Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

Sunday, February 28, 2016

अध्यक्षमा जितेपछि विहे गर्दै नविना लामा, को हुन् हुनेवाला श्रीमान ?

काठमाडौं, १७ फागुन । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ नविना लामाले विहेको तयारी गरेकी छिन् ।
भर्खरै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको सर्वाेच्च पद अध्यक्षमा निर्वाचित नविनाले आफ्नो एक अन्तर्वार्ताका क्रममा छिट्टै विहे गर्ने खुलाएकी हुन् ।
उनले भनिन्- ‘बिहे भनेको कुरा मान्छेको नितान्त व्यक्तिगत विषय हो । त्यो निजी जीवनसँग जोडिएको कुरा हो । मेरो आफ्नो व्यक्तिगत स्वतन्त्रताको विषय हो त्यो । केहि समयपछि बिहे गर्ने पक्षमा छु । तर कहिले गर्ने भन्ने मिति चाँहि फाइनल भएको छैन ।’
महासचिव हुँदा संगठनमा सफल कामहरु गरेकी नविनाले अध्यक्षमा निर्वाचित भएपछि थप जिम्मेवारी बढेको भन्दै संगठनलाई नमुना संगठन बनाउने बताइन् ।
को हुन हुनेवाला श्रीमान ?
नविनाका अनुसार उनका हुनेवाला श्रीमान अनेरास्ववियुकै एक जना नेता हुन् । उनको नाम भने खुलाउन मानिनन् । सँगै काम गर्ने क्रममा करिब ३–४ वर्ष पहिला प्रेम बसेको सुनाउँदै उनले परिवारको सहमतिमा प्रेमीसँग विहेको तयारी गरेको बताइन् ।
उनले ‘संगठनको काममा व्यस्त हुनुपर्छ । बाहिर घुमफिर गर्न जाने समय हुँदैन । फेरि पब्लिकली घुम्न जान पनि मिलेन । संगठनको कामकै क्रममा भेटहुन्छ । कुराकानी हुन्छ । त्यही हो डेटिङ हाम्रो त ।’ भन्दै प्रेम सम्बन्धबारे वर्णन गरिन् ।
dainiknepal

Thursday, February 25, 2016

भुवन केसीमाथि २० लाख हिनामिनाको आरोप, धमाधम खोजी

काठमाडौं । लफडाको एउटा नाम हो नायक भुवन केसी । सधैं केही न केही विवादित काम गरी चर्चा र विवादमा छाइरहने उनै केसीमाथि अहिले लाखौं रकम हिनामिनाको आरोप लागेको छ ।
यही फागुन २१ गते रिलिज हुन लागेको चलचित्र ड्रिम्सको प्रर्दशनी रोक्न र भुवन केसीले आफूमाथि अन्याय गरेका कारण न्याय दिलाइदिन माग गर्दै निर्माता रवि बस्नेतले न्यायका लागि अपराध अनुसन्धान महाशाखा, सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्ड गुर्हान पुगेका छन् ।
चलचित्र ड्रिम्सको ३३ प्रतिशत हिस्सेदार बताउने नाफा वरावरी वाड्ने सहमति भएपनि त्यसको उल्लंघन भुवनले गरेको र बैंकमा रहेको रकम अफचलन गरेको आरोप बस्नेतको छ ।
सहकर्मीहरुसँग एकाथरी सम्झौता गरी अर्काेथरी प्रोजेक्टमा खर्चे गरेको र संयुक्त खातामा रहेको रकम अन्य सहकर्मीहरुको विना जानकारी अपचलन गरेको आरोप लगाउँदै उनका सहकर्मीहरु नै केसीविरुद्ध प्रहरी कहाँ पुगेसँगै चलचित्र ‘ड्रिम्स’को मुद्दा पेचिलो बन्न पुगेको छ ।
लफडाको खास कारण
चलचित्र ‘ड्रिम गर्ल’ निर्माण गर्ने विषयमा रवि बस्नेत, सत्य नारायण बस्नेत र काजोल फिल्मस् (प्रा)लिको एउटा सम्झौता भएको थियो । काजोल फिल्म (प्रा)लिका संचालक नायक भुवन केसी हुन ।
२०७१ वैशाख १८ गतेका दिन नेपाली कथानक चलचित्र ड्रिम गर्ल निर्माण गर्ने र मुनाफा पनि ३३ प्रतिशतका दरले वितरण गर्ने सम्झौता भएको थियो ।
चलचित्र छायांकनका क्रममा निर्माताहरु रवि, सत्य नारायण बस्नेत र केसी ३ जनाको नाममा विभोर विकास बैँकमा संयुक्त रुपमा खाता खोलिएको थियो । तर अचानक भुवन केसीले सुपर काजोलको व्यानरमा ड्रिम गर्ललाई परिवर्तन गरी ड्रिम्स नामाकरण गरेसँगै रवि चिडिएका हुन् ।
निर्माता रवि बस्नेतले चलचित्र ड्रिम्सका नाममा १९ लाख ६० हजार रुपैयाँ खर्च गरेको बताएका छन । उनले भुवन केसीका नाममा बीरगञ्जबाट ४ लाख नगद आइएमई मार्फत, पोखराबाट आइएमई मार्फत नै ५० हजार तथा सुटिङ अवधिभरको ४० दिनमा भएको खर्च गरी कुल १९ लाख ६० हजार खर्च भएको दाबी गरेका छन् ।
चलचित्र ड्रिम्सको रिलिज पूर्व नै भुवन केसी पक्राउ परे भने आश्चर्य नमाने हुन्छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र खनालको प्रतिष्ठाको विषय समेत जोडिने हुँदा ड्रिम्सको रिलिज पूर्व नै केसीलाई प्रहरीले समाउन सक्ने बताइन्छ ।
dainiknepal

करिश्माको नजरमा पाँच नायिका

फाल्गुन १४, २०७२- एभरग्रिन एक्ट्रेस हुन्, करिश्मा मानन्धर। उनको अभिनयको जति तारिफ हुन्छ, सुन्दरताको त्योभन्दा बढी। फेसन सेन्स र बौद्धिकता पनि उत्तिकै। यिनै गुणले उनलाई धेरै हिरोइनको रोल मोडल बनाएको छ। मिडियाको नजरबाट बाहिर पर्न दिएको पनि छैन, भलै ‘सोकल्ड’ हिरोइनबाट रिटायर्ड भइसकेकी छन्।

उनको स्पेसमा अरु हिरोइनले इन्ट्री मारिरहेका छन्। भनेपछि नयाँ नायिकाप्रति करिश्माको नजर कस्तो होला? अहिले लाइमलाइटमा रहेका पाँच हिरोइनबारे करिश्मा यसरी खुलिन्।

१. प्रियंका कार्की
मलाई प्रियंका कार्की यस कारण मन पर्छ कि उनी मनैदेखि सफा र अनुशासित छिन्। अमेरिका बसेर होला, पोजेटिभ भाइब्रेसन प्रचुर छ। उनी ब्युटिफुल त लाग्दैन तर उनको आफ्नै खास व्यक्तित्व छ। म आफूलाई राम्रो ड्रेस लगाउँछु जस्तो लाग्छ तर उनमा अझ बढी ड्रेस सेन्स पाउँछु, गुड फिगर प्लस पोइन्ट हो।

मेरो बुझाइमा यो समयकी सबैभन्दा व्यस्त र पैसा कमाउने हिरोइन उनै हुन्। छ एकान छबाट आफूलाई सोझी युवतीको भूमिकामा पनि फिट देखाइन्। अभिनयप्रतिको प्यासन, क्षमता र सफलता हेर्दा प्रियंका लामो समय चम्कने छिन्।

२. नम्रता श्रेष्ठ
जीवनमा धेरै उतारचढाव आउँछन् तर फाइट गर्ने क्षमता कमैसँग हुन्छ, त्यसमा पनि महिला अझ कमजोर हुन्छन्। तर नम्रताले अत्यन्त कठिन परिस्थितिलाई सेफ ल्यान्डिङ गरिन्। उनी बाहिरबाट हेर्दा जति सुन्दर छिन्, भित्र त्यतिकै सशक्त। नम्रताको साहससँग म नतमस्तक हुन्छु। त्यतिको परिपक्व अभिनय भएका कलाकार कमै हुन्छन्।

क्लासिक हेरेपछि मलाई उनी यो वर्षको अवार्डको एक्लो हकदार हुन् भन्ने लागेको छ। हिरोइनलाई उमेरको दायराले छेक्छ, तर नम्रताको अभिनय र सुन्दरताको सामु उमेर पनि हार खान्छ।

३. ऋचा शर्मा
आमनायिकाभन्दा अलग छिन्, ऋचा। उनको लुक्समात्र होइन, सोचाइ र बुझाइ पनि भिन्न छ। ब्ल्याक ब्युटी हुन्, अमेरिकातिर भएको भए यहाँको भन्दा डिमान्ड हुन्थ्यो। सायद मैले सबैभन्दा धेरै फिल्म उनकै हेरेको होला, त्यस आधारमा भन्दा उनी सबै भूमिकामा नसुहाए पनि निश्चित–निश्चित खालका भूमिकामा अब्बलता देखाउन सक्छिन्।

खासगरी यथार्थवादी र चुनौतीपूर्ण भूमिकामा। उमा हेरेपछि त्यस्तै लाग्यो। भिन्न चरित्रमार्फत आफूलाई एक्सपेरिमेन्ट गर्न खोज्छिन्। म उनलाई सभाजा आज्मी, स्मिता पटेलसँग तुलना गर्न रुचाउँछु।

४. केकी अधिकारी
क्युट फेस छ केकीको। पढेलेखेकी छन्, पारिवारिक पृष्ठभूमि पनि फिल्म नै हो। अभिनयप्रति लगाव उस्तै सराहनीय। त्यस्तै अनुशासित र व्यावहारिक। यी भए केकीका अब्बलता। यति हुँदाहुँदै उनको च्वाइस रङ छ। उनले धेरै गलत र आफूलाई जस्टिस गर्न नसक्ने फिल्म खेलिन्।

माई प्रमिस हेर्दा त्यस्तै महसुस भएको थियो। उनले धेरैभन्दा उत्कृष्ट फिल्म खेल्नु जरुरी छ। क्षमता भएर मात्र हुँदैन। सही ठाउँमा सदुपयोग गर्न जान्नुपर्छ। केकीले यतातिर ख्याल गरिन् भने उनको फिल्मी करिअर उज्ज्वल देख्छु।

५. शिल्पा पोखरेल
शिल्पा मलाई आफ्नै छोरीजस्तो लाग्छ। दुई सयभन्दा धेरै म्युजिक भिडियो खेलिसकेकी रहिछन् तर मैले हेरेकै थिइनँ। फागुकी निर्देशक सम्झना उप्रेती रौनियामार्फत उनीसँग परिचित भएकी हुँ। लज्जामा उनको काम हेरेपछि फागुमा अनुबन्ध गरिएको हो।

त्यसपछि उनको हार्ड वर्किङबाट म अत्यन्त प्रभावित भएँ। उनको काम गराइ शैली र इनर्जी हेर्दा मेरा सुरुवातकालीन दिन सम्झन्छु। म पनि यस्तै थिएँ जस्तो लाग्छ। लुक्स नर्मल छ। तर स्क्रिन फेस धेरै आकर्षक। एक्सन र डान्समा पनि अब्बल छिन्।

यही लगाव कायम रह्यो र आफूलाई निखार्दै लगिन् भने उनी नेपाली फिल्मकी भविष्य बन्न सक्छिन्।kantipur.ekantipur



यसकारण सञ्जय दत्तले चार दिनदेखि भातपनि खाएका थिएनन्

शुक्रबार, १४ फागुन
१९९३ काे विस्फाेटमा नजाेड्न अाग्रह
मुम्बई । बिहीबार यरवदा जेलबाट रिहा भएका बलिउड नायक सञ्जय दत्तले आफू १९९३ को विस्फोटमा संलग्न नरहेको भन्दै त्यसमा नजोड्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
अवैध हतियार राखेकोमा दोषी ठहर ५६ वर्षीय सञ्जय दत्त सन् २०१३ मे महिनादेखि जेलमा रहेका थिए । उक्त जेलमा उनले ४२ महिना विताए । सन् २००७÷०८ मा उनले १८ महिना जेलमा विताएका थिए ।
सन् २०१३ मा उनलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो ।
उनले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म आतंकवादी हैन र मिडियाहरुलाई आग्रह गर्न चाहन्छु कि अब १९९३ को विस्फोटसँग मलाई नजोडियोस ।’
उनले आफूले कहिले जेलबाट बाहिर निस्कने र परिवारसँग बस्ने सोचले आफूले पछिल्लो रात नसुतेको र चार दिनदेखि खाना समेत नखाएको बताए ।
उनले जेलबाट छुटेको दिन आफूले सबैभन्दा बढी आफ्ना बाबु सुनील दत्तलाई सम्झिएको पनि बताए । यरबदा जेलबाट बाहिर निस्किने वित्तिकै उनले जमीनलाई ढोगेका थिए ।यसकारण सञ्जय दत्तले चार दिनदेखि भात पनि खाएका थिएनन्
nepalsandesh

फेसबुक र ट्वीटरका सीईओलाई आइएसको धम्की

वासिंटन, फागुन १४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले सोशल नेटवर्किङ्ग साइट फेसबुक र ट्वीटरका प्रमुख कार्यकारी (सिईओ) लाई धम्की दिएको छ ।
बेलायती अखबार इन्डिपेन्डेन्टका अनुसार ट्वीटरले आफ्नो कम्पनीका सिईओलाई आइएसले दिएको धम्की ‘दैनिक जीवनको हिस्सा’ भनेको छ । फेसबुकले भने उक्त धम्कीका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।
समाचार एजेन्सीहरुका अनुसार आइएसको कथित भिडियोमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग र ट्वीटरका कार्यकारी अधिकारी ज्याक डोर्सीलाई ‘आइएस समर्थकहरुको अकाउन्टलाई निशाना बनाइरहने हो भने गम्भीर परिणाम भोग्न तयार रहन’ धम्की दिइएको छ ।
आइएएनएस समाचार एजेन्सीका अनुसार एउटा वेभ पत्रिकाले आफ्नो रिपोर्टमा उक्त भिडियो कथित साइबर सेना ‘सन्स खलिफा आर्मी’ ले अनलाइन पोस्ट गरेको थियो । भिडियोमा जुकरबर्ग र डोर्सीलाई गोली हानेको सांकेतिक तस्वीर छ । (एजेन्सी)
imagekhabar

प्रचण्डले बाबुरामसँग ‘सल्किएको’ भनेपछि करिश्मा आगो, के-के गरिन ?

काठमाडौं । माओवादी जनयुद्धताकाको भूमिगत कालकै बेला कोषौं टाढा पुगेर पनि नायिका करिश्मा मानन्धरको फिल्म हेर्ने गरेको खुलासा गरेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आएर ठीक त्यसको विपरीत कुरा गरेका छन्। तत्कालीन समयमा करिश्माको फिल्म लागेको थाहा पाउनासाथ कोषौं पर गएर पनि उनको फिल्म हेर्ने गरेको कुरा एक भारतीय पत्रिकामार्फत खुलाएका प्रचण्डले हालैको एक कार्यक्रममा आफूले करिश्मालाई मन पराउने गरेको कुराको खण्डन आफैंले गरिदिए ।
ठाउँ र परिस्थितिअनुकूल आफ्ना अभिव्यक्ति बदल्न माहिर प्रचण्डले सोमबार आयोजित एक कार्यक्रममा ठट्यौली शैलीमा भनेका थिए– ‘मेरो बारेमा एउटा कुरा आयो, मैले करिश्मालाई मन पराउँछु भनेर। त्यो साँचो कुरा थिएन। तर, मिडियामा आएपछि आएको आयै नै हुने रहेछ। तपाईंहरु पनि सचेत हुनुहोला’, अभिनेता सरोज खनाल र अशोक शर्मासहित नायिका करिश्मा मानन्धर आफ्नै पार्टी छोडेर नयाँशक्ति नामक पार्टी खोल्ने तयारी गर्न जुटेका डा. बाबुराम भट्टराईको पार्टीमा आबद्ध भएको सन्दर्भलाई लिएर एमाओवादीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा प्रचण्ड भनिरहेका थिए– ‘होइनभन्दा नि नपत्याउने के फेरि⁄ अहिले त सबैले देखे नि बाबुराम पो रहेछन् उनलाई मन पराउने भनेर ।’
आफू बाबुराम भट्टराईको नयाँशक्तिमा गएलगत्तै प्रचण्डबाट आएको यस्तो व्यंग्यात्मक टिप्पणीबाट नायिका करिश्मा मानन्धर भने दुःखी भएकी छिन्। ‘उहाँले भूमिगत कालमा मेरो फिल्म हेर्ने गरेको थाहा हुँदा राजनीति गर्ने ठूला नेताले हरेक क्षेत्रमा मानिसलाई चिन्ने रहेछन्, हरेक क्षेत्रबारे थाहा हुने रहेछ, नोटिस गर्ने गर्दा रहेछन् भनेर मैले प्राउड फिल गरेको थिएँ। मेरो फिल्म हेर्छु भन्नुको अर्थ एउटा नेपाली कलाकारको फिल्म हेर्न उहाँ भूमिगत कालमा पनि लालयित हुनुहुँदो रहेछ जस्तो लागेको थियो’, करिश्माले मंगलबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘तर, त्यही कुरालाई यत्रो समयपछि आएर हाँसोमा उडाएको देख्दा आश्चार्य लागेको छ। मलाई लाग्छ सबैले सबैको अस्तित्व स्वीकार गर्नुपर्छ। उहाँको कमेन्टको भिडियो मैलै पनि हेरें। कसैले डब गरेको हो कि, उहाँ आफैंले बोलेको होइन कि भनेर दोहोर्याई तेहेर्याई हेरें। तर, उहाँले नै बोलेको देखेर खुसी हुन सकिनँ। मानिसले आफ्नो सोच र स्तरअनुसारको विचारधारा लिएर आउनुपर्छ।’
करिश्माले प्रचण्डसँग आफू नजिक नभए पनि राम्रो बोलचाल हुने गरेको बताइन्। ‘कार्यक्रम र सभा समारोहमा भेट हुने हो। भेट्दा राम्रै बोलचाल हुन्थ्यो। लास्ट टाइम विजयकुमार पाण्डेको किताब विमोचनमा भेट भएको थियो। अहिले पनि म उहाँलाई हाइली रेस्पेक्ट गर्छु। तर उहाँ जतिको नेतालाई यसरी जोकमा उडाउने कुरा सुहाउने विषय होइन। उहाँले यसरी मलाई मजाकको विषय बनाउँदा यस्तो मेरो चित्त दुखेको छ’ –करिश्माको भनाइ थियो।
करिश्माले बाबुरामको भिजनका कारण उनको पार्टीमा आबद्ध भएको पनि बताइन्। ‘बाबुरामजी भिजन भएको मान्छे हो। बाबुरामजीप्रतिको मेरो सम्मान सधैं माथिल्लो स्तरको छ। काठमाडौंको सडक ठूलो बनाउने भनेर ३१ सालदेखिको योजना रेछ। तर, उहाँले मात्र त्यो योजनालाई सफल बनाउन सक्नुभयो’, करिश्माको भनाइ थियो– ‘उहाँ प्रधानमन्त्री हुँदै केही गर्न सक्ने मान्छे हो भन्ने मलाई थाहा थियो। त्यसैले म छोरी कवितासँगै फूल लिएर उहाँलाई भेट्न गएको थिएँ। उहाँ मेरो आमाले पनि मन पराउने नेता हो, अहिलेको महिलालले फलो गर्ने नेता हो। उहाँको भिजन ठीक लागेर नै म उहाँको पार्टीमा गएको हुँ।’
करिश्मा यतिखेर आफूद्वारा निर्मित फिल्म फागुको रिलिजमा व्यस्त छिन्। सम्झना रौनियार उप्रेतीद्वारा निर्देशित फिल्मले राम्रो कलेक्सन गरिरहेको छ। (नेपाल समाचारपत्रबाट)
dainiknepal

Wednesday, February 24, 2016

राष्ट्रिय राजमार्गमा १० महिलासँग खेतमा यसरी भयो बलात्कार

मुरथल, १३ फागुन । गत हप्ता हरियाणामा चलेको जाट आन्दोलनका बेला मुरथल हाईवेमा महिलाहरूसँग सामूहिक बलात्कार भएको सनसनीपूर्ण घटना बाहिर आएको छ ।
अंग्रेजी अखबार ‘द ट्रिब्यून’का अनुसार सोनीपत जिल्लास्थित नेशनल हाईवे– १ मा सोमबार बिहान केही सवारी साधन रोकर महिलालाई बाहिर निकाली खेतमा लागेर सामूहिक बलात्कार गरिएको थियो ।
पंजाब र हरियाणा हाईकोर्टको न्यायाधीशले चीफ जस्टिसलाई पत्र लेखेर अखबारमा छापिएको खबरका विषयमा कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् ।
हरियाणा पुलिसले ‘द ट्रिब्यून’को समाचारको खण्डन गरेको छ । पुलिसले हुँदै नभएको घटनालाई पत्रिकाले समाचार बनाएको आरोप लगाएको छ ।
प्रहरीले घटना नभएको जनाए पनि ‘द ट्रिब्यून’ले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै १० महिलालाई खेतमा लगेर सामूहिक बलात्कार गरिएको जनाएको छ । बलात्कारका दोषी र महिलाहरूका विषयमा केही भनिएको छैन ।
ट्रिब्यूनको रिपोर्टअनुसार बलात्कारको विषय महिलाहरूले पारिवारिक समस्या र आफ्नो सम्मानका लागि प्रहरीमा उजुरी नदिएको उल्लेख छ । एजेन्सी
dainiknepal

बलिउड अभिनेता सञ्जय दत्ता आज रिहा हुँदै

पुणे, १३ फागुन । बलिउड अभिनेता सञ्जय दत्त आज (बिहीबार) महाराष्ट्रको यरवदा जेलबाट रिहा हुँदैछन् । भारतीय समयअनुसार सञ्जय दत्त बिहान साढे दस बजे रिहा हुने तयारी गरिएको छ ।
संजय दत्त १२ मार्च, १९९३ को श्रृंखलाबद्ध मुम्बई विस्फोटको विषयमा अवैध हतियार राखेको अपराधमा पाँच वर्षको बचेको कैद सजाय भोग्न जेल गएका थिए । जेलमा राम्रो व्यवहार गरेवफत सञ्जयलाई रिहा हुने समय अगाडि नै छाडिएको हो ।
संजय दत्तलाई मे, २०१३ मा ३ सालका लागि जेल पठाइएको थियो । किन कि उनले ढेड साल हिरासतमा बिताइ सकेका थिए ।
संजय दत्तले राम्रो व्यवहार गरेका कारण ८ महिनाको सजाय कम गरिएको समाचारमा उल्लेख छ । सञ्जय दत्तले जेलमा छ वर्षमा ४ वर्ष ३ महिना १४ दिन मात्रै जेलमा सजाय काटेका छन् ।
संजय दत्त जेलमा सबै औपचारिकता पूरा गरेपछि बिहान १०ः३० बजे रिहा हुने जनाइएको छ । जेलबाट निस्किएपछि सञ्जय दत्त चार्टर्ड फ्लाइटबाट मुम्बई जाने छन् ।
सञ्जय दत्तको स्वागतका लागि उनी पत्नी मान्यता, छोराछोरी र परिवारका अन्य सदस्यहरूले जेलको बाहिर स्वागत गर्ने जनाइएको छ । एजेन्सी
dainiknepal

Tuesday, February 23, 2016

संजय दत्त ४५० भारु लिएर जेल मुक्त हुदैँ

१२ फागुन, एजेन्सी।

पाँच वर्षको जेल सजायँ पश्चात बिहिबार संयज दत्त ४५० भारु कमाइ सहित जेल मुक्त हुँदैछन्।


अर्धदक्ष कामदारको रुपमा जेल भित्र कागजका झोला बनाएर संजय दत्तले ३८,००० भारु कमाएका थिए। तर घर फर्कदाँ संयजले आफ्नो साथमा केवल ४५० भारु लैजाने छन्। बाँकी पैसा जेल भित्रै क्याटिनमा आफुलाई आवश्यक पर्ने कुरा किनेर उनले खर्च गरेका हुन।

संजयलाई अर्धदक्ष कामदारको रुपमा जेल प्रशासनले दैनिक ५० भारु दिने गरेको थियो।जलले दिएको तलबमा उनि २५६ दिन तारिखमा बसेको दिनको कमाइ समावेश गरिएको छैन।

जेल भित्रको एफएममा कार्यक्रम समेत चलाउने गरेका संजयले आफ्ना फिल्मी अनुभव बताउँदै कैदीहरुलाई अपराधिक काम त्याग प्रत्सोहान समेत गर्ने गरेका थिए। आफ्ना तर्क अनि जोक कै कारण कैदीहरु बिच संजय निकै चर्चित समेत बने। यसैबिच राज्य सरकाले भने ‘उच्च जोखिम भएका कैदी’ भएको भन्दै जेलका अधिकारिहरुलाई सजयं जेल मुक्त भएको बारे आधिकारिक जानकारी सार्वजनिक नगर्न आदेश दिएको छ।

सन् १९९३ मा मुम्बइमा भएको बिस्फोटमा २५७ को ज्यान गएको थियो। उच्च अदालतले संयजलाई यो घटना हुनु पूर्व अवैधानिक रुपमा एके-५६ राइफल राखेको र नष्ट गरेको आरोपमा ५ वर्षको जेल संजायँ सुनाएको थियो।

nepaliheadlines

नविनालाई टीका र फूलको गुच्छासहित दीपकको बधाई

काठमाडौं, ११ फागुन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामालाई उनका प्रतिद्वन्दी दीपक गौतमले टीका लगाएर अंकमाल गर्दै बधाई दिएका छन् ।
काठमाडौंमा आज गरिएको नयाँ नेतृत्व घोषणा कार्यक्रममा गौतमले टीका लगाएर फूलको गुच्छा दिँदै कार्यकालको सफलताको कामनासहित लामालाई बधाई दिएका हुन् ।
लामाले प्रतिद्वन्दी गौतमलाई २ सय १६ मत अन्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।
dainiknepal

Monday, February 22, 2016

सलमान खानलाई ज्यान मार्ने धम्की

फाल्गुन ११, २०७२- बलिउड सुपरस्टार सलमान खानको हत्या गर्ने धम्की सहितको टेलिफोन आए पछि मुम्बई प्रहरी अहिले यसको अनुसन्धानमा जुटेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार फेबु्रअरी १६ मा प्रहरी कन्ट्रोल रुपमा सलमानको ज्यान मार्ने धम्कीसहितको फोन आएको थिए । यो फोनपछि अहिले प्रहरीले सलमानको सुरक्षामा पुनरवलोकन र फोनकर्ताको खोजी एकैसाथ थालेको छ ।

पछिल्ला वर्षमा बक्सअफिसमा धमाका गरिरहेका सलमानको नयाँ फिल्म ‘सुल्तान’ अहिले छायाँकनमा छ । फोन कसले गरेको थियो भन्ने प्रहरीले पत्ता लगाएको छैन ।

kantipur.ekantipur.

बिहीबार जेलबाट रिहा हुँदैछन् संजय दत्त, जेल प्रशासनले उनलाई ४४० रुपैयाँ दिने

मुम्बई, फागुन ११ । बलिउड अभिनेता संजय दत्त बिहीबार जेलबाट रिहा हुँदैछन् । उनी सन् १९९३ मा भएको शृंखलाबद्ध विस्फोट मामलामा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतको आदेशअनुसार पाँच वर्षको जेल सजाय भोग्दैछन् ।
यद्यपि उनले पुरै पाँच वर्ष भने जेलमा बिताउनु परेन । उक्त सजाय तोकिनु अघि नै उनले १८ महिना जेलमा बिताइसकेका थिए । बाँकी सजायका हकमा पनि उनले पटक–पटक बिदा लिएर घर–परिवारसँग समय बिताउँदै आएका थिए । त्यस अतिरिक्त जेल सजायको परिभाषाअनुसार प्रत्येक कैदीले महिनामा सात दिन स्वतः सजाय माफी पाउँछ । यस हिसाबले संजयले प्रत्येक वर्ष ८४ दिनको सजाय छुट पाए । कैदीको चालचलन राम्रो पाइएको अवस्थामा प्रत्येक वर्ष जेल प्रशासनले ३० दिनको सजाय माफी दिने प्रावधान पनि छ । संजय दत्तको आचरणमा कुनै गुनासो नआएका कारण उनले उक्त सुविधा पनि पाए ।
यिनै सुविधाका आधारमा संजयले सजायमा छुट पाउँदै बिहीबार रिहा हुने अवसर पाएका हुन् ।
पुणेको यरवदा जेलमा रहेका संजयले जेल प्रशासनबाट रिहा हुने समयमा ४४० रुपैयाँ पाउनेछन् । जेल प्रशासन स्रोतका अनुसार उनले उक्त रकम जेलमा काम गरेबापत पारिश्रमिक पाउने भएका हुन् । कुल पारिश्रमिक मध्ये उनले खर्च गरेर बाँकी रहेको रकम ४४० रुपैयाँ रहेको जेल प्रशासन स्रोतलाई उद्धृत गर्दै केही भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनले जेलमा कागजको झोला बनाउने काम गर्दै आएका छन् । उक्त कामबाट उनले दैनिक ५० रुपैयाँ आर्जन गर्दछन् । यस अतिरिक्त उनी जेल मै आरजे (रेडियो जकी) को भूमिका पनि निर्वाह गर्दै आएका छन् । जेलमा कैदीहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत गीत–संगीत बजाउने गरिन्छ । जसमा संजयले रेडियो जकीको भूमिका निर्वाह गर्दै आएका हुन् ।
imagekhabar

करिश्मा, राजेश हमाल र गौरी मल्ल सुपर फ्लप !

काठमाडौँ । यस साता प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रले आशा गरेअनुरुप सफलता प्राप्त सकिरहेका छैनन् ।
शुक्रबारदेखि राजधानीमा ‘को आफ्नो’, ‘फागु’ र ‘द सोल्जर’ नामक चलचित्र प्रदर्शनीमा रहेका छन् । ‘को आफ्नो’ एउटा कलात्मक चलचित्र हो । यसमा ऋचा शर्माको कुरुप महिलाको चरित्रको भुमिका छ ।
त्यस्तै, ‘द सोल्जर’ जङ्गल यात्रामा आधारित भिडियो चलचित्र हो । यसमा हात्ती हिँडेको समयमा लिइएका खतरनाक दृश्य देखाइएको छ । हालसम्मको प्रदर्शन हेर्दा यी दुवै चलचित्र ‘सुपर फ्लपको श्रेणीमा परेको वितरक गोपाल कायस्थको वताउनुहुन्छ । उहाँ भनुहुन्छ, “यी चलचित्रको लगानी उठ्नु त परको कुरा भयो, सामान्य व्यापारसमेत भएको छैन ।”
त्यसैगरी ‘बाबुसाहेव’पछि करिष्मा मानन्धरको ‘कमव्याक’को रुपमा आएको चलचित्र ‘फागु’मा तराईकी महिलाको कथा छ । यसमा शिल्पा पोखरेलले प्रमुख भुमिका निभाएकी छिन् । फागु पूर्णिमामा लक्षित गरेर आएको करिष्माको महत्वाकांक्षी उक्त चलचित्रले पनि औसत् मात्र व्यापार गर्न सकेको वितरक कायस्थको भनाइ छ ।
अनिल थापाको लेखन तथा निर्देशनमा बनेको ‘को आफ्नो’मा ऋचासँगै राजन खतिवडा, सुवास थापा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै, महेन्द्र बज्राचार्यको निर्माण तथा बिएस बलामीको निर्देशनमा बनेको चलचित्र ‘द सोल्जर’मा दिवस उप्रेती, सुलेमान शङ्कर, जेनिशा केसी, सुनिल थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी करिष्माको निर्माण तथा सम्झना उप्रेती रौतियारको निर्देशनमा तयार भएको चलचित्र ‘फागु’मा शिल्पासँगै राजेश हमाल, गौरी मल्लजस्ता हस्ती पनि चलचित्रमा देख्न सकिन्छ । रासस
dainiknepal

Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh

दिल्लीको दाउमा बाुलुवाटारमा बैठक, प्रधानमन्त्रीले रौइकराई गरेपछि मधेसी नेता गइदिने

शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

Tuesday, August 4, 2015

धेरै महंगी भइन सन्नी लियोन, उनको भाउले सबै झस्किए

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउड क्षेत्रमा पनि निकै चर्चितै छिन् । विभिन्न हर्कत बाट उनि चर्चामा आइ रहेकी हुन्छिन । हालै मात्र अर्को खबर बाट उनि चर्चाको विषय बनेकी छिन् । हो, सन्नी लियोनले आफ्नो पारिश्रमीक धेरैनै बढाएकी छिन् ।
उनले एक बिज्ञापनको लागि मागेको पारिश्रमीक बलिउडका ‘ए’ लेवलमा रहेका स्टारहरुले मात्र लिने गरेका छन् । बताईए अनुसार उनले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनमा अभिनय गरे बापत आठ करोड रुपैँया पारिश्रमिक लिएकी छिन् । सन्नीले एउटा बिज्ञापनको लागि आठ करोड रुपैँयाको लिएपछि तीनछक पर्नेहरु थुप्रै छन् । उनले एक दिनको दुई करोडको हिसाबले पैसा मागेकी हुन् । उक्त विज्ञापनको उनले चार दिनमा सुटिङ सकाईन् । सन्नी लियोनले गिनी एम एम एस २, एक पहेली लिला, कुछ कुछ लोछा है जस्ता थुप्रै बलिउडका फ्लिमहरुमा अबिनाया गरिसकेकी छिन् । www.etajakhabar.com