Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts

Monday, February 29, 2016

नेपाल टेलिकमबाट ग्राहक ठगिए

परासी: इन्टरनेट सञ्चालनका लागि प्रिपेड मोबाइलबाट डाटा प्याकेज लिएका ग्राहकले नेपाल टेलिकमबाट ठगिएको गुनासो गरेका छन्।

प्रिपेडबाट विभिन्न साइजमा जीएसम डाटा लिएका ग्राहकले इन्टरनेट चलाउँदा मेन ब्यालेन्सबाट रकम काट्ने गरेको गुनासो बढेको हो।

सेवा लिदा सुरुमा ब्यालेन्सबाट रकम कट्टा गर्ने गरिएको छ। तर, इन्टरनेट चलाउँदा डाटाबाट नभइ मेन व्यालेन्सबाट रकम काटेको भन्दै टेलिकमका कार्यालय परासी र भैरहवा शाखामा ग्राहकको गुनासो दिनहुँ बढ्दो छ।

नेपाल टेलिकमले दुई दिनदेखि ६ महिनासम्मको आठ रुपैयाँदेखि दुई हजार आठ सयसम्मको डाटा उपलव्ध गराउँदै आएको छ। जसमा १० एमबीदेखि १० जीबीसम्मको डाटा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

एक सय ४६ रुपैयाँ ९० पैसामा दुई सय एमबीको डाटा लिएका परासीका संगित शर्माले सेवा लिएपछि डाटा एक्टिभ भएको मोबाइलमा म्यासेज आएपनि इन्टरनेट चलाउँदा मेन व्यालेन्सबाट रकम काटेको बताए।

प्रिपेड मोबाइलमा डाटा लिन चाहाने ग्राहकलाई नेपाल टेलिकमले म्यासेज बक्समा डाटा टाईप गरी १४१५ मा म्यासेज पठाएपछि इन्टरनेट सुविधाको व्यवस्था गरेको छ। त्यसरी सेवा लिएका ग्राहक गुनासो लिएर आउने गरेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय परासी शाखाकी खरिदार रिता रामदामले बताइन्।

त्यसबारे भैरहवा क्षेत्रीय कार्यालयमा सम्पर्क गर्दा प्रिपेड मोबाइलमा त्यस्तो समस्या आएको बताउने गरेको रामदामले जानकारी दिइन्।नेपाल टेलिकम भैरहवा शाखाका प्राविधिक भरत शर्माले समस्या लिएर ग्राहकहरु आउने गरेकाले केन्द्रीय कार्यालयमा जानकारी दिइएको बताए।

'नयाँ सेवा भएकाले समस्या देखिएको हो, त्यसका लागि केन्द्रले नै प्राविधिक सुधार गर्नु पर्छ।' शर्माले भने।
annapurnapost

Saturday, December 5, 2015

मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी

शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh

मधेसी नेता दिल्ली जानुको रहस्य खुल्यो, खास कारण चाँहि यस्तो पो रहेछ

शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh

नेपालकै आडमा चीनले दियो भारतलाई अर्को धक्का, टिमुरे बन्नेभो नेपालको लाइफलाइन

शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh

आक्रोशित प्रधानमन्त्री ओलीले भने–त्यस्ताको पनि आयु लामो हुन्छ ? कसरी मर्छ हेर्नुस्

शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh

दिल्लीको दाउमा बाुलुवाटारमा बैठक, प्रधानमन्त्रीले रौइकराई गरेपछि मधेसी नेता गइदिने

शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh

Friday, December 4, 2015

भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

Sunday, August 2, 2015

प्रेममा धोका खाँदा किन पागल हुन्छ मानिस ?

बोनिस कोईराला

के तपाईँले प्रेममा धोका पाउनुभएको छ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। यस्तो बेलामा मुटु दुख्या जस्तो हुनु र पागल जस्तो व्यवहार गर्नु सामान्य हो।

यो दुखःले तपाईँलाई केहि क्षणमा नै आफ्नो धोकेबाज प्रियलाई सयवटा मेसेज पठाउने जाँगर दिन्छ।  कसैलाई रक्सीको लत लाग्छ भने कसैले आफ्नो दैनिक क्रियाकलापमा राम्ररी ध्यान दिन सक्दैनन्। किनभने यस्तो क्षणमा आफ्नो सबैभन्दा प्रिय मानिस नहुँदा कसैको अथवा केहि कुराको वास्ता हुँदैन।

यस्तो व्यवहार मानिसमा उत्पन्न हुनु कुनै असामान्य कुरा हैन। विज्ञानको हिसाबले पनि यस्तो क्षणमा मानिसमा  हुने  व्यवहारको कारण छ। यस्तो व्यवहारसँग मानिसको शरिरमा हुने हर्मोनहरुको पनि मुख्य भुमिका छ। आश्चर्यको कुरा के हो भन्दा यिी हर्मोनहरु तिनै हुन् जस्ले प्रेम परेको बेला मानिसलाई खुसि  महसुस गराउछ।

कसरी प्रेम बिछोडले मानिसको शरिरको हर्मोन सन्तुलनमा फरक ल्याउछ त? भर्खरै बिछोड भएकाहरुको दिमागी भागमा हुने गतिविधी समान्य हुदैनन् भन्ने कुरा एमआरआई स्क्यानहरुबाट थाहा पाउन सकिन्छ। यसले गर्दा मानिसले शारिरिक दुखाई पनि महसुस हुन्छ। यस्तो बेलामा शरिरले स्ट्रेश र अड्रनलिन हर्मोनहरु सक्रिय गर्छ जसले साँस फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र मुटुको क्षेत्रको मांसपेशीहरु कमजोर हुने गर्छ। यसतो अवस्थालाई चिकित्सकहरुले ताकोत्सुबो कार्डियोमायोप्याथि नाम दिएका छन् र यो अवस्था कहिलेकाहि खतराजनक पनि हुन सक्छ

यो बेलामा यि हर्मोनहरु मात्र सक्रिय हुदैनन्। २०१०मा गरिएको एक अनुसन्धानमा भर्खरै बिछोड भएका १० महिला र ५ परुषहरुको एमआरआई स्क्यान गरिएको थियो। यि मानिसहरु भर्खरै बछोड भएपनि आफ्नो प्रेमि वा प्रेमिकासँग अझै माया गरिरहेका थिए। यो अनुसन्धानको निश्कर्ष आश्चर्यजनक थियो। यि मानिसहरुको दिमागी गतिविधि कुनै लागूपदार्थको सेवन गर्ने मानिससँग धेरै मिल्दोजुल्दो थियो। यसैकारण भनिएको होला कसैको प्रेममा फस्नु लागूपदार्थको नसामा धुत हुनु जस्तो हुन्छ।

कसैलाई प्रेम गरेको बेला दिमागको ‘रिवार्ड न्युरोन’हरु सक्रिय हुन्छन् जस्ले शरिरमा डोपामाइन हर्मोनहरु सक्रिय गर्छ। डोपामाइनले दिमागलाई चाहिएको भन्दा बढि खोज्ने उत्सुकता दिन्छ जसले गर्दा तपाईँ पुरै दिन आफ्नो प्रेमिसँग समय बिताएपनि छुट्ने बेलामा साथ छोड्न मान्नुहुन्न। प्रेम सम्बन्धमा रहेको बेला दिमागको ढाँचा अझ स्थिर हुन्छ र आफ्नो प्रेमि सँगै भएको बेला डोपामाइन निरन्तर सक्रिय भइरहेको हुन्छ।

यसकारण अचानक प्रेमिले धोका दिएपछि डोपामाइनको मात्रा अत्याधिक हुन जान्छ जसले दिमागी सन्तुलन खलबलाउछ। ‘रिवार्ड न्युरोन’को यो प्रणाली दिमागको मुख्य भागहरुमध्ये रहेकोले यसले हाम्रो शरिरमा भोक, प्यास जसतो चेतनहरु पनि जगाँउछ। यसकारण धोका पाएका व्यक्तिहरुमा असामान्य व्यवहार उत्पन्न हुन्छ।

तर चिन्ता नगर्नुहोस, यसतो व्यवहार केहि पलको लागि मात्र रहन्छ। समयसँग दिमागले आफ्नो गतिविधिहरु आफै मिलाउछ। एक अनुसन्धान अनुसार मानिसको दिमागी सन्तुलन सामान्य हुन अथवा बिछोडको पिडा हटाएर अगाडि हेर्न मानिसलाई औसत ३ महिना जति लाग्छ। मानिसको दिमाग स्वाभाविक रुपले अगाडिको सोच्ने प्रवृत्तिको हुन्छ। बिछोडले परेको शारिरिक दर्दबाट छुट्कारा पाउन प्यारासिटामोल लिँदा हुन्छ। तर सबै दुखः भुलाउन आफ्नो मनको कुराहरु मिल्ने साथीहरुलाई भन्नु सबैभन्दा उपयुक्त हुन्छ।

Saturday, August 1, 2015

फेसबुक चलाउदा यस्ता कुराहरुमा विषेस ध्यान पुर्याउनुहोस

फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् । केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् । नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।

पासवर्ड बाढ्ने काम नगर्नुहोस :
आफ्नो फेसबुकको पासवर्ड सधै गोप्य राख्नु पर्छ। कसैल्ले पनि तपाई संग फेसबुकको पासवर्ड मागेमा नदिनुहोला ।पासवर्ड कै कारणले गर्दा धेरै मानिसहरुले ठुलो समस्या झेल्नु परेको हुन्छ । त्यसैल्ले आफ्नो फेसबुकको पासवर्ड सधै गोप्य राख्नुहोस ।

जोशमा होश नगुमाउनुस् :
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।

नक्कली अकाण्टबाट बँच्नुस् :
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।

अनावश्यक लिंकहरु क्लिक नगर्नुहोस :
आजकल फेसबुक ह्याकरहरुले फेसबुकमा अनावश्यक लिंक हरु फैल्याई रहेका हुन्छन ।यस्ता लिंक हरुलाई झुक्किएर पनि क्लिक गर्नुहुदैन ।यस्ता लिंक हरुमा क्लिक गर्नाले तपाइको फेसबुक अकाउन्ट ह्याक हुन पनि सक्छ ।त्यसैले सधै यस्ता लिंकहरु बाट टाढा रहनुहोस ।
जनचेतनाका लागि साभार गरिएको

Friday, July 31, 2015

पृथ्वीमा जमिन भासिएर पानी पानी हुन सक्ने बैज्ञानिक चेतावनी

 काठमाडौं ।

पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् । पृथ्वीमा महाद्वीपीय परतहरु पातलो बन्दै गएको र दीर्घकालमा यी परतहरु पुरै पानीमा डुब्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पानी मात्र हुनेछ ।

‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।
यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।

Thursday, July 30, 2015

अरुले फेसबुकबाट तपाइँलाई हटाएको जानकारी दिने एप

 फेसबुकका प्रयोगकर्ताहरुलाई खुसीको खवर छ । अव तपाइँको फ्रेण्डलिष्टमा रहेकाहरु एकाएक हराए भने त्यसको रहस्य थाहा हुने भएको छ । फेसबुकले नयाँ एप लञ्च गर्दै तपाइँलाई फेसबुकबाट कसले हटायो थाहा दिने सुविधा दिएको छ ।
फेसबुकले लञ्च गरेको यो एपले तपाइँलाई अरुले फेसबुकबाट हटाएको जानकारी दिन्छ । ‘हू डिलिटेड मी अन फेसबुक’ नामक यो एप आईओएस र एण्ड्ररोइड दुवै फोनमा काम गर्छ ।


ट्वीटरमा पनि हु अनफलोड मी भन्ने फिचर छ जसमा तपाइँलाई कसले हटायो भन्ने थाहा हुन्छ ।

फेसबुकको यो एपले तपाइँलाई यस अघि हटाएका साथीको बारेमा भने जानकारी दिँदैन । यो डाउनलोड भएपछि हटाएकाहरुको विषयमा भने यसले सबै जानकारी दिन्छ ।

यसले तपाइँका नयाँ साथीको बारेमा र तपाइँलाई ब्लक गरेका साथीको बारेमा समेत जानकारी दिन्छ ।

यो एप सोसल नेटवर्किङ साइटमा उपलब्ध भएपनि गत एप्रिल महिना देखि नियम भने बदलिएको छ ।

Wednesday, July 29, 2015

विन्डाेज १० अाजबाट रिलीज, यस्ता छन् नयाँ विशेषता

विश्वको चर्चित कम्पनि माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज १०’ बुधबारबाट विश्वका १९० देशमाहरुमा रिलिज गरेको छ। विन्डोज १० सबैभन्दा पहिला कम्प्युटर त्यसपछि ट्याबलेट र अन्त्यमा स्मार्टफोनको लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ। लामो समयदेखि चर्चामा रहेको विन्डोज १० लाई विन्डोज ७ र विन्डोज ८ का उत्कृष्ट विशेषताहरु मा अझ सुधार ल्याई तयार पारिएको छ। आजका दिनदेखि ‘विन्डोज १०’ लाई १ वर्षसम्मका लागि निःशुल्क अपग्रेड गर्ने सुविधा दिइएको छ। विश्वभरीका १९० देशमा यो सुविधा दिइएको बताइएको छ।
१ वर्ष पछि भने ‘विन्डोज १०’ अपग्रेड गर्नेका लागि ११९ डलरमा किन्नु पर्ने हुन्छ। यस्ता छन् ‘विन्डोज १०’का नयाँ विशेषताहरुः – विन्डोज १० को मुख्य विशेषता कोर्टाना रहेको छ । यस सुविधा मार्फत भ्वाइस कमान्डका मदतले प्रयोगकर्ताहरु आफ्नो कम्प्युटरलाई चलाउन सक्नेछन्। – विन्डोज १० मा स्टार्ट मेनु बटन देख्न पाइनेछ जसलाई विन्डोज ८ मा हटाइएको थियो । – विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ। – विन्डोज १० मा नया ब्राउजर राखिएको छ, जसको नाम ‘एज’ छ। ‘एज’ ब्राउजर विन्डोज एक्सप्लोरर भन्दा धेरै फास्ट हुने छ ।नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न पनि सकिनेछ।

Saturday, July 25, 2015

प्लुटोको वायुमण्डल पातलिँदै, तस्विर हेरेर वैज्ञानिक रोए

-कुशल श्रेष्ठ

शुक्रवार नासामा भएको पत्रकार सम्मेलनमा गत दुई वर्ष यता प्लुटोको वायुमण्डलको तौल आधा भन्दा बढी घटेको तथ्यको खुलासा गरेको थियो।

न्यू होराइजन्स अनुसन्धान समूहका सदस्य ‘माइकल समर्स’ भन्छन्, “वायुमण्डल वैज्ञानिकहरूको लागि यो एकदम आश्चर्यजनक खबर हो। यसले त्यहाँ केहि न केहि भइरहेको छ भन्ने जनाउँदछ।”

प्लुटो ग्रह आफ्नो अर्बिटमा घुम्दा सन् १९८९मा सूर्यबाट सबैभन्दा नजिक पुगेको थियो। यसैबाट वैज्ञानिकहरूले के आशा गरेका थिए भन्दा ‘जब प्लुटो आफ्नो दीर्घवृत्ताकार अर्बिटमा सूर्यबाट टाढिँदै जान्छ, तब यसको तापक्रम घट्दै जान्छ अनि यसको वायुमण्डलमा भएको नाइट्रोजन बिस्तारै जम्दै जान्छ र अन्ततः बिलाएर जान्छ।’

यहि तथ्यले गर्दा नै नासाका वैज्ञानिकहरूले प्लुटोमा ‘न्यू होराइजन्स’लाई सकेसम्म चाँढै पठाएका हुन्। मूख्य अनुसन्धानकर्ता ‘एलन स्टर्न’ भन्छन्, “हामी त्यहाँ खोज गर्नको लागि वायुमण्डल सिद्धिनुभन्दा अगाडि नै पुग्न चाहन्थ्यौँ।”

पृथ्वीका खगोलविदहरूले प्लुटोको वायुमण्डलको झलक देख्न सफल भएकोका छन। जब प्लुटो कुनै उज्यालो ताराको अगाडि जान्छ अनि उक्त ताराको प्रकाशलाई प्लुटोले बिस्तारै ढाक्दछ, तब वायुमण्डलमा भएका अणुहरूले ताराको प्रकाशलाई प्रतिबिम्बित गर्दछ। यस प्रक्रियाबाट वैज्ञानिकहरूले प्लुटोको वायुमण्डललाई देख्न सकेका हुन्।

यसरी अनुसन्धान गर्दा पहिले वैज्ञानिकहरूले पछिल्लो २६ वर्षमा वायुमण्डलको आकार बढेको पाएका थिए र धेरै वैज्ञानिकहरूले आफ्नो विचारलाई परिवर्तन पनि गरिसकेका थिए। सुर्यको  एक फन्को मार्नको लागि २४८ वर्ष लगाउने प्लुटोको वायुमण्डल त्यसरी नै बढ्दै जान्छ भन्ने वैज्ञानिकहरूको धारणा थियो।

तर अहिले त्यो धारणा फेरी परिवर्तन भएको छ। पृथ्वीबाट पठाइएको रेडियो सिग्नलले प्लुटोको वायुमण्डललाई छुँदा भएको प्रक्रियालाई बुझेर न्यू होराइजन्सले उक्त वायुमण्डलको तस्विर खिच्न सफल भएको थियो।Pluto

अहिले नयाँ मापनको अनुसार न्यू होराइजन्स प्लुटोमा पुग्ने बेलाबाट नै यसको वायुमण्डलमा यस्तो परिवर्तन देखिएको कुरा पत्ता लागेको छ। एलन स्टर्न भन्छन्, “यो अति नै रोचक संयोग भएको छ र यहाँ यस्ता पनि वैज्ञानिकहरू छन् जसले ‘मैले त पहिल्यै भनेको थिएँ’ भनिरहेका पनि छन्।”

“वायुमण्डल टुक्रिँदै गइरहेको भएपनि प्लुटोको रात्री भागबाट तस्विर लिँदा धमिलो देखिएको छ। सो तस्विरमा सूर्यको धमिलो किरणले प्लुटोलाई घेरेको देख्दा वायुमण्डलीय वैज्ञानिकहरूको आँखामा झन्डै आँसु आइसकेको थियो।”‍- डा. समर्स भन्छन्। सूर्यको प्रकाशलाई वायुमण्डलमा भएका साना साना अणुहरूले जमीनबाट करीब १०० माइलको उचाईमा फैलाइरहेको तस्विर देखाउँदै डा. समर्सले त्यसो भनेका थिए। “प्लुटोको वायुमण्डलमा यो हाम्रो पहिलो दृष्टि हो।”, उनले भने।

Friday, July 24, 2015

मोबाइलको ब्याट्रीबारे तपाइँले थाहा पाउनै पर्ने ६ कुरा

स्मार्टफोन मानिसको दैनिकी बनिसकेको छ । हरेक मानिसको हात हातमा स्मार्टफोन देखिन्छ । तर स्मार्टफोन चलाउनेहरुको एउटै गुनासो सँधै ब्याट्री सकिने समस्या हो ।

स्मार्टफोनको ब्याट्री किन सकिन्छ यति छिटो ? यसका विषयमा धेरै मानिसले धेरै थरीकुरा गर्छन् । यहाँ स्मार्टफ बोक्नेहरुले मोबाइलको ब्याट्रीबारेका ६ थाहा पाउनै पर्ने कुराको चर्चा गरिएको छ ।

१ रातभरी मोबाइल चार्ज

हामीले सुनेका छौं रातभरी मोबाइल चार्ज गरेर राख्दा ब्याट्रिको लाइफ कम हुन्छ । तर बास्तविकता यो होइन । रातभरी चार्ज गरेपनि ब्याट्रीको लाइफ घट्दैन । बरु ब्याट्रीको लाइफ बढाउन मोबाइल कम्तिमा ८० प्रतिशत चार्ज गरेको राम्रो हुन्छ । चार्ज भएपछि मोबाइलमा आफै करेन्ट बन्द हुने प्रणाली समेत हुन्छ ।

२ लोकल चार्जर खतरनाक
हामीले सुनेका छौं स्मार्टफोन जुन पायो त्यही चार्जरमा चार्ज गर्नु हुँदैन । यसले व्याट्री पड्किने खतरा हुन्छ । तर यो वास्तविकता होइन । कुनै पनि काम गर्ने चार्जरमा मोबाइल चार्ज गर्नु खतरा हुँदैन ।

३ चार्ज गर्दै कुरा गर्ने

मोबाइल चार्ज गर्दै कुरा गर्नु खतरनाक हुन्छ भन्ने हामीले धेरै सुनेका छौं । तर खासमा चार्जमा राखेर पनि मोबाइलमा कुरा गर्नु कुनै कुरा हुँदैन ।

४ स्वीच अफ र अन गरिरहँदा

फोन स्वीच अन र अफ गरिरह्यो भने ब्याट्रीको लाइफमा असर गर्छ भन्ने कुरा पनि गलत हो । खासमा निश्चित समयपछि ब्याट्री कम हुदै जान्छ यो स्वभाविक कुरा हो । अन अर अफले ब्याट्रीको लाइफमा कुनै असर गर्दैन ।

५ एप्सको भ्रम
कतिपय एप्सले ब्याट्री बढाउने दावी गर्छन् । तर यो गलत कुरा हो । कुनै पनि एप्सले ब्याट्रीको चार्ज बढाउन सक्दैन ।

६ ब्याट्री चिस्याउने भ्रम

कतिपय ब्यक्तिलाई ब्याट्रीलाई चिसो पार्‍यो भने बढी समय टिक्छ तात्यो भने घट्छ भन्ने भ्रम छ । तर यो सत्य होइन । फ्रिजमै राखे पनि मोबाइलको ब्याट्रीमा कुनै असर पर्दैन । तर सबैभन्दा राम्रो ब्याट्रीलाई रुम टेम्प्रेचरमा राख्नु हो ।

Thursday, July 23, 2015

घेरामा सूर्य.............



बिहीबार मध्यान्न काठमाडौंको आकाशमा इन्द्रेणीको घेराभित्र देखिएको सूर्य 

नयाँ पृथ्वी भेटिएको नासाको संकेत

आकाशगंगा तारापुञ्ज भित्रै रहेको तर हाम्रो सौर्य प्रणाली भन्दा बाहिर एक नयाँ ग्रह भेटिएको नाशाले संकेत गरेको छ। सन् २००९ मा मानिसबस्न मिल्ने ग्रहको खोजीको लागि नाशाले सुरु गरेको ‘केपलर मिसन’ ले जीवनको लागि अत्यावश्यक पानीको खोजी गर्दै थियो।

एक प्रेस विज्ञप्ती निकाल्दै नाशाले यस्तो भनेको छ। ‘सौर्य प्रणाली भन्दा बाहिर, खासगरी पृथ्वीका आकार जस्ता, २१ वर्ष अघिसम्म ‘साइन्स फिक्सन’ मा मात्र सिमित, आज हजारौं नयाँ खोज पश्चात खगोलविद्हरु, हामीले हजारौं वर्षदेखि देख्दै आएको सपना विपनामा परिवर्तन गर्ने धारमा छन्, त्यो हो अर्को पृथ्वी।’

नाशाले नयाँ खोजको बारेमा एक प्रेस कन्फरेन्स राख्दैछ, जहाँ यो नयाँ खोजका तथ्यहरु सार्वजनिक गरिने बताइन्छ।

केप्लर टेलिस्कोपले अहिलेसम्म १००० भन्दा बढी नयाँ ग्रह पत्ता लगाइसकेको छ र ३००० भन्दा बढी ग्रहलाई जीवनको लागि सम्भावना बोकेको ग्रहमा सुचीकृत गरिसकेको छ।

नयाँ पृृथ्वी नै भेटिएको हुने जरुरी नभए पनि नाशाले केही महत्वपुर्ण खोज भने गरेको बुझिन्छ। भेटिएको खण्डमा भने पुरै मानिस जातिको लागि यो निकै नलौ खबर अनि एक अवसर पनि हुनेछ। साथै ब्रम्हाणमा पृथ्वीमात्र एक्लो घर नभएको कुरा सत्य सावित हुनसक्छ। जीवनको सम्भावना बोकेको नयाँ ग्रहको खोजी भएमा  पृृथ्वीमा कुनै खगोलीय वा प्राकृतिक दुर्घटनाले मानिसको अस्तित्व धरापमा पर्ने अवस्थामा के गर्ने भन्ने वैज्ञानिकहरुको चिन्ता पनि कम हुनेछ। यो बारेमा विस्तृत विवरण भने नाशाले सार्वजनिक गर्दैछ।

यो बारेमा थप जानकारी लिन नाशाको यो पेजमा जान सकि

Sunday, July 19, 2015

आज राति पृथ्बीमा अद्भुत खगोलीय घटना घट्दै

आज आइतबारको दिन मुलत: बैज्ञानिकहरुको लागि तथा पृथ्बीका सम्पूर्ण मानिसहरुको लागि महत्वपूर्ण हुनेछ ।  लन्डनको समय अनुसार आज राति ११ बजे  एउटा विशाल क्षुद्रग्रह (एस्टेरोईड) पृथ्वीको एकदम नजिक भएर जाने छ ।
नेपालमा बिहान ४ : १५ बजे 

यो  खगोलिय घटना नेपाली समय अनुसार भोलि सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा  इंटरनेटमा हेर्न सकिन्छ ।
खनिजले भरिएको समाचार वेबसाइट द मिररको रिपोर्ट अनुसार उक्त क्षुद्रग्रह (एस्टेरोईड) को तौल  नौ करोड़ टनको हुने छ।  यूडब्ल्यू-158 नाम भएको सो  क्षुद्रग्रह पांच खरब डलर बराबरको मूल्य पर्ने प्लाटिनम हुन सक्छ ।
 हिन्दी अनलाइन  पत्रिका डट कमका अनुसार केनेरी द्वीपमा रहेको प्रयोगशालाबाट यसको तस्बिर इन्टरनेटमा सार्बजनिक गरिनेछ । त्यहाँ टेलीस्कोपलाई इंटरनेटमा जोड्ने प्रबिधि जडान गरिएको छ ।
onlinepatrika.com

Saturday, July 18, 2015

फेसबुकको जागिर छाड्नुपर्नेका १० कारण

फेसबुक कम्पनीलाई प्रविधि उद्योगमा काम गर्नका लागि सबैभन्दा उत्तम ठाउँ मानिन्छ । नमानियोस् पनि कसरी ? फेसबुकमा काम गर्ने इन्टन्र्सले समेत २५ हजार डलर सम्म कमाउँछन्, जुन आम सहरी मानिसको औषत कमाइ भन्दा निकै बढि हो । कार्यालय समयमा निशुल्क पेय तथा खाना…. यस्तै यस्तै थुप्रै कर्मचारी मैत्री सेवा सुविधाका कारण फेसबुकका जागिरेहरुले फेसबुकको जागिरलाई नम्बर वान जागिर मान्दछन् ।
तर फेसबुकका सबै कर्मचारीहरुले फेसबुकमा रामराज्य नै छ भन्ने सोँच्छन् भन्नुभयो भने त्यो गलत हुनेछ । त्तगयचब वेबसाइटमा यहीँ विषयलाई लिएर भैरहेको बहसमा फेसबुकका इन्जिनियर, सफ्टवेयर डेभलपर्स तथा अन्य धेरै कर्मचारीहरुले आफ्नो आलोचनात्मक राय राखेका छन् ।

फेसबुकको कार्यवातावरणप्रति नकारात्मक टिप्पणी गर्नेमध्ये अधिकांस फेसबुकको जागिर छाडिसकेका पूर्व कर्मचारी हुन् । फेसबुकको जागिर छोड्नुका कारण अर्थात् फेसबुक किन काम गर्नका लागि उत्तम कम्पनी होइन ? भन्ने बारेमा उनीहरुले पेश गरेका केही तर्क यस्ता छन्-
वर्षमा कम्तिमा ६ हप्ता सातौ दिन-चौबिसै घण्टा अनकल ड्युटी गर्नुपर्ने- फेसबुकका इन्जिनियर किथ एडम्सले यस बारेमा दुखेसो गर्दै भनेका छन्- ती हप्ताहरुमा म सहरभन्दा बाहिर जान पाउँदिन । मैले त्यस समयमा सधै एउटा फूल चाज्र्ड मोबाइल फोन साथमा राखिरहनु पर्छ, ता की कुनैपनि समयमा अफिसको कलको जवाफ दिनसकुँ । रातमा सुत्ने बेला समेत मोबाइल फोनको घण्टी खुल्लै राख्नुपर्ने हुन्छ ।

कार्यस्थलमा व्यवसायिकता छैन- एक फेसबुक इन्जिनियरका अनुसार धेरै कम्पनीहरुमा मानिसहरु आफ्नो व्यवसायिक व्यक्तित्व तथा निजी जिवनशैलीलाई अलग अलग राख्दछन् । तर फेसबुकमा भने त्यसको अभाव छ । तपाइँ निजि जिवनमा जस्तो हुनुहुन्छ, जागिरमा पनि त्यस्तै भए पुग्छ । कुनै देखावटी व्यवसायिकता आवश्यक छैन । यसको खराब असर भनेको फेसबुकका कर्मचारीहरु खासै व्यवसायिक छै्रनन् ।

गोपनियताको अभाव- यस्तो ठाउँ जहाँ अफिसमा काम गर्ने कर्मचारीहरुबीच एक अर्कामा केवल ६ इन्चको मात्र दूरी रहन्छ र गोपनियता भन्ने शुन्य रहन्छ । त्यस्तो ठाउँमा चैनले काम गर्ने बारेमा सोँच्न पनि सकिन्न ।
विदामै किन नहोस् काम गर्नैपर्छ- फेसबुक इण्डियाकी जागिरे सुनयना सेनका अनुसार फेसबुकका कर्मचारीहरु विदामा बसेको किन नहोस् उनीहरु फेसबुकमा लगातार जोडिएकै हुनुपर्छ । नचाहेर पनि कैयन् फेसबुक ग्रुपमा जोडिइरहनुपर्छ र टिम तथा प्रोजेक्टका नोटिफिकेसन प्राप्त गरिरहनुपर्छ ।
एक दिनमा १६ सय भन्दा बढि इमेल-फेसबुकको जागिर छोडिसकेका केही कर्मचारीहरुको गुनासो यो छ की फेसबुकका कर्मचारीले एक दिनमै डेढ हजार भन्दा बढि इमेल चेक गर्नुपर्छ ।

इन्टर्नले समेत फैसला गर्छन्- फेसबुकका एक पूर्व कर्मचारी फिलिप सूका अनुसार कतिपय महत्वपूर्ण फैसला त्यहाँका इन्जिनियर्स तथा इन्टन्र्सहरुले लिन्छन् र त्यस्तो निर्णय आफ्नो हाकिमलाई बताउन पनि आवश्यक ठान्दैनन् । निर्णय प्रक्रियाको यस्तो थितिले गर्दा कर्मचारीहरुबीचमा आपसी सहयोगमा असर पुग्दछ तथा कम्पनीको समग्र लक्ष्य प्राप्तिमा समेत नकारात्मक प्रभाव पर्दछ ।
सधै नयाँजस्तो गर्ने- एक पूर्व कर्मचारीका अनुसार फेसबुक एक ठूलो तथा स्थापित कम्पनी हो तर उसले आफुलाई एक नयाँ स्टार्टअप जस्तो गरी प्रस्तुत गर्दछ । फेसबुकका हाकिम देखि लिएर यसका नितिहरु परिपक्व हुँदैनन् ।
व्यवस्थापनले समूह व्यवस्थापनमा ध्यान दिँदैन- फेसबुकका पूर्व कर्मचारीका अनुसार फेसबुकको मेक एन इम्प्याक्ट भन्ने मन्त्र कम्पनीको समग्र लक्ष्य प्राप्तिका लागि होइन व्यक्तिगत फाइदाका लागि सिमित छ । हरेक कर्मचारीहरु आफ्नो प्रभाव बढाउनमा मात्र लागेका हुन्छन् । म्यानेजर समेत केवल आफ्नो काममा मात्र सोच्दछ, समूह भावनाको अभाव छ ।
आफुमात्रै जानिटोपल्ने- फेसबुकका एक बेनामी कर्मचारीको गुनासो छ की कम्पनीका सस्थापक जुकरबर्ग तथा सिइओ शेरिलका एटिच्युड नै घमण्डी पाराको छ । उनीहरु आफुभन्दा जान्ने कोही छैन भन्ने ठान्छन् । उनीहरुको अधिकतम समय त अतिरिक्त क्रियाकलापमै बित्दछ ।
फेसबुकका एक कर्मचारीका अनुसार फेसबुक कम्पनीको आकार बढिरहेको छ । कर्मचारीको संख्या ४ हजार भन्दा बढि छ । तर कम्पनीले संगठन सुदृढिकरण तथा स्थायित्वमा ध्यान दिन सकिरहेको छैन ।
www.onlinekhabar.com

Friday, July 17, 2015

नेपाल टेलिकमले निकाल्यो सेवा दस्तुर बढेको सूचना

१ साउन, काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई सेवा दस्तुर बढेको जानकारी दिएको छ । साउन १ अर्थात आज देखि नेपाल टेलिकमका सेवामा सेवा दस्तुर बढेको जानकारी टेलिकमले दिएको छ ।

पाल सरकार, अर्थ मन्त्रालयको आर्थिक विधेयक २०७२ को दफा १५(१) अनुसार आर्थिक वर्ष २०७२/७३ मा दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलमा १ प्रतिशतले दूरसञ्चार सेवा दस्तुर वृद्धी गरेका कारण सेवा दस्तुर बढेको टेलिकमको भनाइ छ ।

दूरसञ्चार सेवामा लाग्दै आएको दूरसञ्चार सेवा दस्तुर २०७२ श्रावण १ गते देखि ११ प्रतिशत कायम गरिएको नेपाल टेलिकमले जनाएको छ ।nepaliheadlines.com
सूचना हेर्नुस्

Thursday, July 16, 2015

स्काइपले ल्यायो पासवर्ड नभुल्ने नयाँ फिचर

एजेन्सी ।

चर्चित भिडियो कलिङ साइट स्काइपले आफ्नो सेवामा नयाँ फिचर थपेको छ । स्काइपले एन्ड्रोइड एपमा प्रयोग हुने नयाँ अपडेटेड भर्सन लञ्च गरेको हो ।

नयाँ भर्सनमा स्काइप प्रयोगकर्ताले एक पटक लगइन गरेपछि पुनः पासवर्ड सम्झिराख्ने झण्झट पर्दैन । यसका साथै प्रयोगकर्ताहरुले च्याट लिङ्क नखोलेपनि थप जानकारी पाउने छ ।



स्काइपको आइडी र पासवर्ड भुलिरहनेहरुका लागि पनि यो समाधान हुने छ । यसमा एउटा चिन्ह दिइएको हुन्छ जहाँ क्लिक गर्ना साथ च्याट बक्समा पुग्ने सुविधा छ ।



पासवर्ड र आइडी मेमरीमा नबसोस् भन्ने चाहनेहरुका लागि पनि स्काइपले पुरानै भर्सन प्रयोग गर्ने सुविधा दिएको छ । शुरुमा आइओएस र म्याक डिभाइसहरुका लागि दिइएको यो सुविधा अव एन्ड्रोइडका लागि पनि उपलब्ध गराएको हो ।nepaliheadlines.com