Showing posts with label Jiban Mantra. Show all posts
Showing posts with label Jiban Mantra. Show all posts

Tuesday, March 1, 2016

गणेशजीको टाउको हात्तीको? तर कसरी?

हिन्दु धर्मका ग्रन्थहरूमा अनेकौँ विचित्रका कुराहरू उल्लिखित छन्। तर ती सबै विचित्र कुराहरूको रोचक व्याख्या पनि गरिएको छ।

जस्तोसुके पुजाआजा लगाउँदा होस् या घरमै नित्यकर्म गर्दा होस्, सुरुमा गणेश भगवानको पुजा गरिन्छ अनि बल्ल अन्य पुजाविधि गरिन्छ। शक्ति र ज्ञानको प्रतिक मानिने गणेश भगवानको टाउको हात्तीको रहेको पनि सायद सबैलाई थाहा छ होला। तर कहिल्यै सोच्नुभएको छ, शिव र पार्वती दुवैको टाउको मनुष्यकै छ, तर उनीहरूकै छोरा ‘गणेश’को टाउको कसरी हात्तीको भयो? जन्मिँदै देखि हात्तीको टाउको थियो कि पछिबाट राखिएको हो?

यी यावत कुरालाई थरी थरी ग्रन्थमा थरी थरी तरिकाले वर्णन गरिएको छ।

‘श्रीस्वस्थानी’ मा यसरी पनि वर्णन गरिएको छः

नवग्रह देवका राजा मानिने ‘शनि देव’ले जुन वस्तुलाई हेर्यो त्यो वस्तुको विनाश हुने श्राप उनले पाएका थिए। त्यसैले गर्दा नै जो मनुष्यमा शनिको नजर पर्यो उसको जीवनमा केवल नराम्रो मात्रै हुने हिन्दु धर्ममा विश्वास गरिन्छ।

पार्वतीले आफ्नो बच्चाको नामांकरण गर्नेबेलामा सबै देवी-देवताहरूलाई निमन्त्रणा गरिन्। पार्वती देवीको निमन्त्रणा स्वीकारेर सबै देवी-देवताहरू त्यहाँ उपस्थित भए, तर केवल शनिदेव मात्रै त्यहाँ आएनन्। उनको यस्तो अपमान देखेर क्रोधित पार्वतीले शनिदेवलाई श्राप दिन तयार भइन्। पार्वतीको क्रोधदेखि भयभीत शनिदेव तुरुन्तै त्यहाँ उपस्थित भए तर आफ्नो दृश्टिले बालकलाई नराम्रो हुने डरले उनले आफ्नो आँखा थुनेर बसे।

पार्वतीले शनि देवलाई भनिन्- “हे शनिदेव, सबै देवी-देवताहरूले मेरो बालकको मुहार हेरे, सबैले आशिर्वाद दिए। तिमी चाहिँ किन आँखा थुनेर बसिरहेछौ?”



पार्वतीको प्रश्नमा चिन्तित हुँदै शनिदेवले भने- “हे जननी! मेरो कु-दृश्टिले आजसम्म कसैको भलो गरेको छैन। म हजुरको बालकलाई हेर्थेँ, तर माता त्यसपछिको परिणाम देखि मलाई डर लागिरहेछ।”

शनिदेवको यस्तो चिन्ता देखेर पार्वतीले ढुक्क हुँदै भनिन्- “तिम्रो श्रापको बारेमा मलाई राम्रोसँग थाहा छ, शनिदेव! तर मेरा बालक शक्तिशाली छन्, तिम्रो नजरले उसलाई केहि पनि असर गर्न सक्दैन। तिमी निश्चिन्त भएर उसलाई आशिर्वाद देऊ!”

पार्वतीको आग्रहलाई अस्वीकार गर्न नसकी शनिदेवले आँखा खोलेर त्यस बालकलाई हेर्छन्। दुर्भाग्यवश, उनले हेर्नेबित्तीकै त्यस बालकको धडबाट शिर छुट्टिएर बिलाउन गयो।

यस्तो दुर्गती देखेर शनिदेव आफ्नो शिर झुकाई त्यहिँ बसिरहे। पार्वतीले उनलाई गाली गर्न पनि सकिनन्। यो देखेर शिवजीले विष्णुलाई आदेश दिए- “हे विष्णु! तिमी उत्तर दिशातर्फ जाउ र जो भेट्छौ, उसको टाउको लिएर आउ।”

शवजीको आदेश मानी टाउको खोज्न विष्णु भगवान उत्तर दिशातर्फ लागे। धेरै यात्रा गरिसक्दा पनि उनले कसैलाई भेटेनन्। अनत्यमा एक हात्तीलाई देखेपछि त्यसैको टाउको लिएर जाने निर्णय गरे। शिवजीको अगाडि हात्तीको टाउको लिएर विष्णु प्रस्तुत भएपछि सबैजना जिल्ल परे। सबै कुराको बेलिबिस्तार लगाएपछि शिवजीले त्यस बालकको धडमा हात्तीको शिर लगेर जोडिदिए।

शिर उडिसकेको बालक हात्तीको टाउको लिएर बिउँझेपछि विष्णु भगवानले त्यस बालकको नाम ‘गणेश’ राखिदिए। सबै देवी-देवताहरूले गणेशलाई शक्ति र वरदान दिए। साथै मनुष्यलोकमा कुनै पनि पुजा-आजा गर्दा गणेशकै पुजा पहिला गरियोस् भनेर शिवजीले पनि वरदान दिए।

हिन्दु धर्ममा यस्ता थुप्रै विचित्रका कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। तर के कुरा बुझ्नु जरुरी छ भन्दा- धर्म, भगवान र शक्तिमा विश्वास नगर्नेहरूको लागि यो केवल अलौकिक कथा हुन जान्छ भने विश्वास गर्नेहरूको लागि यो जीवनमन्त्र हुन जान्छ।nepaliheadlines

Monday, February 29, 2016

ग्यास्ट्रिक छ ? यी १० घरेलु प्राकृतिक औषधी खानुहोस

मंगलबार, १८ फागुन
काठमाडौ । धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् ।
हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ ।
यी हुन नेपालमै पाइने ग्यास्ट्रिकका उपचार विधी:

१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा 
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन
२ \३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।
१०. पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।
nepalsandesh

मंगलबारको दिन गर्न नहुने ५ काम

बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।

सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।


मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२- मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।nepaliheadlines

Sunday, February 28, 2016

अन्धा पुरुष र हात्तीले बताए- धर्म के हो?

धर्म के हो? भगवान को हुन्? यी प्रश्नको पूर्ण जवाफ सायद कसैले पनि दिन सक्दैनन्। हरेक धर्मले ‘धर्म’को अर्थ अनि ‘भगवान’को अस्तित्वलाई फरक-फरक ढङ्गले व्याख्या गरेको छ। फेरि भिन्नाभिन्नै धर्मावलम्बीहरूको बीचमा पनि यहि प्रसङ्गमा चर्काचर्की पनि चल्ने गर्दछ।

यसै सन्दर्भमा बुद्ध शुत्रमा एक कथाप्रसङ्ग उल्लिखित छः

कैयौँ सर्वसाधारणहरू ‘धर्म’ र ‘भगवान’को विषयमा कुराकानी गरिरहेका थिए। तर कोहि पनि एक-अर्काको कुरामा सहमत हुन सकेका थिएनन्। त्यसैले उनीहरू बुद्ध’ भएको ठाउँमा गए र सोधे- “हे महापुरुष! धर्म के हो? भगवान कस्तो हुन्छ?”26

जस्तोसुकै जटिल प्रश्नको पनि सजिलै उदाहरण दिएर उत्तर दिन सक्ने खुबी भएका बुद्धले आफ्ना चेलाहरूलाई एक विशाल हात्ती र ४ जना अन्धा पुरुषहरूलाई बोलाउन आदेश दिए। त्यसपछि ती अन्धा पुरुषहरूलाई हात्तीलाई छाम्न लगाए र ‘हात्ती कस्तो छ’ भनेर सोधे।


पहिलो अन्धो पुरुषले हात्तीको खुट्टा छामे र भने ‘हात्ती त खम्बा जस्तो हुँदो रहेछ’। दोश्रोले हात्तीको ज्यान छामेर भने ‘हात्ती त भित्ता जस्तो हुँदो रहेछ’। त्यसरी नै तेश्रो पुरुषले कानलाई छाम्दै भने ‘हात्ती त बाक्लो लुगा जस्तो हुँदो रहेछ’। अनि अन्तिममा चौथो पुरुषले पुच्छरलाई छाम्दै भने ‘हात्ती त मोटो धागो जस्तो हुँदो रहेछ’।

फेरि ती ४ अन्धा पुरुषहरूको बीचमा पनि ‘हात्ती’को रूपको बारेमा बहस हुन थाल्यो। र बुद्धले ती सर्वसाधारणहरूलाई सोधे- “सबै अन्धा पुरुषले हात्तीलाई छोए तर सबैले फरक-फरक उत्तर दिए। अब तिमी नै भन कुन उत्तर सही हो?”

“सबैजनाले सही उत्तर दिए”, उनीहरूले भने।

“सबैले हात्तीको एउटा-एउटा अङ्गलाई महशुस गरे, तर पूरै अङ्गलाई छुन सकेनन् त्यसैले उनीहरू सबैको उत्तर अपूर्ण थियो। भगवान र धर्मको विषय पनि यस्तै हो। सबै धर्मले आफूले बुझेको, देखेको र सुनेको कुरा विश्वास गर्ने गर्छन्। हुन त सबै धर्म सही छ तर कुनै पनि पूर्ण छैनन्।”

nepaliheadlines

स्त्री होस् या पुरुष, यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्


भनिन्छ नि- ‘एउटा झूट कुरा लुकाउन सय झूट बोल्नुपर्छ!’ फेरि त्यहि झूटलाई पनि कहाँ धेरै दिनसम्म लुकाउन सकिन्छ र? आज जसरी तसरी सत्य कुरा लुकाइएला, तर कुनै न कुनै दिन त सत्य सामुन्ने आइ नै हाल्छ। अनि जब घर-परिवार र समाजले त्यो सत्य कुरा थाहा पाउँछन्, तब सबैको सामुन्ने अपमानित हुनुपर्छ। तीतो नै किन नहोस् सत्य कुरा लुकाउँदा झन् कष्ट भोग्नुपर्ने हुन्छ।

मानिस आफ्नो अधिकांश व्यक्तिगत कुराहरूलाई लुकाउन चाहन्छ। व्यक्तिगत कुरा लगायत कुनै गलत काम गरेमा पनि सत्य कुरा बोल्ने हिम्मत गर्दैनन्, झूटको सहारा लिने गर्छन्। तर थाहा पाइराख्नुहोस् है, यी ४ कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैनः

१. झूट

महाभारतमा कर्णले परशुरामसँग आफू ब्राह्मण हुँ भनेर झूट बोलेका थिए। परशुरामले पनि कर्णलाई ब्राह्मण नै सोँचेर सबैप्रकारका शस्त्र-अस्त्रका ज्ञान दिए। तर एकदिन कर्ण ब्राह्मण होइनन् भन्ने थाहा पाएपछि ‘सबैभन्दा बढि आवश्यक परेको बेला सबै शस्त्र-अस्त्रको ज्ञान भुल्न परोस्’ भनेर परशुरामले कर्णलाई श्राप दिए।

नभन्दै महाभारतको युद्धमा अर्जुनसँग युद्ध गर्ने बेलामा कर्णले ती सबै शस्त्रअस्त्रको ज्ञान बिर्सिए र अर्जुनकै हातबाट उनको मृत्यु भुयो।

यसबाट पनि के सिक्न सकिन्छ?

झूटले आफूलाई फाइदा गर्छ भनेर सोँच्नु मूर्खता हो। यो पनि थाहा पाउनुपर्छ कि आफूले बोलेको झूटले सदैव आफैलाई धोका दिन्छ।

२. छल-कपट

दुर्योधन र उनका मामा शकुनीको धोका र छल-कपटकै कारण महाभारतको युद्ध भएको थियो, जहाँ आफ्नै दाजु-भाइको हत्या गर्नुपरेको थियो। कौरवहरूले पाण्डवहरूलाई पहिल्यै देखि नै सताउने काम गर्दथे, छल-कपटको सिकार बनाउथे। अन्त्यमा पाण्डवहरूकै हातबाट कौरवहरूको मृत्यु भयो।

‘कर्म’ भनेको यस्तो कुरा हो, जसले तपाईँको हरेक कार्यलाई मध्यनजर गरिरहेको हुन्छ। तपाईँले राम्रो काम गर्नुभएको छ भने नतिजा पनि राम्रै आउँछ। तर गलत कामको फल कहिल्यै पनि राम्रो हुँदैन। यहि नै कर्मको कर्तव्य हो।

फेरि छल-कपटलाई पनि धेरै समयसम्म लुकाएर राख्न सकिँदैन। एक न एक दिन त त्यसको नतिजा आफैँले भोग्नैपर्ने हुन्छ।

३. हत्या

समाचारमा पनि सुन्नुभएकै होला- ‘बलात्कार गरी हत्या गर्ने पक्राउ’, ‘आफ्नै बुवाको हत्या गरी फरार हुने पक्राउ’, आदि-इत्यादि।

कसैले जतिसुकै योजना बनाऊन् हत्या गरेर लुकाउनको लागि! समय आएपछि एकदिन हत्यारालाई सजाय अवश्य मिल्छ।

जसरी तपाईँको जीवन अमूल्य छ, त्यसरी नै सबै प्राणीको जीवन अमूल्य हुन्छ। कसैको हत्या गर्नुलाई शास्त्रमा ‘अक्षम्य पाप’ भनिन्छ। ‘अक्षम्य’- क्षमा गर्नै नसकिने।

४. अहङ्कार

जो व्यक्ति अहङ्कारी (घमण्डी) हुन्छन्, उसले आफ्नो घमण्डको लागि कुनै पनि कुकर्म गर्न तयार हुन सक्छन्। तर आफूलाई सज्जन बताउनका लागि उसले जतिसुकै प्रयास गरोस्, एकदिन उसको अहङ्कार सबैको सामुन्ने प्रकट भएरै छाड्छ।

उदाहरणको लागि रावणलाई लिन सकिन्छ, दुर्योधनलाई हेर्न सकिन्छ। उनीहरूले आफ्नो शक्तिको घमण्ड गरेकै कारण अन्त्यमा नष्ट भएर जानुपरेको थियो।

nepaliheadlines

Saturday, February 27, 2016

पवित्र मानिने तुलसीको पात चपाउनुहुँदैन, अन्य के-के काम गर्नुहुँदैन जान्नुहोस्

हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ।

नेपाल र भारतमा अवस्थित हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ। किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि।Tulsi Moth

आयुर्वेदमा पनि तुलसीको पातको ठूलो महत्व रहेको छ। आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिन्छ। विज्ञानकै कुरा गर्दा पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ। त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिन्छ।

तर, सावधान! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन्। जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन- धार्मिक र वैज्ञानिक कारणः

१. कहिल्यै नचपाउनुहोस्

बाउबाजेले भनेको त सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ।’

अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ।

वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ। त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ।

त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन।

२. कहिल्यै पनि शिवलिङ्गमा नचढाउनुहोस्

हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’को वास्तविक रूप तुलसी हो। अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ।

एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन्। त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन्।

विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन्।



त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ।

(शिवजीलाई यी ५ पवित्र वस्तुहरू चढाउनुहुँदैन)

३. यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्

आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।

किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो। त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ।

४. गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्

जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखिन्। गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन्।

आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भइन्। क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिइन्।

उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग। त्यसपछि श्रापको कारण नश्वर संसारमा वृक्ष भएर जन्म लिनुपरोस्’ भनेर श्राप दिए।

गणेशको क्रोध र श्रापले गर्दा वृन्दाले आफ्नो गल्ती महशुस गरी गणेशसँग क्षमा मागिन्। वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिए- ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस्। तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस्।’

त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ।

५. कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्

विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए। अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन्। तर विष्णुले अस्वीकार गरे र भने- “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ”

त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे। त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ।

तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ। घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन। जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ।

nepaliheadlines

Friday, February 26, 2016

यस कारण भुलेर पनि नराख्नुस् विवाहितसँग सम्बन्ध

आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् ।

यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।

गलतः
यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ ।

दोश्रो प्राथमिकताः
यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् ।

झुटको जगः
तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ ।

मनमा अशान्तिः
आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस्

Thursday, February 25, 2016

पतिले ५० ओटी लाइन लाउँछु भनेपछि....


श्रीमान् श्रीमतीको सबन्धलाई कथाकार गुरुप्रसाद मैनालीले परालको आगोसँग तुलना गरेका छन् । सामान्य मनमुटाव र झगडापछि श्रीमानश्रीमतीको सम्बन्ध अझ प्रगाढ पनि हुने गर्दछ । त्यसैलै त पहिलेको बुढापाकाले नठोसी अगुल्टो पनि बल्दैन भन्ने उखान प्रयोग गर्ने गरेका थिए ।

सामान्य विषयमा झगडा गरेका श्रीमान श्रीमतीबीचको यो सम्बाद हेर्नुहोस्

श्रीमानः (रिसाएर) धेर निहुँ नखोज तँ जस्ता ५० जनालाई म लाईन लगाइदिन्छु ।


श्रीमानको आफूजस्तै ५० जनालाई लाइन लगाउने कुरा सुनेर मुस्कुराउँदै भनिन् ।

श्रीमतीः अझै पनि मजस्तै चाहिने भए, लाइनको सुरुमा म कि अर्कै ?

दम्पतीको यो सम्वादपछि दुवै दिल खोलेर हास्न थाले । झगडाको कारण दुर भयो भने सम्बन्ध झन प्रगाढ ।
annapurnapost

Wednesday, February 24, 2016

तपाइँलाई थाहा छ ? आफ्नै औंलाले शरीर नाप्दा आफ्नो आयु थाहा हुन्छ

शास्त्रमा भनिएको छ कि हरेक ब्यक्तिको जन्मका साथ नै मृत्यु पनि तय हुन्छ । हरेक मानिसले जन्मसँगै मृत्युको मिति समेत लिएर आएको हुन्छ । यद्यपी यो जीवन र मृत्युको रहस्यबारे भविष्यवाणी भने हरेक मानिसलाई चासोको विषय हुन्छ ।

शास्त्रमा यो प्रश्नको जवाफ दिइएको छ । हाम्रो शरीरका विभिन्न अंगले नै हाम्रो आयुबारे भविष्यवाणी गर्न मद्दत गर्ने शास्त्रको भनाइ छ ।


समुन्द्रशास्त्रका अनुसार हातको रेखा र निधारको रेखाले आयुबारे जानकारी दिन्छ ।

यो शास्त्रका अनुसार निधारका चार रेखाले कन्चटको पल्लो भाग सम्म छोएको छ भने यस्ता ब्यक्तिको आयु राम्रो हुन्छ । निधारको एक रेखाले २५ वर्षको आयु रहेको जनाउँछ । यस्ता रेखा जति स्पष्ट हुन्छन् त्यति नै दीर्घायु हुने मानिन्छ ।

आयुबारे जानकारी लिने सबै भन्दा सजिलो तरिका हो आफ्नै औंलाले शरीर नाप्नु । भविष्य पुराणका अनुसार जुन ब्यक्तिको उचाइ आफ्नै हातले नाप्दा चार हात १२ अंगुल छ त्यस्तो ब्यक्ति दीर्घायु हुन्छ ।

जुन ब्यक्तिको उचाइ १०० अंगुल मात्र हुन्छ त्यस्ता ब्यक्तिको आयु मध्यम स्तरको हुन्छ । यिनीहरु धेरै छिटो पनि मर्दैनन् र धेरै ढिलो सम्म पनि बाँच्दैनन् ।

९० अंगुल हुने ब्यक्तिको आयु अल्प वा औषत हुने मान्छ ।

हत्केलाको माथिल्लो भागमा नाडीको छेउँमा गोलो रेखा हुन्छ । त्यसलाई मणिबन्ध रेखा भनिन्छ । यसले तपाइँको आयुबारे जानकारी दिन्छ । यो रेखाबाट मानिस कति बाँच्ने भन्ने समेत थाहा हुन्छ ।

यी ३ कुरा भएका पुरुष अभागी... कहिल्यै पनि खुशी हुन सक्दैन.. जानी राखौ..

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।

यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।

Monday, February 22, 2016

जान्नुहोस्, तपाईँको लागि कुन दिन जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ

अङ्कज्योतिष शास्त्रका अनुसार व्यक्तिको जन्म तारिखको आधारमा उसको भविष्य, प्रेमप्रसङ्ग र जीवनसँग जोडिएका अन्य कुराहरू थाहा पाउन सकिन्छ।

सोही अनुरूप, तपाईँको जन्म तारिखको अनुसार तपाईँको लागि कुन तारिखमा जन्मिएका प्रेमजोडी भाग्यशाली हुन्छ जान्नुहोस्ः


आफ्नो अङ्क कसरी थाहा पाउने?

ज्योतिषशास्त्रमा भाग्यशाली प्रेमजोडीको विषयमा १ देखि ९ अङ्क निर्धारण गरिएको छ। यहि अङ्कबाट तपाईँका खास कुराहरू थाहा पाउन सकिन्छ।

यदि तपाईँको जन्म १ देखि ९ तारिखको बीचमा भएको हो भने तपाईँको अङ्क पनि जन्म तारिख नै हुन्छ। जस्तैः तपाईँको जन्म ८ तारिखमा भएको हो भने तपाईँको अङ्क पनि ८ नै हुन्छ।

तर, यदि तपाईँको जन्म १० देखि ३१ तारिखको बीचमा भएको हो भने अब तपाईँको अङ्क भनेको ती २ अङ्क जोड्दा जति हुन्छ त्यहि नै हुन्छ। जस्तैः तपाईँको जन्म २३ तारिखमा भएको हो भने, तपाईँको अङ्क २‌‌+३‍=५ हुन्छ। र यदि तपाईँको जन्म २९ तारिखमा भएको हो भने, तपाईँको अङ्क २+९=११ अनि फेरि १+१=२ हुन्छ।

अब आफ्नो अङ्क थाहा पाएपछि तपाईँको लागि कुन-कुन तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ थाहा पाउन पढ्दै जानुहोस्

१. अङ्क १:

तपाईँको जन्म १, १०, १९ वा २८ तारिखमा भएको हो भने तपाईँको अङ्क १ हुन्छ। र तपाईँको लागि २, १०, ७, १६, २५, ११, २०, २८ वा २९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

२. अङ्क २:



तपाईँको जन्म २, ११, २० वा २९ तारिखमा भएको हो भने तपाईँको अङ्क २ हुन्छ र तपाईँले २, ११, ७, १६, १, १०, ४ वा १३ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्दा उचित हुन्छ।

३. अङ्क ३:

यदि तपाईँको जन्म ३, १२, २१ वा ३० तारिखमा भएको हो भने तपाईँको अङ्क ३ हुन्छ र तपाईँको लागि ३, १२, १५, १८, ९, २७, २४, ६ वा ९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

४. अङ्क ४:

४, १३, २२ वा ३१ तारिखमा जन्मिने व्यक्तिहरूको अङ्क ४ हुन्छ र उनीहरूको लागि भाग्यशाली जोडी भनेको १, २, ७, ८, ११, १६, १७, २६ वा २५ तारिखमा जन्मिएका व्यक्ति हुन्छन्।

५. अङ्क ५:

यदि तपाईँको जन्म ५, १४ वा २३ तारिखमा भएको हो भने तपाईँको अङ्क ५ हुन्छ र तपाईँले ५, १४, १५, १६, ११, २३, ६ वा २ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेम सन्बन्ध गाँस्दा सबैभन्दा शुभ हुन्छ।

६. अङ्क ६:

तपाईँको जन्म ६, १५ वा २४ तारिखमा भएको हो भने तपाईँको अङ्क ६ हुन्छ र तपाईँको लागि ६, १५, १२, ३, १८, ९ वा २७ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

७. अङ्क ७:

७, १६ वा २५ तारिखमा जन्मिएका व्यक्तिहरूको अङ्क ७ हुन्छ र ती व्यक्तिहरूका लागि १, २, ४, ७, १०, ११, १६ वा १३ तारिखमा जन्मिएका व्यक्ति शुभ हुन्छ।

८. अङ्क ८:

तपाईँको जन्म ८, १७ वा २६ तारिखमा भएको हो भने तपाईँको अङ्क ८ हुन्छ र २, ४, ८, ११, १३, १६, २६ वा १७ तारिखमा जन्मिएका व्यक्ति तपाईँको लागि शुभ हुन्छ।

९. अङ्क ९:

तपाईँको जन्म ९, १८ वा २७ तारिखमा भएको हो भने तपाईँको अङ्क ९ हुन्छ र तपाईँको लागि ३, ६, ९, १५, १२, २७ वा १८ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

nepaliheadlines

खाली हात काठमाडौँ छिरेका धादिङका अन्जान थापा यसरी बने अरबपति

धादिङको त्रिपुरेश्वर गैरिगाउँमा गाविसमा वि.सं २०३५ सालमा जन्मिएका अन्जान थापा (कुमार) एउटा सामान्य सैनीक परिवारका जेठा छोरा हुन् । अन्जानबाहेक आमा, बुवा, एक भाई र एउटी दिदि छन् । पढ्नमा सामान्य अन्जान एउटा ख्यातीप्राप्त व्यक्ति बन्न चाहान्थे । सपनाहरुको ठुलै थैलो बोकेर वि.सं २०५० सालमा रित्तो हात काठमाडौ छिरेका अन्जानले क्याम्पस जीवनमा पैसाको अभाव झेल्नुपर्दा जागिरको अभिलाषमा निकै तनावको सामना गरे । तर गाउँका एकजना जानपहिचानका दाईले ट्रेकिङ अफिसमा झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डसंग हिड्ने जागिर लगाईदिए । टुरिस्टको झोला बोकेर जीवन संघर्ष सुरु गरेका अन्जानको झोले जागिरदेखि अरबपतिसम्मको यात्राको विषयमा  पत्रकार नबराज कुँवरले कुराकानी गरेका छ्न । प्रस्तुत छ सोहि कुराकानीमा आधारित यो सामग्री


बुबाको चाहना आर्मी बनाउने

हो, धादिङबाट २०५० सालमा म काठमाडौँ छिर्दा मसंग ‘मेरो भन्नु’ केही थिएन । हुन त मलाई सामान्य आर्थिक सहायताको लागि मेरा बुवा हुनुहुन्थ्यो । मेरो पारिवारिक आर्थिक पृष्ठभुमी सामान्य थियो । ‘धेरै भएका’हरुमा पनि हामी पर्दैन थियौँ र ‘हुँदै नहुने’मा पनि पर्दैनथ्यौँ । बुवाले सामान्य सपोर्ट गर्ने भने पनि म आफैँ केही गर्न चाहान्थेँ । बुबा मलाई आर्मी बनाउन चाहानुहुन्थ्यो । तर ‘म अन्जान थापा’ भनेर अरुको सामु आफ्नो छुट्टै पहिचान बनाउँन चाहान्थेँ । त्यसैले त आर्मीको जागिरप्रति विकर्षित थिएँ । मैले त्यो जागिर खाएँ भने म सँधै मेरै बुबाप्रति आश्रित हुनुपर्दथ्यो । त्यसैले मैले मेरो बुवाको ‘आर्मी जागिर खा’ भन्ने प्रस्ताव अस्वीकार गरेँ । धादीङको स्थानीय विद्यालयमा १० कक्षा उत्तिर्ण गरेपछि म पढ्नको लागि भनेर काठमाडौँ आएको थिएँ ।

पत्रकार बन्ने इच्छा
म आफ्नो परिचय विस्तार गर्न चाहान्थेँ । म पत्रकारीतामा इच्छुक थिएँ । त्यसैले म पत्रकारीता विषय लिएर २०५० सालमा आर आर क्याम्पमा भर्ना भएँ । तर तत्कालीन अवस्थाले मलाई पत्रकारीतापट्टि जान दिएन । म पत्रकारीताको सपनाको तिलाञ्जली दिएर तत्कालीन समस्या टार्नतिर लागेँ । मलाई रुपैयाँबाट आइपर्न सक्ने समस्याहरुदेखि सँधै डर लाग्थ्यो । तर संगसंगै मसित हिम्मत पनि थियो । यो भएन भने त्यो गर्छु भन्ने योजनासहित म काम सुरु गर्थेँ ।

भाडाको एउटा कोठामा ४ जना बस्थ्यौँ
डेरा जीवन त्यसै पनि कठीन नै हुन्छ । त्यतिबेला एउटा कोठामा चार जना बसिन्थ्यो । एउटै कोठामा बस्दा सस्तो पर्ने भएकाले भाई र दिदिहरुसहित चार जना बस्थ्यौँ । संधैभरि घरबाटमात्रै पैसा पठाएर घरमा दुख दिन मन लागेन । म अरुको भरमा जीवन धान्नै चाहान्न थिएँ । त्यसैले पैसाबाट आइलागेका मेरा तत्कालीन समस्याहरु समाधान गर्न मैले केही जागिर खानैपर्दथ्यो । त्यसैले मैले जागिर खोज्न सुरु गरेँ । तर जागिर भेट्न मुस्किल नै थियो ।


टुरिस्ट र गार्डको झोला बोक्ने जागिर पाएँ, तर बुबा जंगिनुभयो
एकजना चिनजानका दाईले ट्राभल एजेन्सीमा टुरिस्ट र गार्डको झोला बोक्ने जागिरमा लगाइदिनुभयो । त्यतिबेला अंगे्रजी पनि राम्रो थिएन त्यसैले गार्डकै रुपमा जिम्मेवारी पाउने संभावना पनि थिएन । आर्मीको कर्णेल मेरा बुवाले म झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डको पछि हिँडेको मन पराउनुभएन । उहाँ जंगिनुभयो, ‘तैले अरु काम पाइनस् रु पढ् खुरुखुरु’ । तर मलाई जसरी पनि आफ्नै खुट्टामा उभिनु थियो । १०/१५ हजारको जागिर पनि मलाई त्यतिबेला निकै महत्वपूर्ण थियो । मैले त्यहाँ इमान्दारीताका साथ काम गरिरहेँ । त्यतिबेलासम्म मैले यता आइए पनि सकाएँ ।

काम आफ्नै गर्नुपर्ने रहेछ
झोला बोक्दा बोक्दै भएपनि मेरो विदेशी पर्यटकहरुसंग हिमचीम बढ्यो । मैले आफ्नो अंग्रेजीमा नि इम्प्रुभ ल्याएँ । र पछि म टुरिस्ट गार्डको रुपमा काम गरेँ । त्यतिबेला म ती साहुहरुको आय विचार्थेँ । उनीहरु बसेरै पैसा कमाएको देख्थेँ । जस्तो सुकै दुख होस् मलाई पनि त्यस्तै भएर व्यवसाय गर्न मन थियो । म आफु काम गरेर धेरैलाई काम दिन सक्ने गरि व्यवसाय गर्न चाहान्थेँ । व्यवसायी बन्ने चक्करमा मैले आफ्नो पढाईलाई पनि अगाडी बढाउन सकिन ।

व्यवसाय गर्न पैसा थिएन
मैले व्यवसाय गर्न सोच बनाएपनि मसंग पर्याप्त पैसा थिएन । मैले घरमा पैसा मागे । सुरुमा केही प्रश्न र आशंका बुवाले गरेपनि पछि उहाँ केही रकम दिन तयार हुनुभयो । म त्यति धेरै खर्चालु थिइन । त्यसैले मैले पनि केही जोह गरेर राखेको रुपैयाँ र बुवाले पठाइदिएको रुपैयाँले व्यवसाय सुरु गरेँ । सन् २००० सालबाट मैले औपचारीक रुपमा आफ्नै टे«किङ कम्पनि खोलेँ । सुरुमा निकै चुनौतिहरु थिए ।

जापानमा लुक्ने प्रयास
सन् २००० सालमा मैले कम्पनि खोलेँ । लगत्तै मैले व्यवासयिक उद्धेश्यमा २००१ सालमा जापान घुम्न जाने अवसर पाएँ । म जापानमा साँच्चै राम्रो रहेछ भने उतै भागेर बस्ने विचारमा थिएँ । व्यवसाय ठीकै थियो, तर विदेशमा राम्रो हुन्छ भनेको सुनिन्थ्यो । त्यसैले जापान घुम्न गाको बेला ठीक लाग्यो भने उतै लुकेर बस्ने विचार गरेको थिएँ । तर जब म त्यहाँ पुगेँ मैले मेरै बुबाले भनेको आर्मीको जागिरभन्दा बन्धनपूर्ण देखेँ त्यहाँको अवस्था । म त स्वतन्त्ररुपमा आफ्नो परिचयका लागि आफ्नै समय निर्धारण गरि काम गर्न चाहान्थेँ । त्यसैले जापानमा लुकेर बस्ने चाहाना उतै सेलाएर म नेपाल फर्किएँ । र काम गर्न लागेँ । तपाई पत्याउनुहुन्न होला । म १५ घण्टाभन्दा ज्यादा काम गर्थेँ । आफ्नो व्यवसाय भनेपछि त्यसै पनि जाँगर चल्थ्यो । नेपालको राजनैतिक अवस्था त्यतिबेला सामान्य नै थियो । त्यसैले व्यवसायको अवस्था पनि ठीकै थियो । मैले व्यवसायबाट सन्तुष्टि पाउन थालेँ । म अझै काम गर्न थालेँ । चुनौतिहरु थिए । व्यवसायमा कैले काँही अप्ठेराहरु आउँथे । तर मैले त्यसको डटेर सामना गरेँ । केही वर्षको अन्तरालमा मैले होटल व्यवसायतर्फ पनि लगानी गरेँ । सामान्य ढंगले पर्यटकहरुका लागि होटल खोलेँ । पछि राम्रै हुँदै पाँचतारे होटल बनाएँ । त्यसबीचमा म निकै खटेँ ।



दुई दर्जनबढि देशको भ्रमण
व्यवसायिक रुपमा सफल हुँदै गएपछि मैले व्यवसायिक शिलशिलामा विभिन्न युरोपियन तथा गल्फ मुलुकहरु झण्डै दुई दर्जन देशको भ्रमण गरेको छु ।

तीन सय युवालाई रोजगारी
आज म पाँच वटा कम्पनिहरु ह्याण्डल गरिरहेको छु । जमलमा होटेल उडलेन्ड, ठमेलमा होली लज, आसाही ट्रेक नेपाल, स्वयम्भुमा हिमालयन इन्टरनेशनल योगा एकेडेमी र मन्टेश्वरी स्कुल संचालन गरिरहेको छु । मेरी श्रीमतीले मन्टेश्वरी स्कुल हेर्छिन् । एक छोरा र एक छोरी छन् त्यतापट्टिको जिम्मेवारी पूरा गर्दै पनि उनी काममा क्रियाशील छिन् ।

आज मेरो कम्पनिहरुमा ३ सय जना रोजगार छन् । म त्यो बेला सम्झन्छु, जतिबेला म एउटा टुरिष्टको झोला बोकेर अनि गार्ड भएर काठमाडौमा संघर्ष सुरु गरेँ । हुन त त्योभन्दा ठूला–ठूला संघर्षका कथा र सफलताहरु पनि हाम्रै सामु छन् । तर स्पष्ट कार्ययोजना, दृढता, जोखीम र साहस लिएर काममा लाग्न सक्ने हो भने यहाँ आफ्नो लागि आफैँ गर्न सकिने थुप्रै बाटाहरु रहेछन् भन्ने कुरा थाहा पाउँदैछु । म पुरै सफल भईसकेको म मान्दिन । भर्खर ३७ वर्ष भएँ । अझै धेरै गर्न बाँकी नै छ ।

हिँजोको सामान्य गाउँले केटो, आज गाउँ जाँदा भव्य स्वागत
हिँजो त्यही गाउँको एउटा सामान्य ठिटो आज म त्यहाँ जाँदा गाउँलेहरुले गाउँभरि भव्य स्वागत गर्नुहुन्छ । म गाउँको विकासमा पनि सक्रिय छु । गाउँ विकासका काममा लागि परेका विभिन्न संघसंस्थालाई म सकेजति सहयोग गर्नबाट पनि पछि हट्दिन । मैले मेरा होटल र अफिसहरुमा अधिकांश धादीङकै बेरोजगार युवाहरुलाई रोजगारी दिएको छु । उहाँहरुको बुवाआमाले म गाउँ जाँदा निकै आदरसम्मानले मेरो स्वागत गर्नुहुन्छ ।

समाजसेवामा इच्छा
म विभिन्न गैरनाफामूलक संस्था तथा समाजीक संघसंस्थाहरुमा आबद्ध थिएँ । टानको पदाधिकारी पदमै बसेर मैले केही समय काम गरेँ । नेपालमा गएको बैशाखमा गएको विनाशकारी भूकम्पबाट पिडित जनतालाई मैले आफुले सक्रिय भएर त्रिपाल, लत्ताकपडा र केही खानेकुराहरु वितरण गरेँ । म समाजसेवामा पनि सक्रिय रहन चाहान्छु । पैसामात्रै सबै कुरा हैन, यो आवश्यकता हो । तर मानवीयता सबैभन्दा ठूलो कुरा हो । त्यसको लागि समाजसेवा गर्नुपर्छ जस्तो लाग्छ ।

युवालाई मेरो सुझाव –‘नो रिक्स् नो गेन्’
हाम्रो देशमा अवसर र चुनौति बराबरी छन् । हुन त चुनौतिको सामना गर्न सकिएन भने निश्चय नै सफलता हात पार्न सकिदैन । आज दैनिक विदेश पलायन भईरहेका युवालाई म विदेश जाँदै नजानुस भन्न चाहान्न । किनकी सबैको आ–आफ्नो बाध्यताहरु हुन्छन् । तर विदेश गएर तपाईले सिकेका कुराहरु नेपालमा लागु गर्नुस् । तपाई विदेशमा जे काम पनि गर्न तयार हुनुहुन्छ तर नेपालमा चाहिँ कामलाई सानो र ठूलोमा बर्गिकरण गर्नुहुन्छ भने त्यही हो तपाईको प्रगतिको बाधक । ‘नो रिक्स् नो गेन’ भन्ने अंग्रेजी भनाई नै छ, अलिकति जोखीम जेमा पनि मोल्नैपर्छ ।
(साभार : राष्ट्रिय खबर)

Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh

दिल्लीको दाउमा बाुलुवाटारमा बैठक, प्रधानमन्त्रीले रौइकराई गरेपछि मधेसी नेता गइदिने

शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

Monday, August 3, 2015

कुनै काम गर्दै हुनुहुन्छ भने यी बारलाई विशेष ध्यान दिनुस्, तपाईको कुन बार कति घातक ?

बुधबार:     कर्कट राशी लाई घातक हुन्छ  ।
बिहिबार:  तुला कुम्भ राशीलाई घातक हुन्छ।
शुक्रबार:  वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।
शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ  ।

आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।
नेपाली पद्यमा
मेषको रबि  घातै छ, शनि घातक वृषको ।
सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।
सिंह कन्या दुबैलाई शनि  घातक पर्दछ ।
यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।
तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।
धनु लाई उही शुक्र मंगल मकर राशिको ।।
कुम्भका गुरु औ शुक्र मीनका  घातकै परे ।
यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।
– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Saturday, August 1, 2015

फोन गरेर केटालाई घरमा बोलाउथिन् त्यसपछि…

भारत । प्रहरीले शहरको एक यस्तो गिरोहलाई पक्राउ गरेको छ जसले व्ल्याकमेल गरेर रकमको माग गर्दै आएका थिए ।
उक्त गिरोहको ३ सदस्यलाई प्रहरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जसमा एक युवती पनि पक्राउ परेकी छिन् । जानकारीका अनुसार गिरोहले बिजनेशम्यान प्रवीण दांतरेसँग मित्रता कामय गर्दै उनलाई घरमा बोलाइयो । युवतीले बोलाए पछि पुगेका उनलाई युवतीलाई जबरजस्ति गर्न खोजको भन्ने आरोप लगाउदै थप दुई युवा तथा युवतीले फसाउने धम्की दिनै रकम असुल्न खोजे ।
व्यपारीले आफ्ना साथीसँग रकम माग गरे र आफ्नो अवस्था बारे जानकारी दिए । उनका साथीले भने घटनाबारे प्रहरीलाई खवर गरे । प्रहरीले तत्काल कारबाही गर्दे युवती तथा दुई युवालाई नियन्त्रणमा लियो ।
प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरुले अन्य ६ व्यपारीलाई युवतीको प्रयोग गर्दै रकम माग गरेको स्विकार गरेका छन् । प्रहरीे पीडितलाई बोलाउदै ठगी गर्ने विरुद्ध केस दर्ता गर्ने तयारी गरेको छ ।
www.nepalsandesh.com