Showing posts with label Filmy. Show all posts
Showing posts with label Filmy. Show all posts

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

Wednesday, July 29, 2015

सेनाको हेलिकोप्टर दुर्घटना, २३ जना बेपत्ता

बैंकक। लाओसमा एक सैनिक  हेलिकोप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका २३  सेना बेपत्ता भइका छन् ।
हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका छन् ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।
www.nepalsandesh.com

Thursday, July 23, 2015

बाहुबलीलाई पछार्यो बंजरंगीले, विश्वकै टप १० मा पर्ने सम्भावना

सलमान खानको ‘बजरंगी भाइजान’ ले एसएस राजामौलीको ‘बाहुबली -द बिगिनिङ’लाई बक्स अफिसमा पछारेको छ। एसएस राजामौलीको ‘बाहुबली’ भन्दा एक हप्ता पछि रिलिज भएको थियो। विश्व भरिका करिब ५००० हलहरुमा बजरंगी भाइजान प्रदर्शन गरिएको थियो भने बाहुबली केबल ४२०० हलहरुमा प्रदर्शित थियो।

बाहुबली जुलाई १० मा रिलिज गरिएको थियो। पहिलो दिन नै ५० करोड भारु कमाएर रेकर्ड राखेको बाहुबलीले भारतीय बक्स अफिसमा मात्र धुम मच्चाएन, विश्व भरिनै यसले आफ्नो दबदबा कायम राख्यो।

बजरंगी भाइजानले अमरिकाको बक्स अफिसमा झनै राम्रो व्यापार गर्दैछ। पहिलो हप्तामै १०० करोडको क्लबमा आफ्नो स्थान बनाउन सफल बजरंगीले भारत बाहेकबाट २.५ मिलियन डलर संकलन गर्न सफल भएको छ। यहि क्रम जारी भएमा बजरंगी भाइजान विश्वकै टप १० चलचित्रमा पर्ने देखिन्छ। बजरंगी भाइजानले सोमबार सम्म १२९.४ करोड कमाइ गरिसकेको छ।

बजरंगी भाइजान भन्दा एक हप्ता अघि रिलिज भएको बाहुबलीले सुरुको ९ दिनमै ३०० करोडको क्लबमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। बाहुबलीले एक हप्ताभित्र अमेरिकामा मात्र ५ मिलियन डलरको कमाइ गरेको छ। बाहुबलीले कमाइ धेरै गरेको भएपनि यो एक हप्ता अगाडी रिलिज भएको कुरा भुल्न मिल्दैन। बाहुबली भन्दा बजरंगी भाइजानको कमाइ छिटो हुदैछ।

फिल्म निर्माता कम्पनी ‘इरोस’ ले निकालेको एक प्रतिवेदनको अनुसार बजरंगी भाइजन भारत बाहिर अहिलेसम्म कै सबैभन्दा बढी कमाइगर्ने चलचित्र हो। इरोसको अनुसार युयसको बक्स अफिसको टप टेन सुचीमा नवौं स्थान मा र युकेमा टप ५ मा पर्न सफल भएको छ।

मिनियन्स, मार्भलको ‘एन्ट म्यान’, मोन्सटर हन्ट,जियान बिङ म्यान, इन्साइ आउट, ट्रेनरेक, टर्मिनेटर जेनेसिस, जुरासिक वर्ल्ड र मङ्कि किङ्ग विश्वको टप १० फिल्महरु मा पर्न सफल भइरहेका चलचित्रहरु अहिले प्रदर्शन भइरहेका छन्। मिनियन्सले मात्र विश्वभरिबाट ११६.४ मिलियन संकलन गरिसकेको छ।

Monday, July 6, 2015

मन्त्रालयको सम्मान थाप्न नपाउँदै कलाकार रोमा न्यौपाने प्रहरी खोरमा

सोमबार, आषाढ २१,
एक खुट्टाले नाचेर सयौंको वाही वाही कमाएकी रोमा  न्यौपाने प्रहरी खोरमा पुगेकी छिन् । आज बिहानै सोह्रखुट्टे प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं प्रहरी कार्यालयमा बुझाएको छ । उनले आफ्ना पती चिरन शर्मा पोखरेललाई प्रयोग गरेर करोडौं ठगेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।  ठगिएकाहरुले दिएको लिखित जाहेरीका आधारमा मान्छे ठगेको र नक्कली संस्था भ्याड नेपाल खोलेर कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा रोमा न्यौपानेले  ‘मैले पैसा लिएको छैन’ भन्दै बच्न खोजेकी थिईन । तर प्रहरीले उनलाई ‘ब्यक्तिबाट नलिएपनि तपाईंले भ्याड नेपाल भन्ने संस्था खोलेर दर्तानै नगरि त्यही संस्थाको नाममा रकम असुल्ने गर्नु भएको रहेछ नी त’ भन्दै पक्राउ गरेको बताइएको छ ।

युवा तथा खेलकूद मन्त्रालयले गत वर्षभरि उत्क्रिष्ठ काम गरेको भन्दै ३७ जनाको नाम सार्वजनिक गरेको थियो । ती ३७ जनामध्ये पुरस्कृत हुने युवाको छनौटमा यि रोमा न्यौपानेपनि थिइन । मन्त्रालयले आजै उनलाई पुरस्कार दिने कार्यक्रम घोषणा गरेको थियो । तर, पुरस्कार थाप्न नपाउँदै उनलाई आजै प्रहरीले पक्राउ गर्‍यो ।

लामो समयदेखी रोमा न्यौपानेले पती चिरन शर्माको नाममा अबैध कारोबार गर्दै आएकी थिइन् । भ्याड नेपाल मेरो होइन भन्ने तर आफ्नो लोकप्रियतालाई प्रयोग गरेर समर्थक र शुभचिन्तकहरुलाई भ्याड नेपालले गरेको रेस्टुरा ब्यवसाय, ट्राभल एजेन्सी र लघु बैंकिङमा लगानी गर्न लोभ्याउने गर्दै आएकी थिइन् ।


पीडितहरुले जाहेरी दिएपछि पक्राउ हुनबाट बच्न उनीहरुले दलका नेता र प्राहरी स्रोतलाइ समेत प्रभाव पार्न खोजेको बुझिएको छ । उनीहरुले न्युज अभियन डट कम अनलाइन समेत चलाउँदै आएको बुझिएको छ ।

Saturday, July 4, 2015

स्वस्थताका लागि कागती, कागती एक, गुण अनेक फाईदा !

कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।

१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ । २. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ । ३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ । ४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ । ५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ । ६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ । ७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ । ८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् । ९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ । १०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ । ११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ । १२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् । १३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)