Showing posts with label Rochak-Bichitra. Show all posts
Showing posts with label Rochak-Bichitra. Show all posts

Thursday, February 25, 2016

बीबीसीमै ४० वर्षसम्म यौन दुर्व्यवहार गुपचुप

फाल्गुन १४, २०७२- चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुर्व्यवहारबारे बीबीसीका कर्मचारीहरू विज्ञ भए पनि ‘डर’ का कारण शीर्ष व्यवस्थापनलाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानविनका क्रममा सेभिलबाट यौन दुर्व्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन् । जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो ।

डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुर्व्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन् । उनको त्यस्तो व्यवहारबारे पनि बीबीसी व्यवस्थापन जानकार थियो ।

बीबीसी ट्रस्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरूको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन् । ‘यसले ध्यानै दिएनछ, जब कि राम्ररी हेर्नुपर्थ्यो। जसले यसमाथि विश्वास गरे उसैको रक्षा गर्न सकेन,’ उनले सेभिल र हलको दुर्व्यवहार काण्डबारे भने । १३ जना किशोरीमाथि यौनआक्रमण गरेको स्वीकार गरेपछि हल सन् २०१३ मा जेल चलान भएका थिए ।

पूर्वन्यायाधीश जेनेटका अनुसार सन् २०११ मा मरेका सेभिल र हाल जेल जीवन बिताइरहेका हल ‘सिरियल सेक्सुअल प्रिडेटर’ हुन् । उनीहरूको यस्तो रबैया रोक्ने ५ वटा अवसर बीबीसीले फुत्काउन पुग्यो ।

बीबीसीले अनुसन्धानका लागि ६५ लाख पाउन्ड खर्च गरेको थियो । यसको प्रतिवेदनमा हजार पाना छन् । तीनवटा भोलुममा छ ।

यसैबीच, बीबीसीकै अर्का प्रस्तोता टोनी ब्ल्याकवर्नले आफूविरुद्धको आरोपको खण्डन गरेका कारण आफूलाई बर्खास्त गरिएको दाबी गरेका छन् । रेडियो टुका प्रस्तोता उनले आफूलाई सफाइ मिलेको, एक १५ वर्षे किशोरीमाथि दुर्व्यवहार गर्नेमध्येको भनेर आफूलाई कहिल्यै सोधपुछ नभएको बताएका छन् । बीबीसीका महानिर्देशक टोनी हलले पीडितहरूसँग माफी माग्दै भनेका छन्, ‘हामीले रक्षा गर्नुपर्नेमा सकेनौं ।’

‘एउटा शृंखलाबद्ध बलात्कारी र यौन दुर्व्यवहारकर्ता दशकौंसम्म बीबीसीभित्र लुकेर बस्न सक्यो,’ उनले भने, ‘यो आततायी अध्यायले के भन्छ भने प्रसिद्धि भनेको शक्ति हो, एकदमै बलियो शक्ति । अन्य सबै शक्तिजस्तै त्यसलाई पनि उत्तरदायी बनाइनुपथ्र्यो, जुन भएन ।’

‘राक्षसी व्यवहार’
बीबीसीले सन् २०१२ मा सेभिल कार्यरत सन् १९६४ देखि २००७ सम्मको अवधिमा संस्थाभित्रको संस्कृति र अभ्यासबारे निष्पक्ष छानविन गर्न डेम जेनेटलाई जिम्मा दिएको थियो । सेभिल र हलप्रति लक्षित गर्दै जेनेटले भनेकी छन्, ‘यी दुवै पुरुषले बीबीसी सेलिब्रेटीका रूपमा आफ्नो प्रसिद्धि र ओहोदालाई संवेदनशीलहरूको शोषण गर्न दुरुपयोग गरे । यस्तो राक्षसी व्यवहारका लागि उनीहरूको भत्र्सना गरिनुपर्छ ।’

डेम जेनेटका अनुसार गुटबन्दी, प्रतिस्पर्धा र शत्रुताको संस्कृति बीबीसीका विभिन्न विभागमा रहेकाले एकातिर उठेका सरोकार अर्कातिर वास्ता गरिनन्थे । ‘कर्मचारीहरू आफ्ना म्यानेजरहरूसँग कुरा गर्न रुचाउँदैनथे किनकि त्यहाँ उनीहरूले अपनत्व महसुस गर्दैनथे ।’ डेम जेनेटका अनुसार सेलिब्रेटीहरूलाई अत्यन्तै विशेष मानिन्थ्यो र कोही नजिक पर्ने अवस्था हुन्थेन ।

जिमी सेभिललाई उनको जीवनकालभर अधिकांश मानिसले सन्काहा टीभी व्यक्तित्वका रूपमा चिनेका थिए । उनी बेलायतका ठूला स्टारमा गनिन्थे । उनका ‘टप अफ द पप्स’ र ‘जिम विल फिक्स इट’ नामक टीभी कार्यक्रम निकै चर्चित रहे ।

उनले बीबीसी रेडियो १ मा पनि कार्यक्रम चलाए । उनले परोपकारी प्रयोजनका लागि ४० करोड पाउन्ड उठाएर आफ्नो सन्तीय पाटोसमेत बनाउन खोजेको थिए ।

सन् २०११ मा उनको मृत्यु भयो । एक वर्षपछि उनीविरुद्धको आरोपहरू बाहिर आउन थालेका हुन् । उनलाई वास्तवमा बेलायतकै एकदमै बहुमुखी यौन आक्रमणकारीका रूपमा चिनिन थालिएको छ । उनले सयौं मानिस–केटा, केटी, महिला, पुरुष, खास गरी काँचा र कलिला किशोरीहरूमाथि शोषण गर्न आफ्नो हैसियतको दुरुपयोग गरे ।

डेम जेनेटले यौनआक्रमणका दर्जनौं घटनालाई लिएर छानविनका क्रममा ७ सय जनाभन्दा बढी मानिससँग प्रमाण संकलन गरेकी थिइन् । स्टुडियोबाट किशोरीहरूलाई सीधै घर लिएर गएको आरोपमा सेभिललाई सोधपुछ गर्ने दुई बीबीसी म्यानेजर पनि त्यसमा छन् ।

बीबीसीका सञ्चार संवाददाता डेभिड सिलिटोले सिनियर म्यानेजरहरू सेभिलको रबैयाबारे जानकार थिए/थिएनन् र कतिचाहिँ हल्ला मात्र हो भनेर ठहर गर्नु नै उक्त छानविनको मुख्य उद्देश्य थियो । सेभिलले सयौं वयस्क र बालबालिकालाई यौनदुर्व्यवहार गरेका थिए ।

उनले टेलिभिजन ड्रेसिङ रुमभित्रै बलात्कार गरेका घटनासमेत पर्दाफास भए । त्यसैगरी हस्पिटल, स्कुल, बालगृह र आफ्नै गाडीमा समेत सेभिलले यस्तो हर्कत गरेका थिए । सन् १९४० को मध्यदेखि नै सेभिलले यस्तो रबैया थालेको विश्वास गरिन्छ । जतिबेला उनी प्रारम्भिक युवाकालमै थिए । उनको यो उपक्रम सन् २००९ सम्मै चल्यो ।

जेनेट प्रतिवेदनका
मुख्य बुँदा :

    सेभिलले बीबीसीमा कार्यरत रहँदा ८ जनालाई बलात्कार गरे । एकमाथि बलात्कार प्रयास गरे । अरूमाथि आक्रमण गरे ।
    धेरैजसो घटना ७० को दशकमा भएका हुन् ।
    सेभिलले ‘टप अफ द पप्स’ नामक कार्यक्रम चलाउँदाताका यस्तो हर्कत बढी  गरेका  हुन् ।
    सेभिलले ८ वर्षीया बालिकालाई समेत दुर्व्यवहार गरे ।
    ८ जनाबाट अनौपचारिक रूपमा सिकायत भएको थियो ।
    स्टुवार्ट हलको रबैयाबारे जानकार भए पनि कुनै कारबाही नगरेकामा दुई वरिष्ठ व्यवस्थापकको आलोचन गरिएको छ ।

kantipur.ekantipur

Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh

दिल्लीको दाउमा बाुलुवाटारमा बैठक, प्रधानमन्त्रीले रौइकराई गरेपछि मधेसी नेता गइदिने

शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal