Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

Saturday, July 25, 2015

यौनकर्मी सँगको कुराकानीमा आधारित : यसरी मैले शरीर सुम्पिएँ

म राजधानी छिर्दा मसँग सपनाका चाङ थिए । प्रवेशिका परीक्षा उतिर्ण गरेर राजधानीको प्रवेश गर्दै गर्दा मैले सोचेकी थिएँ, ‘कुनै दिन राजधानीबाट ठूलो मान्छे बनेर आफ्नो गाउँ फर्किने छु ।’

थाहा थियो, सपना सप्पैका पुरा हुँदैनन् । जसले आफूले देखेका सपनामा छाँद हाल्दै अगाडि बढिरहन्छ उसैले सपनालाई विपनामा परीणत गर्न सक्छ । अक्सर म सपना देख्ने गर्दथेँ । सपना देख्न मलाई रात पर्नु पर्दैनथ्यो । दिउसै पनि म सपना देख्थेँ । मलाई विश्वास थियो, अचेत अवस्थामा देखिएको सपना भन्दा सचेत अवस्थामा मथिङ्गलमा कोरिएका कल्पनाले नै मुर्तता पाउन सक्छन् । त्यसैले मैले सपना देख्न छाडिनँ । खर काट्न खर्क उक्लँदा होस् या पाखाहरूमा घाँसको फेरो मार्दा होस् म तिनै सपनाहरूमा हराइरहेकी हुन्थेँ । किनकी मलाई सपनाहरू निकै मिठा र गुलिया लाग्दथे ।

प्रवेशीका परीक्षा उतिर्ण गरेर सहर त छिरेँ तर सहरमा सपना पुरा गर्न त्यती सहज थिएन । गाउँका दुःख, कष्ट र पीडाले चितोथोरिएको म यहाँ आएर रातारात सपनाको संसारमा हराई हाल्न सम्भव थिएन । राजधानी हेर्दा जति आकर्षक र मनमोहक लाग्थ्यो बुझ्दै जाँदा यहाँभित्र निकै दुःख र बेदनाका कथाहरू सन्निहित रहेछन् । सवैका अनुहार हतास, त्रास, करूणा र रोदनले भरिएका हुँदा रहेछन् । आफैँबाट भागिरहेका, अभाव वियोगमा कतै हराएका भावसून्य भीडमा म पनि मिसिन आइपुगेँ । हो, त्यस पछि सुरूभयो मेरो दुःखदायी यात्रा । अचेल ति दिन सम्झँदा मेरा आँखाबाट बलिन्द्रधारा आँसु खस्छन् । पीडाले मन भक्कानिन्छ, गरुङ्गो भएर आउँछ । व्यथाले मन झन् आक्रान्त हुन्छ । वास्तवमै म दलदलमा फसेँ । चाहेर फसेँ की नचाहेरै फसेँ त्यो त म के जानूँ र ! म बि.सं.२०५९ सालको दशैँ पछि पहिलोपट काठमाडौँ खाल्डोमा प्रवेश गरेको हुँ । त्यतीवेला मुलुकमा संकटकाल थियो । काम गरेर खाने अवस्था थिएन । नयाँ मानिस देख्दा, भेट्दा पनि आत्तिनुपर्ने अवस्था थियो । प्रवेशीका परीक्षा त पास गरियो तर त्यसभन्दा माथि पढ्ने र परिवारले पढाउने अवस्था थिएन । यसो भन्दा फरक पर्दैन हाम्रो परिवार गरिवी, अभावले यति विघ्न थिचिएको थियो, जसका कारण मेरो चाहना सायदै पुरा हुन्थ्यो । र पनि मनमा थुप्रै सपना थिए जसले मलाई अगाडि बढ्न घच्घच्याई रहन्थ्यो । मनका ति रूमानी सपना मलाई लाग्दैनथ्यो अनायास ओइलाएर झरुन् । अभावले खङ्ग्रङ्ग सुकुन् । चैते खडेरीझैँ नांगिउन् । उजाडिउन् ।
त्यसपछि म काठमाडौँको एक सरकारी कलेजमा भर्ना भएँ । आन्दोलनको मौसम पनि थियो त्यतिवेला । तत्कालिन राजा ज्ञानेन्द्रले चालेको १९ असोजको कदम पछि विद्यार्थीहरू आन्दोलित भएका थिए । दिनुहँ जसोको आन्दोलन, प्रहरी विद्यार्थीबीचको दोहोरो झडपले क्याम्पसहरू रणभुमीमा परीणत भएका थिए । पढ्ने वातावरण थिएन । कालोपुल नजिकै कोठा भाडामा लिएको थिएँ त्यसवेला मैले । कोठाभाडा मासिक सातसय रुपैँया थियो । महिनामा त्यस्तै दुई तिनहजार खर्च चाहिन्थ्यो । सुरुवातको दुई महिना त घरबाटै पैसा ल्याएर खर्च चलाएँ । त्यसपछि घरबाट पैसा ल्याएर यहाँको खर्च चलाउन अफ्ठ्यारो लाग्न थाल्यो । सोचेँ अव केही काम खोज्नु पर्दछ । काम त खोज्ने तर कहाँ ? कसरी ? कुनै ज्ञान थिएन । चिनेका मान्छे पनि थिएनन् ।

 म नजिकै कोठमा बस्ने एक जना दिदी थिइन् । सायद पूर्व तिरको थिइन् । आकर्षक जिऊडाल भएकी उनी प्रायः मेरो कोठमा आइरहन्थिन् । एक्लै भएकाले म कहाँ नै खाना खाउँ भन्थिन् । मैले उनको कुरा नकार्न नसकेर उनीकहाँ नै खाना खान्थेँ । यस्तैमा उनले तिमी काम गर्ने भए म एक ठाउँमा भन्दिन्छु भनिन् । मैले पनि काम खोजेको निकै भएको थियो तर पाउन सकिराखेको थिइनँ । उनको त्यो कुरा सुन्नासाथ उत्साहित भएर हुँन्छ भनेँ । भोली पल्ट उनले मलाई ठमेल लगेर गइन् । कर्मचारी सञ्चयकोसको भित्रि गल्लीबाट केही पर उनले भनेको अफिस रहेछ । त्यो मसाज पार्लर थियो ।

काम के हो, कसरी गर्ने, के गर्ने कुनै जानकारी थिएन । म त त्यही दिदीको पछि लागेर गएको थिएँ । त्यस अफिसमा म जस्तै अरु दुई जना महिला थिए । दिदीले के कुरा गरिन्, मलाई थाहा भएन हामी त्यहाँ आधा घण्टा पनि नबसी भोलीबाट काम सुरू गर्ने भनेर डेरामै फर्कियौँ । दिदीले बाटामा काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भनिन् । काम पाइयो भनेर मन ढुक्क भयो । भित्रभित्रै फुरुङ्ग भएँ । भोलीपल्ट तोकिएको समयमै अफिस पुगेँ । तर, काम मैले सोचे र कल्पना गरे भन्दा नितान्त भिन्न थियो । आवश्यकताले मलाई यति निचोरेको थियो की मैले त्यो काम नगरी धरै थिएन ।

मैले त्यहाँ आएका ग्राहकहरूको मसाज गर्ने काम गरेँ । सुरुवाती दिनहरूमा मलाई त्यस्तो काम नगरौँ नलागेको होइन । आफूले गर्न थालेको काम प्रति आफैँलाई चित्त बुझेको पनि थिएन । काम सम्झेर र आफ्नो दुःख सम्झेर म घण्टौँ रुन्थेँ । के गर्नु बाध्यता निर्मम हुँदो रहेछ ! तर त्यहाँ आएका ग्राहकले दिने पैसाले मन लोभिँदै थाल्यो । प्रायः उच्च घरानीयाका व्यक्तिहरू र विदेशीहरुनै त्यहाँका ग्राहकहरू हुन्थे । उनीहरूले भनेजति पैसा दिन्थे । म मेहनत गर्ने नै भएकाले मसाज पार्लरको धनीले पनि छिट्टै विश्वास गर्यो ।

काम सुरू गरेको दुई महिना भर्खर हुँदै थियो । त्यस्तैमा एक जना ग्राहकले मलाई अचम्मको प्रस्ताव राखे । ति ग्राहक त्यहाँ नियमित पनि आउँथे र मसाज गराउन मलाई नै रोज्थे । उनको प्रस्ताव मैले स्वीकार्न सक्ने अवस्था थिएन । तर, उनको प्रस्ताव नस्वीकारे साहुले भोलीबाट काममा नआउनु भने । त्यसपछि बाध्य भएर मैले उसलाई शरीर सुम्पनु पर्यो । त्यसपछि त्यहाँ आउने थुप्रै ग्राहकले मलाई नै आँखा लगाउन थाले । म उनीहरूको यौनको भोक मेटाउने साधन बन्न पुगेँ । र म नचाँहदा नचाँहदै यौनकर्मको दलदलमा फस्न पुगेँ । त्यो झण सम्झँदा अहिले पनि मन अमिलो हुन्छ र आँखाबाट आँसु खस्छ । त्यो मसाज पार्लरमा मैले त्यस्तै एक वर्ष काम गरेँ । त्यसपछि म अर्को मसाज पार्लरमा गएँ । त्यहाँ तीन वर्ष बिताएँ ।

मसाज पार्लर पछि पेशेवर यौनकर्मी
मसाजपार्लरको त्यो कर्म पछि म कतिखेर पेशेवर यौनकर्मी बन्न पुगिसकेछु । मसाज पार्लरमा आउने ग्राहकहरू नै मेरा नियमित ग्राहक हुन थाले । अचेल म तिनै नियमित ग्राहकहरूको यौन चाहना पुरा गरे जीवन धान्न विवश छु । मेरो यो कामबारे मेरा घर परिवार कसैलाई थाहा छैन । मेरो आर्थिक अवस्था पनि राम्रै छ । पछिल्लो समय घरमा विवाह गर्न कर गर्न थालेका छन् । तर, विवाह गरेर सामाजिक जीवन अगाडी बढाउने अवस्था छैन । मसँग यौनसन्तुष्टि मेटाउन आउने ग्राहकले पनि विवाह गरौँ नभनेका होइनन् । उनीहरूसँग बैवाहिक जीवन टिकाउ हुनेमा मलाई खासै विश्वास छैन । गरिवी, अभाव र आवश्यकताले म यो पेशामा लाग्न बाध्य भएँ । आज म जस्तै युप्रै यौनकर्मीहरू रहरले भन्दा पनि बाध्यताले यही पेशामा लागेका छन् । दलदलमा फसेका छन् । तर उनीहरू सवै यो पेशाबाट बाहिर आउन चाहन्छन्।

यौनकर्मी रमा केशी (नाम परिवर्तनसँग) कुराकानीमा आधारित) प्रस्तुतिः रामनाथ खनाल

Saturday, July 4, 2015

स्वस्थताका लागि कागती, कागती एक, गुण अनेक फाईदा !

कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।

१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ । २. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ । ३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ । ४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ । ५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ । ६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ । ७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ । ८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् । ९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ । १०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ । ११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ । १२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् । १३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)