Showing posts with label Featured. Show all posts
Showing posts with label Featured. Show all posts

Tuesday, August 4, 2015

चिनियाँसँग बिहे गरेका चेलीहरुको बिजोग

बेइजिङ , श्रावण १९ - गत शनिबार नेपालचीन कुटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव धुमधामसँग मनाइँदै थियो ।
सरकारी स्तरमा यो खुसी छाइरहेको बेला एकजना नेपाली युवती भने चीनमा चरम घरायसी हिंसाका कारण घरबाट निकालिएकी छन् । गत फेब्रुअरी ३ तारिख २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीनको हैलुङच्याङ प्रान्तमा पुगेकी धरानकी २२ वर्षीय रिना राई (नाम परिवर्तन) अगष्ट एक तारिख घरबाट निकालिएकी हुन् ।

    बेइजिङस्थित नेपाली दूताबासको उद्दारपछि नेपाल जाने तयारीमा रहेकी रिनाले शरीरभरिको निलडाम देखाउँदै भनिन् ‘सासू र लोग्ने भएर दैनिक रुपमा पिट्न थाले । स्थानीय प्रहरीलाई मैले खबर गरेँ तर उनीहरुले पनि वास्ता गरेनन् ।’ बिहे गरेर ल्याएको केही महिनासम्म उनलाई श्रीमान् लिउ र सासू ससुराले राम्रै व्यवहार गरेका थिए । उनीसँगै बिहे गरेर आएका अन्य पाँचजना नेपाली युवतीमध्ये चारजना गर्भवती भइसकेका छन् ।

एकजना युवतीको दुई हप्ता अगाडि नेपाली दूतावासले उद्दार गरेर नेपाल फर्काइसकेको छ । उनी गर्भवती नभएपछि लोग्ने र सासूबाट कुटपिट हुन थालेको उनले बताइन् । ‘तँलाई बच्चा जन्मिएपछि छोडिदिन्छौँ भन्दै पिट्थे । ससुरा अलिक समझदार थिए । मलाई कुट्दा उनी छुट्याउन आउँथे’ उनले भनिन् ‘हैलुङर्याङ अत्यन्त चिसो ठाउँ भएकाले म सधैँ बिरामी भइरहेँ । अरु साथीहरु गर्भवती हुँदा म गर्भवती हुन सकिँन । त्यही भएर ममाथि हिंसा भएको जस्तो लाग्छ । उनीहरुले मलाई बिहे गर्नका लागि ८० हजार युआन दलाललाई दिएका रहेछन् ।’ उनको पाखुरा, छाती, ढाड र तिघ्रामा निलडाम छ ।

    बारम्बारको हिंसा सहन नसकेर उनी एक हप्ता पहिले घरबाट भागेकी थिइन् । तर केही घन्टामै घर परिवारका मान्छे गाडी लिएर आएर र उनलाई बजारबाट पक्रिएर घरमा लगेर थुने । उनको पासपोर्ट पनि लुकाइदिए। पासपोर्ट लुकाएर राखेकाले भागेर जान सक्दिन भन्ने लागेकाले उनीहरु जहाँ जान्छेस् जा भनेर बारम्बार धम्क्याउँथे ।

     उनले मोबाइलको विच्याटबाट बिहे गराउने पापा भन्ने मान्छेलाई गुनासो गरिन् । पापा पनि सोही प्रान्तको भएकाले एकपटक घरमा गएर परिवारका मान्छेलाई सम्झाएको थियो । तर पछि जति गुनासो गरे पनि ऊ पनि आएन । उनले त्यहीँबाट काठमाडौँस्थित केन्द्रीय अनुसन्धान विभागमा उद्दारको अनुरोध गरिन् । तर प्रहरीले पनि आफूहरुले केही गर्न नसक्ने बताएपछि उनले नेपाली दूताबास बेइजिङको ठेगाना खोजिन् । अर्की एक नेपाली युवतीमार्फत नेपाली दूताबासको विच्याट सम्पर्क पाएपछि उनी दूताबासको सम्पर्कमा पुगेकी हुन् ।

    दूताबासले उद्दारको तयारी गर्दागर्दै उनी अगष्ट एक तारिख शनिबार हैलुङच्याङ प्रान्तको पूर्वउत्तर रुससँग सिमा जोडिएको थोङच्याङस्थित घरबाट भागिन् । उनी दिनभर मकैबारीमा लुकेर बसिन् र रातपरेपछि सडकमा निस्किएर दस किलोमिटरभन्दा बढी हिँडिन् । एउटा घर भेटेपछि उनले बास मागिन् । त्यही घरको मोबाइल मागेर नेपाली दूतबासका तृतीय सचिव उत्तम घिमिरेसँग विच्याटमा सम्पर्क गरिन् । त्यही घरमा रात बिताएकी उनलाई बिहान तीन बजे नै त्यहाँबाट पनि जान भनियो । उनी नजिकैको अर्को घरमा गइन् र शरण मागिन् । त्यहाँबाट फेरि घिमिरेसँग सम्पर्क गरिन् र आइतबार दिनभर र राति त्यही घरमा बसिन् ।

    सोमबार बिहानै त्यो घरको मान्छेले उनलाई च्यामुसीको बसमा ५० चिनियाँ युआनको टिकट काटेर चढाइ दियो र थप एक सय युआन बाटो खर्च पनि दियो । पछि दूताबासले ती सहयोगीको मोबाइल मार्फत सो रकम फिर्ता गरिसकेको घिमिरेले बताए । सोमबार बिहानै नेपाली दूताबासबाट रिनाको उद्दार गर्न हैलुङच्याङ प्रान्तको च्यामुसी पुगेका घिमिरेले च्यामुसी सार्वजनिक सुरक्षा कार्यालयमा लगेर ट्राभल्स डकुमेन्टमा भिसा हानेर बेइजिङ ल्याए । उनलाई मंगलबार राति मलेसियन एयरलाइन्सबाट काठमाडौँ लगिँदै गरेको घिमिरेले बताए ।

     व्यवस्थापन विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेकी रिना सानै हुँदा उनका बुबा आमाको मृत्यु भएको हो । आफ्नी सानी आमा (छेमा)ले पालनपोषण र शिक्षा दीक्षा दिएको बताउने रिनाले स्वाभलम्बी बन्नका लागि चिनियाँ केटासँग बिहे गरेको खुलाइन् । नेपाली एजेन्ट र चिनियाँ एजेन्टले उनलाई चीनबाट हङकङ सजिलै जान सकिन्छ र महिनाको लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ भनेर फकाएका थिए ।

    चीनमा नेपाली युवतीहरुमाथि चरम हिंसा हुने गरेको घटना बारम्बार आउने गरेकाले दलाल मार्फत बिहे गरेर नेपालबाट ल्याउने कुरालाई नै निरुत्साहित गर्नुपर्ने नेपाली दूताबास बेइजिङका मिनिस्टर निर्मल काफ्ले बताउँछन् । अन्य विभिन्न स्थानबाट पनि नेपाली युवतीहरुले हिंसा भोगिरहेको गुनासो आएको र स्थानीय प्रहरीको सहयोगमा केही व्यवस्थापन गरिए पनि दीर्घकालीन रुपमा समाधान गर्न गार्‍हो भएको बताउने काफ्लेले मानव तस्करीको रुपमा नेपाली युवतीलाई कथित बिहे गरी चीनमा ल्याउनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताए ।www.ekantipur.com

महादेव मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस राजधानीमा दुर्घटना

भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस आज दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् ।
लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९ नंको माइक्रोबस ब्रेकफेल भएर दुर्घटना भएको हो ।
डोलेश्वर महादेव मन्दिरको दर्शन गरेर आशापुरी महादेव मन्दिर गई दर्शन गरेर फर्कने क्रममा डोलेश्वरभन्दा माथि माइक्रोबस दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।
घाइतेमध्ये गम्भीर रहेका दुईजनाको बिएन्डबी अस्पताल ललितपुरमा, पाँचजनाको नागरिक अस्पताल गट्ठाघरमा र आठजनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
dainiknepal.com

धेरै महंगी भइन सन्नी लियोन, उनको भाउले सबै झस्किए

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउड क्षेत्रमा पनि निकै चर्चितै छिन् । विभिन्न हर्कत बाट उनि चर्चामा आइ रहेकी हुन्छिन । हालै मात्र अर्को खबर बाट उनि चर्चाको विषय बनेकी छिन् । हो, सन्नी लियोनले आफ्नो पारिश्रमीक धेरैनै बढाएकी छिन् ।
उनले एक बिज्ञापनको लागि मागेको पारिश्रमीक बलिउडका ‘ए’ लेवलमा रहेका स्टारहरुले मात्र लिने गरेका छन् । बताईए अनुसार उनले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनमा अभिनय गरे बापत आठ करोड रुपैँया पारिश्रमिक लिएकी छिन् । सन्नीले एउटा बिज्ञापनको लागि आठ करोड रुपैँयाको लिएपछि तीनछक पर्नेहरु थुप्रै छन् । उनले एक दिनको दुई करोडको हिसाबले पैसा मागेकी हुन् । उक्त विज्ञापनको उनले चार दिनमा सुटिङ सकाईन् । सन्नी लियोनले गिनी एम एम एस २, एक पहेली लिला, कुछ कुछ लोछा है जस्ता थुप्रै बलिउडका फ्लिमहरुमा अबिनाया गरिसकेकी छिन् । www.etajakhabar.com

दुबई नपुग्दै दिल्लीमा समातिएका २७ युवतीलाई जहाजमा काठमाडौं फर्काइयो

काठमाडौं : दुबई लैजाने क्रममा भारतको दिल्लीमा पुर्‍याइएका २७ जना युवतीलाई उद्धार गरी मंगलबार जहाजमा काठमाडौं फर्काइएको छ।

दिल्लीस्थित नेपाली दूतावास र महिला मन्त्रालयको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो। उनीहरुलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ। नेपाल बायु सेवा निगमको जहाजमा उनीहरुलाई अपरान्ह पौने एक बजे काठमाडौं ल्याइएको हो।


विमानस्थलबाट प्रहरीकै गाडीमा उनीहरुलाई ब्यूरोमा लगिएको छ। प्रहरी मुख्यालयका वरिष्ठ उपरीक्षक दिनेशप्रसाद गौतमले अनुसन्धान गरेर सबै कुरा बाहिर ल्याइने बताए।  एसएसपी गौतम फर्केका युवतीहरुलाई रिसिभ गर्न आफै विमानस्थल पुगेका थिए।

मानव बेचबिखनमा संलग्न गिरोहले दुबई डान्स बारमा राम्रो जागिर लगाइदिने प्रलोभन दिएर ती युवतीलाई  दिल्ली लगेको बुझिएको छ। दिल्लीस्थित प्रहरी र केही सामाजिक संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो।

उद्धार गरेर फर्काइएका युवतीमा २० देखि ४० वर्षसम्मका छन्। ती युवतीहरुलाई भीभीआइपी गेट प्रयोग गरेर विमानस्थलबाट बाहिरि निकालिएको थियो।
annapurnapost.com

सुटकेसभित्र निसासिएर मृत्यु

बार्सिलोना: अवैध रूपमा युरोप छिर्दै गरेका मोरक्कोका एक व्यक्तिको सुटकेसमा निसासिएर मृत्यु भएको छ।

उनी मोरक्कोबाट स्पेन जाने व्यक्तिको सुटकेसमा थुनिएर मरेका हुन्। उनका दाजुले आफ्नो सुटकेसमा थुनेर भाइलाई युरोप छिराउन खोजेका थिए।


स्पेनी अधिकारीले कारभित्र थुनिएर मरेको अवस्थामा उनी मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्।२७ वर्षीय मोरक्कोका ती नागरिक आफ्नो देशबाट डुंगा प्रयोग गरी स्पेन आइपुगेका थिए।

उनी बन्दरगाहबाट स्पेनको सहर अल्मेरिया जाँदै थिए। दाजुको भने फ्रान्सेली राहदानी रहेको छ। उनलाई अवैध रूपमा मानिसको ओसारपसार र मानव हत्याको अभियोग लगाइएको छ।


यसैगरी स्पेनमा प्रवेश गर्न खोज्ने थप चारजना व्यक्तिको मृत्यु भएको थियो। उनीहरू बन्दरगाहनजिकै डुबेर मरेका थिए।

अफ्रिकी महादेशका बासिन्दाहरू मोरक्कोबाट पौडेर स्पेन छिर्न प्रयास गर्ने गरेका छन्। अवैध रूपमा युरोप छिर्न खोजेका तीनजना व्यक्तिलाई आइतबार उद्धार गरेको मोरक्कोको आन्तरिक विदेश मन्त्रालयले जानकारी दिएको छ।

मे महिनामा आइभरी कोस्टबाट स्पेनी अध्यागमन अधिकारीले सिउतामा एक आठ वर्षीय बालकलाई पनि सुटकेसमा थुनिएको अवस्थामा पक्राउ गरेका थिए।

अधिकारीले ती बालकलाई उनकी आमालाई भेटेर जिम्मा लगाएका थिए। बालककी आमा स्पेनमा कानुनी रूपमा बस्दै आएकी थिइन्। स्पेनले ती बालकलाई स्थायी बसोवासको अनुमति दिएको थियो।

मानव अधिकारवादी संस्थाले मोरक्कोबाट अवैध रूपमा स्पेन छिर्नेको सन् २०१४ मा दुई हजार आठ सय चार र सन् २०१३ मा चार हजार तीन सय रहेको बताएको छ। गत फेब्रुअरीमा गैरकानुनी रूपमा युरोप आउँदै गरेका सयौं अफ्रिकीको डुंगा डुब्दा मृत्यु भएको थियो। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रहरीसंगको झडपमा थुप्रै सभासद्हरुको हातखुट्टा भाँचियो

काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।

दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते हुनुभएको छ ।

उहाँहरु अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उहाँहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गर्नुभयो ।

उहाँले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो ।www.etajakhabar.com

श्रीमतीसँगको झगडामा विष सेवन गरी आत्महत्या

गौशाला : पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


घरायसी समस्यालाई लिएर विगत केहीदिनदेखि पति–पत्नीबीच झैझगडा हुँदै आएको र जसाउद्दिन तनावमा रहँदै आएकामा गएराति पुनः पत्नीसँग झगडा पर्दा उनले नाम नखुलेको विषादी सेवन गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए।

गएराति ९ बजेको समयमा विषादी खाएका जसाउद्दिनलाई राति ११ बजेतिर विषादीको असर देखापर्न थालेपछि परिवारले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए।

मृतक शेषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
annapurnapost.com

Monday, August 3, 2015

छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस...जानी राखौ

छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ ।

सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा पनि हुन सक्छन्

। जोडीको सेक्सका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । सेक्सका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ । महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ । त्यसैले यसको निदानका सेक्सका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने हुन्छ ।

 सामान्यतया सेक्स जोडीले जुनसुकै आशन प्रयोग गर्दा पनि सन्तान प्राप्तिको लागी आव्शयक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ जसले सेक्स जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न सक्छ । केही आशनहरू यस्ता छन्:

 १. मेसिनरी पोजिसन: सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ ।

महिलाको योनीमा पुरूषको लिङ्ग प्रवेश गराउँदा यो पोजिसनमा सबैभन्दा भित्रसम्म पुग्ने भएकाले विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशन निकै राम्रो मानिन्छ ।

 २. हिपलाई उचालेर: महिलाको पछिल्लो भागलाई उचालेर सेक्स गर्दा पनि विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशनलाई पनि सन्तान प्राप्तिको लागी राम्रो पोजिशण मानिन्छ । सिरानी या अन्य कुनै तरिकाले महिलाको पछिल्लो भाग उचालेर सम्भोग गर्नु फाइदाकर हुन्छ ।

३. डग्गी स्टाइल: डग्गी पोजिशनमा महिलाको पछाडि रहेर सेक्स गर्ने गरिन्छ । यो आशनमा पनि सहजै विर्य करभिक्समा गएर जम्मा हुने हुनाले सन्तान प्राप्तिको लागी उपयुक्त बताइन्छ ।

 ४. साइड बाइ साइड: पुरूष र महिला साइड बाई साइडको अवस्थामा बसेर सेक्स गर्नुपनि फाइदाकर हुन्छ । यहाँ जस्ता आशनलाई उपयुक्त मानिएपनि सन्तान जन्माउनका पुरूष तथा महिला दुवै परिपक्क हुनु आवश्यक हुन्छ । परिपक्क नभइ गरिएको सन्तानको इच्छाले गाह्रो स्थिति समेत पैदा गर्न सक्छ । सन्तान जन्माउनका लागि यी आशन मात्र प्रयोग गर्नु पर्छ भन्ने पनि छैन् तर यी आशनले सहजता प्रदान गर्छ भन्ने मात्र हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कुनै काम गर्दै हुनुहुन्छ भने यी बारलाई विशेष ध्यान दिनुस्, तपाईको कुन बार कति घातक ?

बुधबार:     कर्कट राशी लाई घातक हुन्छ  ।
बिहिबार:  तुला कुम्भ राशीलाई घातक हुन्छ।
शुक्रबार:  वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।
शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ  ।

आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।
नेपाली पद्यमा
मेषको रबि  घातै छ, शनि घातक वृषको ।
सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।
सिंह कन्या दुबैलाई शनि  घातक पर्दछ ।
यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।
तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।
धनु लाई उही शुक्र मंगल मकर राशिको ।।
कुम्भका गुरु औ शुक्र मीनका  घातकै परे ।
यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।
– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

पति भन्दा पत्नि बढी उमेरका हुने बलिउड जोडी (फोटो फिचर)

एजेन्सी ।

सामान्यतया पति र पत्नि मध्ये पतिको उमेर बढी हुने परंपरा नै छ । संसारभरी नै यस्तो हुन्छ । पति भन्दा पत्निको उमेर बढी हुने सम्बन्धहरु कम नै हुन्छन् । तर यस्तै अनौठो सम्बन्ध चर्चित बलिउड जोडीहरुको पनि छ
बलिउडमा कतिपय जोडी यस्ता छन् जसमा पतिको भन्दा पत्निको उमेर बढी छ । यहाँ त्यस्तै जोडीको चर्चा गरिएको छ ।
१ ऐश्वर्या अभिषेक
बच्चन परिवारको चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या मध्ये पत्नि ऐश्वर्या बढी उमेरकी छिन् । सन् २००७ को एप्रिलमा विवाह गरेका उनीहरुकी १ छोरी समेत छिन् ।

२ सोहा अली खान र कुनाल
चर्चित अभिनेता सैफ अली खानकी बहिनी एवं अभिनेत्री सोआ अली खान आफ्ना पति अभिनेता कुनार खेमु भन्दा जेठी छिन् । कुनाल र सोआले यसै वर्ष जनवरीमा विवाह गरेका थिए ।

३ फरान अख्तर र अधुना बहाबानी

चर्चित फिल्म अभिनेता तथा निर्देश फरान अख्तर र उनकी पत्नि अधुना बहाबानी मध्ये पत्निको उमेर बढी छ । सन् २००० मा विवाह गरेका उनीहरुका २ छोरी समेत छन् ।

४ फराह खान र शरिश कुन्दर
चर्चित फिल्म निर्माता एवं कोरियोग्राफर फराह खानले आफू भन्दा ८ वर्ष कान्छा शिरिशसँग विवाह गरेकी छिन् । रमाइलो कुरा त शिरिषबाट फराहले तिम्ल्याहा सन्तान समेत जन्माइसकेकी छिन् ।

५ अर्जुन रामपाल र मेहर जसिया
पूर्व सुपर मोडल मेहर जेसिया चर्चित अभिनेता तथा उनका पति अर्जुन रामपाल भन्दा २ वर्ष जेठी छिन् । उनीहरुको विवाह सन् १९९८ मा भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

झुन्डिएको अवस्थामा एक युवकको शव फेला

सप्तरी, १९ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज कपडा पसलको भित्री कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

www.etajakhabar.com

आफ्नै बुबाले १४ वर्षे छोरीलाई गर्ववती बनाएपछि

भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १४ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ । गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन शोसण गरेको आरोप लगाएकी थिइन ।
आमाको मृत्यु भएको केहि महिना पछि एक दिन बुबाले रक्सि खाएर आइ आफुलाई जवरजस्ती बलात्कार गरेका र कसैलाई भनेमा मर्ने धम्कि दिएका उनले प्रहरीमा बताएकी छिन् । छोरीको आरोप पछि उनका बुबालाई गिरफ्तार गरि जेलमा राखिएको थियो । आफ्नै बुबाले गर्ववती बनाएपछि १४ वर्षीय छोरीले आफुले यो बच्चा जन्माउन पाउनु पर्ने भन्दै लोकल कोर्टमा अनुरोध राखेकि छिन् । डाक्टरले आफु गर्ववती रहेको कुरो खुलाए पछि उनले अदालत संग यस्तो अनुरोध राखेकी हुन् । “मैले मेरो गर्वमा रहेको बच्चा लाई मार्न चाहन्न, यो बच्चा लाई जन्म दिन्छु अनि जुन बुवा आमाका बच्चा छैनन् तिनीहरु लाई मेरो बच्चा पालना दिन्छु ” उनले अदालतमा यसो बताएकी छिन् । तर डाक्टरहरुका अनुसार यदि उनले यो बच्चा लाई जन्म दिएमा उनको ज्यानलाई नै खतरा हुन सक्छ ।यस केसको सोमबार अदालतमा सुनुवाई भएको थियो ।एजेन्सी । स्रोत : खबरइंडियाटिभि डट कम

मन्त्रीका पि.ए.ले अस्पतालभित्र नर्ससँग यस्तो के गरे ?

पटियाला, १९ साउन । भारतको पञ्जाब राज्यका क्याबिनेटमन्त्री सुरजीत सिंह रखडाका पि.ए. पिथी सिंहलाई स्थानीय अस्पतालकी एक नर्सलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
पिथी सिंहले राजिन्दरा अस्पतालकी ती नर्सलाई यौनजन्य क्रियाकलापका साथै यौन प्रस्ताव गरेको आरोप लागेको समाचारमा जनाइएको छ ।
पिथी सिंहले अस्पताल भित्रै बुधबार राति नर्सको हात समाएर बलात्कारको प्रयास गरेका थिए । तर नर्स कराएपछि नजिकै रहेका सर्वसाधारणहरू जम्मा भएका थिए । स्थानीयले उनलाई पक्राउ गरी तत्काल प्रहरीलाई बोलाएर जिम्मा लगाएको जनाइएको छ ।
पञ्जाव प्रहरीका एएसआई शम्शेर सिंहका अनुसार राजिन्दरा अस्पतालकी सुनाम निवासी नर्सले दिएको बयानमा बुधबार राति अरनौली (हरियाणा) निवासी पिथी सिंहले राजिन्दरा अस्पतालको गेटमा नर्सको हात समातेर यौनजन्य कार्य गरेका थिए ।
गेटमा नर्सले यौन प्रस्ताव नमानेपछि पिथी सिंहले अस्पतालको वार्डमै पुगेर नर्ससँग यौनजन्य कार्य गर्न प्रस्ताव गरेका थिए । नर्सले नमानेपछि पिथी सिंहले एक लाख रुपियाँ दिने आश्वासनसमेत दिएको प्रहरीले जनाएको छ ।
आरोपीले पनि क्याबिनेट मन्त्री सुरजीत सिंह रखड़ाको आफू पि.ए. रहेको बताएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले आफू मन्त्रीको पि.ए. रहेको भन्दै धम्काएको प्रहरीले जनाएको छ ।
राजिन्दरा अस्पतालमा मन्त्रीका पि.ए. पिथी सिंहका आफन्त उपाचाररत रहेका बेला उनले नर्ससँग यौन प्रस्ताव राखेका हुन् ।
पिथी सिंहले नर्सलाई फोनमा पनि अश्लील कुरा गरेर हैरान बनाएको आरोप उजुरीमा उल्लेख छ । पिथी सिंहले यौन प्रस्ताव नमानेकी नर्सलाई मार्ने धम्कीसमेत दिएका छन् ।
– एजेन्सी
dainiknepal.com

आजको राशिफल वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार

आज वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अगस्ट ०४ तारिख
श्रावण कृष्ण चतुर्थी, पूर्वाभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, अतिगण्ड योग, तैतिल करण
आजको व्रत/पर्व : मङ्गल चतुर्थी व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मातापिताका चाहाना पूरा गनै आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । करकुटुम्बको आगमन हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ तर बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक दृष्टिले मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ, सचेत रहनु होला । उमंग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमंग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन—अध्यापन र पेसा वा व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

\

बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।

तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ।

१. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
३. लसुन
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ
४. पाउरोट
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
५. आलु
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।nepaliheadlines.com

ढाड दुख्ने समस्या बाट छुट्कारा पाउनका लागि यसो गर्नुहोस.........

ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ र ढाड दुख्ने समस्या देखा पर्छ। ढाड दुख्ने कारण धेरै हुनसक्छन् ।

 हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपायहरु उल्लेख गरेका छौ :-
* नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने मुख्य उपाय हो । युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।

* मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।

* लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ ।

* पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
जनचेतनाका लागि साभार गरिएको ।
www.etajakhabar.com

.मन्त्री रिजालले यौन प्रस्ताव नराखेको नम्रताको भनाइ ....आखिर के रहेछ बास्तबिक....पढ्नुहोस पुरा समाचार

नायिका नम्रता श्रेष्ठले आफूलाई सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले यौन प्रश्ताव नराखेको प्रष्ट पारेकी छिन् । मंगलबार राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारको बिषयलाई लिएर केही अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले मन्त्रीले यौन प्रश्ताव नराखेको बताइन्


। केही अनलाइनले मन्त्री रिजालको यौन प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो शिर्षकमा समाचार प्रकाशन भएको थियो । चलचित्र क्षेत्रमा महत्वको मानिने यो अवार्डलाई हरेक कलाकारको पाउने आशा राखेका हुन्छन् । त्यसो त छनौट समितिकी सदस्य समेत रहेकी करिश्मा मान्धर पनि सो अवार्डबारे असन्तुष्ट छिन् ।

हुनपनि अवार्ड छनौटका लागि सुरुमा नायिका नम्रता श्रेष्ठको नाम चयन गरिएको, त्यसमा हस्ताक्षर गरिसकेको र अन्त्यमा उनको नाम काटेर मन्त्री रिजालले ऋचा शर्माको नाम राख्न लगाएको खुलासा भइसकेको छ । यसबारे मानन्धरसंग प्रतिक्रिया लिन उनीसंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन भने नायिका श्रेष्ठले समाचारमा सत्यता नभएको बताइन् ।
 उनले भनिन् ‘समाचार आफुले पनि पढेको र समाचारको शीर्षक जस्तो भित्र समाचारमा केही छैन ।’ अवार्डको बेला आफू छायाँङ्कन व्यस्त रहेको उनले बताइन् । उनले भनिन् ‘समाचारमा भने जस्तो मन्त्रीजीले मलाई केहि प्रस्ताब गर्नु भएको छैन् । उहाँसग मेरो खासै नजिकको चिनजान पनि छैन् । खै कसरी यस्तो हावा कुराहरु आउँछ मलाई थाहा छैन ।’ उनले दोहो¥याइन,‘आवार्ड हो, कहिले कोले पाउछ कहिले कोले । मलाई अवार्डमा बोलाईएको थियो । म अवार्डमा गए पनि अरु कुरा मलाई थाहा भएन् ।

’ उता राष्ट्रिय चलचित्र पुरस्काबाट पुरस्कृत भएकी नायिका ऋचा शर्माले भने ‘आफु यो बिषयमा केही बोल्न नचाहेको’ बताइन् । ‘अवार्ड हो, यो बर्ष मैले पाँए, अर्को वर्ष अरुले पाउन सक्छ । अरुकुरा त मलाई केही थाहा भएन, तर सम्पूर्ण जुरीलाई धन्वाद ।’ संचार मन्त्री रिजालले भने यो विषय आफूले भन्ने विषय नरहेको बताए । ‘यो बिषयमा मैले केही भन्ने कुरा छैन, नम्रताजी सँग सोध्नु ।’ उनले भने, ‘कस कसले झूठ समाचार लेख्छ, कति जनालाई प्रतिकृया दिँदै हिँड्नु ?source .onlinechautari.com

सैनिकको विमान दुर्घटनाग्रस्त, १२ को ज्यान गयो

बेरुत, १८ साउन । सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ ।

उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको बताइएको छ । सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले सो बारेमा जानकारी दिएको छ ।

उक्त सहर विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । उक्त विमान सो नगरमा बमबारीका लागि प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ ।

तर यस समाचारको पुष्टि भने भएको छैन । सानो विमान भएकोले यसलाई उक्त प्रयोजनमा प्रयोग नगरिएको हुनसक्ने अनुमान छ ।

प्राप्त पछिल्लो समाचारअनुसार तर सो विमान निकै होचो भएर उडेकोले विद्रोहीले खसालेको हुनसक्ने पनि अर्को आशङ्का गरिएको बताइएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान होचो भएर उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ ।

सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ । तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन् ।

जसले गर्दा यहाँको सरकारले सेनाका कयौँ साना विमान गुमाएको बताइन्छ । सिरियामा गएको कम्तीमा पनि चार वर्षदेखि गुहयुद्ध चलिरहेको छ ।

जसका कारण दशौँ हजार नागरिकले ज्यान गुमाएका छन् । रासस/एएफपी

बालकलाई बलि दिने अभियुक्तलाई कारबाहीको मागसहित जनदबाब

परासी, १८ साउन । नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारबाहीको माग राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रदर्शन गरेका हुन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति सयाँैको सङ्ख्यामा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले अभियुक्त कोदाई हरिजनसहित पक्राउ परेका ११ जनालाई कडाभन्दा कारबाही हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।

नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत बालक जीवनको गत साउन ५ गते बलिको नाममा हत्या गरिएको थियो । सो घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

www.etajakhabar.comu

छोरो रोगी हुँदा आमा पोइला गएपछि…!

गोरखाबजार १८ साउन । गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा हुनुहुन्छ । शारीरिक अपाङ्गताका कारणले गर्दा उहाँ हिँड्डुल गर्न सक्नु हुँदैन । उहाँलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।
‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भन्नुभयो, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुप¥यो । अधिकारी परिवारले गाउँका साहुको खेत अधियाँ कमाएका छन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले रामचन्द्रको हेरचाह गर्न परिवारका सदस्यले सकेका छैनन् ।”
ओल्टेकोल्टे फर्कन सक्ने रामचन्द्र हातगोडा लुलो हुँदा उठ्न सक्नु हुँदैन । “अपाङ्गता भएको छोरो छाडेर आमा अन्यत्रै पोइला गई”, सुमित्राले भन्नुभयो, “हामीले छोरालाई हुर्काएका हौं ।” रामचन्द्रको बाबुको चार वर्षअधि घरको बार्दलीबाट आँगनमा खस्दा मृत्यु भएको थियो । त्यसलगत्तै रामचन्द्रकी आमाले अर्को बिहे गरेको सुमित्राको भनाइ छ ।
“अपाङ्गता भएवापत एक हजार रुपैयाँ भत्ता त आउँछ तर त्यसले के ख्वाउने ? के लगाउन दिने ?”, सुमित्राले भन्नुभयो । आर्थिक अभावले गर्दा रामचन्द्रको उपचारमा समस्या भएको सुमित्राले बताउनुभयो । “मानिस छोरो हेर्न आउँछन् । सहयोग गर्ने आश्वासन दिन्छन्, फर्कन्छन्”, उहाँले भन्नुभयो, “छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ ।” सुमित्राको सासू, ससुरा वृद्धवृद्धा भएकाले उनीहरुके पनि लालनपालन गर्ने जिम्मा उहाँमाथि नै छ ।
“सास रहुन्जेल आश हुन्छ हजुर” ७२ वर्षीया बसुन्धराले रुँदै भन्नुभयो, “अपाङ्ग नातिलाई छाडेर आमा पोइल हिँडी । हामी पिँढी छाड्न नसक्ने भयाँै । नातिलाई कसरी निको बनाउने ?”
हालै गएको भूकम्पमा घरभित्रै च्यपिएका रामचन्द्रलाई परिवारका सदस्यले तीन घन्टापछि मात्रै उद्धार गरेका थिए । भूकम्पपछि घरको गाह्रो भत्केर झरेको ढुङ्गाले रामचन्द्रको शरीरमा चोट लागेको थियो । भूकम्पले वसुन्धराको एकतल्ले घर बस्नै नहुने गरी चर्किएको छ । रासस
dainiknepal.com