Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Tuesday, March 1, 2016

रोग प्रतिरोधी क्षमता बढाउन,क्यान्सरबाट बाच्न ,हड्डी बलियो बजाउन र अनुहारमा चमक ल्याउन एउटै उपाए

· क्यान्सरबाट बचावट: भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँ कटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

· हड्डी बलियो बन्छ: भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।

· भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।


· हृदयरोगमा राहत: मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

· पाचन क्रियाको सन्तुलन: भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

· अनुहारको चमक:भुइँ कटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, सरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

· रोग प्रतिरोधी क्षमता बढाउन:भुइँ कटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ । – एजेन्सी

पेट थिचेर सुत्नुहुन्छ ? यसो नगर्नुस, यो स्वास्थको लागी निकै खतरनाक छ !

तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गी बाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ । यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।


विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट पिडित छन । इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए अनुसार, अनियन्त्रित मिर्गीमा मृत्युको मुख्य कारण आकस्मिक मृत्यु हो र प्रायजसो यो सुत्ने क्रममा हुने गर्दछ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले २५ वटा अध्ययनहरूको समीक्षा गरेका थिए, जसमा सहभागी २५३ आकस्मिक मृत्युको मामलामा मानिसहरूको शारीरिक स्थितिको अध्ययन गरिएको थियो । यस अध्ययनमा के पाइयो भने पेटको बल सुत्ने स्थिति ७३ प्रतिशत मानिसहरूको मृत्यु भएको थियो । जबकि २७ प्रतिशत मानिसहरूको सुत्ने स्थिति फरक थियो ।

शिशुहरूको मामला जस्तै वयस्कहरूमा पनि प्रायजसो दौरा भएपछि बिउँझने क्षमता हुँदैन । विशेष रूपले सामान्य दौराको क्रममा । ताओ का अनुसार, यस अध्ययनमा मिर्गीबाट आकस्मिक हुने मृत्युबाट बचाउँनका लागी एक महत्वपूर्ण रणनीतिलाइ बताइएको छ । ‘कम्मरको बल गरि सुत्नु ‘ नै एक महत्वपूर्ण रणनीति हो । हाते घडी र बेड अलार्मको प्रयोगबाट सुत्ने क्रममा यस प्रकारको मृत्युबाट बचाउँमा मद्दत पुग्दछ । यो अध्ययन अनलाइन जर्नल न्यूरोलोजीमा प्रकाशित गरिएको छ ।-एजेन्सी

डा. भगवान कोइराला भन्छन्- अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
काठमाडौं । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।’
वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक रप्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव ‘पेप्टाइड’ हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो ‘क्याप्टोप्रिल’ (रक्तचापको औषधि)को एक मात्राजति नै प्रभावकारी हुन्छ ।
dainiknepal

केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र


खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।

जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।



तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।

विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।

खानामा जीराको धूलो राख्नुको महत्व

जीरामा पाइने थाइमोल ( अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी  हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोटोपनाको समस्याको लागि जीराको दाना

तरिका १:

१ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।
तरिका २:

२ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।
तरिका ३:

१ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।
तरिका ४:

१ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।
तरिका ५:

थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।
जीरा खानुका फाइदाहरूः

पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
पाइल्सबाट राहत दिन्छ।
रुघाखोकीको समस्यालाई कम गराउँदछ।
मधुमेहबाट रोकथाम गराउँदछ।
स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
तनाव र थकानबाट मुक्त गराउँदछ।
प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।

Monday, February 29, 2016

यी हुन तपाई हाम्रो बुद्धि बढाउने फलफूलहरु....!!

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।


बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।
जमुना:जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।
पालुंगो:बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।
कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।
पालुंगो लाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।
अमला:फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।
अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।
प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।
स्ट्रबरी:अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।
बदाम:बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।
ओखर:बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।
अंकुरित गेडागुडी:अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्स:स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ

तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु

हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।
तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।


१ पाचन प्रणालीमा सुधार
तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत २ स्वस्थ राख्छ ।

३ कलेजोलाई सफा पार्छ
कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।

४ रक्तचाप सन्तुलित राख्छ
कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।

५ रोगसँग लड्ने क्षमता बढाउँछ
कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।

५ त्वचालाई जवान राख्छ
कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।

६ श्वास प्रश्वासका विरामीलाई राम्रो
कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।

७ वजन घटाउन उपयोगी
दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।

सुन्तलाको बोक्रा को फाईदा थाहा छ तपाईलाई ? क्यान्सर देखि रक्तचाप सम्मको औषधि

सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर  फ्याँक्छौँ र गुदी मात्र खान्छौँ ।  युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ । सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन  ।

यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।

अनुहारमा दाग, धब्बा छ रु यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।

सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।

सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।

निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।

ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको गन्ध उत्पन्न हुन्छ । यद्दपी, ल्वाँङ हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक छ तर सर्दीको मौसममा यसको बिशेष महत्व रहेको छ, किनभने यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।

यहाँ ल्वाँङका १० गुणहरूका बारेमा चर्चा गरिएको छ

१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।

२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।

३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।

४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।

६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।

७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।

८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।

९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।

१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।

यति धेरै उपयोगी ल्वाङको तपाइँ पनि प्रयोग गर्न थाल्ने कि ?

आर्यूवेदिक उपचार: पिनास हुदा खान हुने र नहुने

डा. क्षितिज बराकोटी
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।

पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

विशेष ः पिनासको उपचारका लागि योसास क्लिनिक डा. बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण ठीक भएका छन् । त्येसैले खानपान जथाभावि नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।

Sunday, February 28, 2016

शरीरको खराबी फान्न यी खानेकुरा बढि लाभदायक

सोमबार, १७ फागुन

मानिसहरुमा अस्वास्थ्यकर खाना तथा रहनसहनका कारण बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता खानबाट हाम्रो शरिरमा बिभिन्न खराबी तत्वहरुको कारण रोगहरु लाग्ने गर्दछन । यस्तो शरिरमा जम्मा भएको खराबी तत्वलाई यी घरेलु खानकुरा खानाले धेरै मात्रामा कम गर्न सकिन्छ ।
धनियाँ
धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ ।
कागती
बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
ग्रिन टी
ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।
आलस
आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।
गहुँको जमरा
गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।
दही
खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।
अदुवा
अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।
nepalsandesh

Wednesday, February 24, 2016

माुस खान छाड्नुस, यी ६ फाइदा तत्कालै पाउनुहुनेछ

शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरुमा भन्दा मासु नखाने मानिसहरुमा विभिन्न खाले रोगहरुको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् ।
यदि तपाइँ मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाइँले आफ्नो वजन घटाउने, मुटुरोगको जोखिम कम गर्ने जस्ता फाइदाहरु तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । मासु खान छाड्नुनका ६ फाइदा यस्ता छन्ः
शरीर दुख्ने तथा सुन्निने समस्या कम हुनेछः  मासु तथा अन्य प्रोसेस्ड फुडहरुले खाएको केही घण्टामै सरीरमा दुखाइ तथा सुन्निने समस्या पैदा गर्दछन् । मासुमा हुने एनिमल फ्याटसँगको प्रतिक्रियाका कारण हाम्रा रक्तधमनीहरु प्यारालाइज्ड हुन्छन् र धमनी खुल्ने क्षमता आधाले घट्दछ । त्यसो हुँदा फोक्सो फुलिन्छ । यस्तो फुलाई तथा दुखाइ भनेको सरीरको प्रतिरोधी प्रतिक्रिया हो ।
तर लामो समयसम्म यस्तो हुँदा मुटु सम्बन्धी रोग, मधुमेह, अटोइम्युन डिजिज तथा क्यान्सर लगायतको जोखिम हुन्छ । जबकी शाकाहारी खानेकुराहरु खासगरी वनस्पतीजन्य खानेकुराहरु दुखाइ तथा सुन्नाई प्रतिरोधी हुन्छन् । यिनीहरुमा प्रसस्त मात्रामा फाइबर तथा एन्टीअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।
रगतमा कोलेस्ट्रोलको मात्रा घट्नेछः  रातो मासु, कुखुराजन्य परिकार तथा चिज लगायतका एनिमल प्रडक्टहरुमा संतृप्त बोसो हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँदछ । कोलेस्ट्रोलको मात्रा बढ्दा मुटुरोग, मस्तिष्कघात जस्ता खतरा बढ्दछन् । मांशाहारी मानिसहरु शाकाहारी बन्दा रगतमा कोलेस्ट्रोलको मात्रा ३५ प्रतिशत सम्मले घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।
टाइप टू मधुमेहको जोखिम घट्नेः अध्ययन अनुसार प्राणीजन्य प्रोटिनको उच्च मात्राको सेवनले मधुमेह विकशित हुने दीर्घकालीन खतरा बढ्दछ । एनिमल फ्याट, मासुमा पाइने एनिमल बेस्ड आइरन तथा नाइट्रेट पि्रजर्भेटिभ्सले प्यांक्रियाजका कोशिकाहरु नष्ट गर्ने तथा इन्सुलिनको कार्यमै असर पूराउने गर्छन् जसले गर्दा टाइपू टू मधुमेहको जोखिम बढ्दछ ।
वजन नियन्त्रणः  शाकाहारी मानिसहरुमा मोटोपनाको दर मासु खाने मानिसहरुमा भन्दा कम पाइएको छ । मासु खाने तथा शाकाहारीहरुले दिनहुँ खाने क्यालोरी खपत बराबर भएपनि मासु खानेहरु बढि मोटोपनाको सिकार हुने गरेको पाइएको छ । यसको कारणमा मासु खानेहरुले वनस्पती प्रोटिन, बिटा क्यारोटिन, फाइबर, म्याग्नेसियम जस्ता तत्वहरुको खपत कम गर्दछन् र हानिकारक बोसोको सेवन मात्र धेरै गर्दछन् । कम चिल्लो तर ताजा सागपात, फलफूल र अनाज सहितको स्वस्थ शाकाहारी भोजनले वजन नियन्त्रणमा सहयोग गर्दछ ।
विषाक्त पदार्थबाट बचिनेः  हामीले खाने जनावरका मासुहरुमा विभिन्न खाले हर्मोन, किटनासक औषधि, एन्टीबायोटिक्स जस्ता दूषित पदार्थहरु पाइन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । कुखुरा, सुँगुर, भैँसी, माछा लगायतका मासुमा इ कोली, लिस्चेरिया, लगायतका विभिन्न खाले जिवाणु तथा घातक परजिवीहरु पाइन्छ । त्यसैले मासु नखानाले खानाबाट सर्ने विभिन्न खाले रोगहरुबाट बच्न सकिन्छ ।
पृथ्वीकै वातावरण बचाउन योगदानः  मानिस शाकाहारी बन्दा पृथ्वीको वातावरणमा विभिन्न खाले सकारात्मक प्रभाव पर्दछ । खानाका लागि जनावरको पालनले अहिले पृथ्वीको कुल भुभागको ३० प्रतिशत प्रयोग भएको छ । मासु खानकै लागि पालिने जनावरका कारण वनविनाश उच्च भैरहेको छ भने फडानी भएको जंगल क्षेत्रलाई चरिचरनमा बदलिएको छ ।
अध्ययन अनुसार एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुने मानिस मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ ।
onlinekhabar

चाउचाउ खाने बानी छ ? एक पटक यो पढ्नुस्

चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौं ।


बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ ।


वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् ।

चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ ।

चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।



हप्तामा २ पटक चाउचाउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ ।

भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए ।

चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।

Monday, February 22, 2016

गोलभेडाले गर्छ धुम्रपानले गरेको असरलाई कम- जानौँ अन्य फाइदा

गोलभेडा भनेको यस्तो तरकारी/फलफूल हो, जसलाई विश्वभरी नै प्रयोग गरिन्छ। जस्तोसुकै खानामा पनि गोलभेडालाई प्रयोग गर्न मिल्दछ। यसलाई काँचै खान पनि सकिन्छ भने पकाएर, सुप बनाएर अथवा जुस बनाएर पनि प्रयोग गर्न सकिन्छ।


विश्वभरी करीब २५ हजार प्रजातीका गोलभेडा पाइन्छन् र चिकित्साक्षेत्रमा पनि गोलभेडालाई पोलेको, जलेको अनि काटेको घाउलाई राहत प्रदान गर्नको लागि प्रयोग गरिन्छ। साथै यसको नियमित तर नियन्त्रित सेवनले क्यान्सरको खतरालाई समेत टाल्न सक्दछ भने मुटुको स्वास्थ्यमा समेत सुधार ल्याउँदछ। यसले हाम्रो छाला, कपाल, नङ् र हाडजोर्नीलाई समेत बलियो बनाउँदछ।

गोलभेडाको स्वास्थ्य फाइदाको कुरा गर्ने हो भने थुप्रै छन्, किनभने यसमा प्रशस्तै पौष्टिक तत्व अनि खनिज पदार्थहरू पाइन्छन्, तर प्रायःलाई यसको बारेमा जानकारी नभएकोले यसलाई ‘त्यति मन नपराइने खानेकुरा’को रूपमा चिनिन्छ।

गोलभेडाका स्वास्थ्य फाइदाहरू यस प्रकार छन्ः

१. मुटु र रक्तसञ्चारको लागि फाइदाजनक

गोलभेडामा ‘पोटासियम’ नामक खनिज पदार्थ पाइन्छ, जसले हाम्रो रक्तनसा र मांशपेसीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेल्दछ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँदछ भने रक्तचापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्दछ। साथै यसले मृगौलाको फोहोर पदार्थ छान्ने प्रक्रियामा समेत सहयोग पुर्याउँदछ।

गोलभेडाको आकार, गुणस्तर र पाकेको/नपाकेकोले त्यसमा रहेको पोटासियमको मात्रामा फरक पर्दछ, त्यसैले अत्याधिक मात्रा पोटासियम चाहनुहुन्छ भने राम्रोसँग पाकेको गोलभेडालाई यत्तिकै खानु उचित हुन्छ।

२. हामीलाई स्वस्थ देखिन र महशुस गराउन मद्दत गर्दछ

गोलभेडामा भिटामिन-सी, भिटामिन-ए र बेटा-क्यारोटिन नामक एण्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एण्टिअक्सिडेन्टले फ्रि राडिकलद्वारा क्षय भएका हाम्रा कोषहरूलाई निको बनाउने काम गर्दछ।

यसले हामीलाई स्वस्थ महशुस गराउनुको साथै हामीलाई सुन्दर अनि आकर्षक देखिन पनि मद्दत गर्दछ। जस्तै; यसले हाम्रो कपाललाई चम्किलो र बलियो बनाउँदछ भने हाम्रो आँखाको शक्तिमा पनि सुधार ल्याउँदछ, साथै छालालाई पनि नरम बनाइराख्दछ।

३. दाँत र हाडजोर्नीको लागि फाइदाजनक

मानवशरीरमा प्रचुरमात्रामा क्याल्सियम पाइन्छ। तर १% क्याल्सियम शरीरका रक्तनसा, मांशपेसी र स्नायू प्रणालीले प्रयोग गर्दछ भने बाँकी ९९% क्याल्सियम हाडजोर्नी र दाँतले राख्दछ। मानिसको उमेर जति बढ्दै गयो, दाँत र हाडले पनि उत्ति नै बढि क्याल्सियम लिन थाल्दछ।

क्याल्सियम पाइने अर्को श्रोत भनेको दूध पनि हो, तर दूधले अधिकांशलाई एलर्जी अथवा ग्यास्ट्रिकको समस्या गराउने हुनाले दाँत र हाडजोर्नी बचाउनको लागि गोलभेडा खानु सबैभन्दा राम्रो उपाय हुन जान्छ।

४. मधुमेहको लागि अति नै फाइदाजनक


गोलभेडामा पाइने अर्को खनिज पदार्थ हो- क्रोमियम, जसले हाम्रो शरीरको इन्सुलिनको मात्रालाई ह्वात्तै बढाउँछ र रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहज बनाउँछ। त्यसैले मधुमेहलाई नियन्त्रण र रोकथाम गर्ने उपाय मध्ये पाकेको गोलभेडालाई यत्तिकै खानु पनि पर्दछ।

५. धुम्रपानले पुर्याएको क्षतिलाई सञ्चो गराउँछ

चुरोटमा पाइने ‘कार्सिनोजेन्स’ले हाम्रो फोक्सो र स्वासनलीलाई असर गर्दछ भने गोलभेडामा पाइने ‘कौमेरिक एसिड’ र ‘क्लोरोजेनिक एसिड’ले उक्त असरलाई निको गराउँदछ। यो एक प्रकारको एण्टिअक्सिडेन्ट हो जसले शरीरको आन्तरिक अङ्गमा हुने जलन र पीडालाई कम गराउँदछ।



६. काटेको र पोलेको ठाउँमा राहत

धारिलो हतियारले काटेको अथवा आगो (तातो वस्तु)ले पोलेको ठाउँमा असाध्यै जलन भएको छ एकैछिनमा राहत पाउन चाहनुहुन्छ भने, पाकेको रातो गोलभेडा निचोरेर पोलेको भागमा लगाइदिनुहोस्। यसमा पाइने एण्टिअक्सिडेन्टले जस्तोसुकै जलनलाई पनि राहत दिने काम गर्दछ।
महत्वपूर्ण नोटः

पाकेको फलफूल तथा सागसब्जीमा अरूमा भन्दा बढि ब्याक्टेरियाले सङ्क्रमण गर्ने सम्भावना हुन्छ। त्यसैले गोलभेडा किन्दा राम्रोसँग हेरेर नकुहिएको, नगिल्थिलिएको, घाउचोट नलागेको छानेर मात्रै किन्नुहोला।

काठमाडाैंमा ‘हङकङ फ्लु’ देखियो

फाल्गुन १०, २०७२- मौसमी रुघाखोकीअन्तर्गत पर्ने ‘हङकङ फ्लु’ मुलुकका विभिन्न ठाउँमा देखिएको छ । इन्फ्लुएन्जा–ए भाइरस ‘एच३ एन२’ लाई हङकङ फ्लुको नामले चिनिन्छ । तर, यसबाट आत्तिनु नपर्ने चिकित्सकहरूले बताएका छन् । यो मौसमी रुघाखोकी जस्तै सामान्य भइसकेको छ ।

यो रुघाखोकी सन् १९६८ मा हङकङमा महामारीकै रूपमा देखिएर सन् १९७० सम्म चलेको थियो । हङकङ फ्लुले १० देखि ४० लाख व्यक्तिको मृत्यु भएको अनुमान छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले गत वर्ष स्वाइन फ्लु बढी देखिएकोमा यसपटक एच३ एन२ (हङकङ फ्लु) बढी देखिएको बताइन् । उनका अनुसार रुघाखोकीका तीनवटै प्रकार स्वाइन फ्लु, हङकङ फ्लु र इन्फ्लुएन्जा बीलाई मौसमी रुघाखोकी भन्ने गरिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले यो रुघाखोकी उत्पन्न गर्ने भाइरसको आक्रमण क्षमता धेरै कम भएर स्वाइन फ्लु (एच१एन१) को हाराहारीमा पुगेको उल्लेख गर्दै भने, ‘हङकङ फ्लु विगतका वर्षमा समेत देखिने गरे पनि यसपटक अन्यको दाँजोमा बढी देखिएको छ ।’

‘हङकङ फ्लुलाई हामीले यसपटक त्यति वास्ता गरेनौं, तर यसले स्वस्थ व्यक्ति सँगै युवालाई समेत समस्यामा पारेको देखियो,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘यसले बूढापाका, बालबालिका, दीर्घरोगीलगायत शारीरिक समस्या भएकामा कडा रूपले देखिन्छ भने पूर्ण स्वस्थ युवालाई समेत समस्या पारेको तथ्यांकसमेत छ ।’

केही वर्षयता दक्षिण एसिया क्षेत्रमा स्वाइन फ्लुको प्रकोप देखिन थालेपछि हङकङ फ्लु ओझेलमा परेकोले यतातर्फ खासै ध्यान नदिइएको डा. पुनले बताए । उनी भन्छन्, ‘मुलुकमा यस पटक देखिएको हङकङ फ्लुबारे विस्तृत अध्ययन आवश्यक छ ।

केही वर्षयतादेखि हङकङ फ्लुको संक्रमण भएकाहरूको संख्यामा वृद्घि भएकाले यसपटक यो समस्या अलि बढी देखिएको उल्लेख गर्दै डा. मरासिनीले भने, ‘यो त्यस्तो खतरनाक होइन र यसको मुलुकमा ठूलो प्रकोपसमेत देखिएको छैन ।’

गत साता दैलेख, अछाम, दोलखामा देखिएको रुघाखोकीको समस्या हङकङ फ्लुले गर्दा भएको हो । त्यहाँबाट ल्याइएको नमुना जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सबैभन्दा बढी एच३ एन२ देखिएको थियो ।

‘सन् २०१४ मा समेत नेपालमा हङकङ फ्लु देखिएको थियो तर त्यसताका यो कम मात्रामा र सामान्य रुघाखोकी जस्तै थियो,’ स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले भने, ‘यस पटक भेन्टिलेटरमा रहेका बिरामीहरूको नमुना परीक्षण गर्दा हङकङ फ्लु देखिएको छ ।’

गत वर्ष अर्थात् सन् २०१५ मा नेपालमा मौसमी रुघाखोकीअन्तर्गत सबैभन्दा बढी स्वाइन फ्लु अर्थात् एच१ एन१ देखिएको थियो । हङकङ फ्लु कुनै नयाँ प्रकारको रुघाखोकी नभएकाले यसविरुद्घ धेरैजसो व्यक्तिको शरीरमा रोग प्रतिरोधक क्षमता आइसकेको औंल्याउँदै डा. मरासिनी भन्छन्, ‘कुनै नयाँ प्रकारको भाइरसबाट उत्पन्न हुने रुघाखोकी देखियो भने यो खतरनाक हुनसक्छ ।’
ekantipur

Sunday, February 21, 2016

थाहा छ बदाम खानुका फाइदाहरु

काठमाडौं–मौसम अनुसार स्वास्थ्यको लागि कुनै न कुनै फलफुल लाभदायीक हुने गर्छ । जसमध्ये बदाम पनि एक हो । बदामलाई पौष्टिक तथा स्वास्थ्यवद्र्वक पनि मानिन्छ ।
हरेक मौसममा बदामको उपयोग लाभप्रद हुने गर्दछ । काँचो या पाकेको यसले मानिसलाई फाइदा पुर्याउँछ । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ । बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ । भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवद्र्वक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ । बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।

Saturday, February 20, 2016

के तपाइँले झ्वाट्टै भुलिहाल्नुहुन्छ ? मेमोरी पावर बढाउन यी खानेकुरा प्रयोग गर्नुस

के तपाइँले प्रायः स-साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढि तनावमा रहन्छन् ।

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ ।


यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

१. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।
२. ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।
३.स्ट्रबरी- यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।
४. दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।
५. जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।
६. तुलसी- मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २-३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।
७.अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
८. चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।साभारः Onlinekhabar

Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh