday, July 18, 2015

कृषि प्रविधि सिक्न सय विद्यार्थी इजरायल जाने

३ साउन, नेपालागञ्ज ।

इजरायलमा आधुनिक कृषि प्रविधि सिक्न मध्यपश्चिम र सुदूरपश्चिमका आठ जिल्लाबाट सान किसान परिवारका एक सय विद्यार्थी छनोट गरिएको छ ।

नेपालका लागि इजरायलका राजदूत यारोन मेयरको उपस्थितिमा बाँके, बर्दिया, दाङ, सुर्खेत, सल्यान, कैलाली, कञ्चनपुर र डडेलधुराका तीन सय साना किसानका छोराछोरीमध्येबाट गोला प्रथाद्वारा सयजना छनोटमा परेका हुन् ।

छनोट भएका युवायुवतीको अन्तर्वार्ता भएको छ । छनोटमा परेकाहरुले दसैंअघि इजरायल जान पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।nepaliheadlines.com

सोलोमनमा ७ म्याग्निच्यूडको भूकम्प

एजेन्सी : सोलोमन द्वीपसमूहमा शनिबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीसी) का अनुसार सोलोमन द्वीपसमूहको तटीय क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प महसूस गरिएको छ । तर, यो भूकम्पबाट सुनामीको कुनै सम्भावना भने नरहेको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।

शुरुआती रेकर्डमा भूकम्प ७.५ म्याग्निच्यूडको भएको समाचार आएको थियो । पछि रेकर्डमा सुधार गरेर भूकम्प ७ म्याग्निच्यूड बताइएको हो ।

यो भूकम्पको केन्द्रबिन्दु सोलोमन द्वीपसमूहको लाताबाट ७८ किलोमीटर पश्चिम-उत्तरमा रहेको थियो । यो स्थान राजधानी होनियाराबाट लगभग ५८३ किलोमिटरको दुरीमा रहेको छ ।

भूकम्प ७.३ म्याग्निच्यूडको बताउँदै जियोसाइन्स अस्ट्रेलियाले भूकम्प प्रभावित क्षेत्रको केही हजार किलोमीटर परसम्मको भूभागमा सुनामी आउने  आशंका जनाएका थिए ।

अमेरिकाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले यो भूकम्प ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । सबै तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरुले सुनामीको आशंका करिब समाप्त भएको जनाएका छन् ।

यसअघि सन् २०१३ मा सोलोमनमा ८ म्याग्निच्यूडको भूकम्पपछि सुनामी आउँदा सो क्षेत्रमा १० जना मानिसको ज्यान गएको थियो । सुनामीले बस्ती भत्काउँदा हजारौं मानिस विस्थापित भएका थिए।

Friday, July 17, 2015

छिमेकी देश चीनमा फेरि भूकम्प

काठमाडौं, २ साउन । छिमेकी देश चीनमा शनिबार भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार चीनको छिङज्याङ प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको आसपासका प्रान्तमा पनि ठूलो धक्का महसुस गरिएको हो ।
नेपाली समय अनुसार विहान ११ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । उक्त भूकम्पको धक्का ५ दशमलब १ रेक्टर स्केलको हो । भूकम्प पश्चिम उत्तरी पहाडी क्षेत्रमा गएको हो । पहाडी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसलगत्तै चीनमा पाँच रेक्टर स्केलको अर्काे भूकम्प पनि गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । यसअघि हप्ता दिन पहिले पनि चीनमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । एजेन्सी
dainiknepal.com

Monday, July 13, 2015

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको निधन

विकाश श्रेष्ठ ।
२९ असार, सोल ।
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको निधन भएको छ । अचानक स्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचारका क्रममा कास्की लेखनाथका भविश्वर गुरुङको निधन भएको दुइ दिन वित्न नपाउदै औद्योगिक दुर्घटनामा परी हिजो दिउसो मोरङ हात्तिमुडा गा. वि.सका गान्धीराज खतिवडा निधन भएको हो ।

करिव चार वर्ष अघि इपिएस मार्फत‘कोरिया आएका खतिवडाको कम्पनीमा काम गर्दै गर्दा माथिबाट खसेको फलामको विमले च्याँपिएर घटनास्थलमै मृत्यु भएको ह्वासङ प्रहरीलाई उद्धृत गर्दै कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङले जानकारी दिएका छन् । मृतक खतिवडा हवासङस्थित एक फलाम कम्पनीका कार्यरत थिए ।

मृतक खतिवडाको शवको पोष्टमार्टम भइरहेको हवासङ प्रहरीले जनाएको छ । मृत्युको वारेमा नेपालीस्थित उनका परिवारलाई पत्र मार्फत जानकारी गराइएको श्रम सहचारी गुरुङले बताए । शव नेपाल झिकाउन मृतकका परिवारले पत्र मार्फत छिटो पहल गरे एक साता भित्र शव पठाउन सकिने दुतावासले जनाएको छ ।

पछिल्लो समयमा कोरियामा आत्महत्या, अचानाक स्वास्थ्यमा समस्या देखिएर तथा विभिन्न खाले दुर्घटनामा परी नेपाली कामदारको मृत्यु हुने क्रम बढेको छ । सन् दुइ हजार सात रोजगार अनुमति प्रणली इपिएस लागु भएयता कोरियामा असी भन्दा बढी नेपाली कामदारको मृत्य भइसकेको छ ।nepaliheadlines.com

घर आउन ठीक्क परेका दिपकले यसकारण मलेसियामै झुन्डिएर आत्महत्या गरे.......

मलेसिया बाट घर  फर्कन थालेका पाल्पाको कोलडाँडाका दिपक मगर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
उनलाई झुन्डिएको अवस्थामा देख्दा उनका साथीहरु पनि हेरेकोहेर्रेइ भएका थिय । आफूलार्इ गम्भीर रोग लागे पनि डाक्टर र साथीहरुले आफुलाई ढाँटेको भन्दै केही दिनदेखि मानसिक चिन्तामा परेका उनले अकस्मात झुन्डिएर आत्महत्या गरेका खुलेको छ  । इपोको मेनसिटीस्थित मेरी ब्राउन रेस्टुरेन्टमा काम गरिरहेका उनि मलेशिया गएको मात्र ३ वर्ष भएको थियो। घर फर्कने भन्दै दिपकले आइतबार बजारमा सामान किनमेल पनि गरिसकेका थिए । त्यहिक्रममा उनि बिरामी परेका थिए त्यसपछि उनलाई उपचारका लागि अस्पतालसमेत लगिएको थियो । एक्सरे र ल्याब परीक्षण गर्दा रोग पत्ता नलागे पनि मगरले आफूमा गम्भीर रोग लागेको बताउँदै आएका थिए ।दिपकको शव नेपाल पठाउने प्रकृया थालिएको छ ।
तस्विर - अन्नपुर्ण पोस्ट