शुक्रवार नासामा भएको पत्रकार सम्मेलनमा गत दुई वर्ष यता प्लुटोको वायुमण्डलको तौल आधा भन्दा बढी घटेको तथ्यको खुलासा गरेको थियो।
न्यू होराइजन्स अनुसन्धान समूहका सदस्य ‘माइकल समर्स’ भन्छन्, “वायुमण्डल वैज्ञानिकहरूको लागि यो एकदम आश्चर्यजनक खबर हो। यसले त्यहाँ केहि न केहि भइरहेको छ भन्ने जनाउँदछ।”
प्लुटो ग्रह आफ्नो अर्बिटमा घुम्दा सन् १९८९मा सूर्यबाट सबैभन्दा नजिक पुगेको थियो। यसैबाट वैज्ञानिकहरूले के आशा गरेका थिए भन्दा ‘जब प्लुटो आफ्नो दीर्घवृत्ताकार अर्बिटमा सूर्यबाट टाढिँदै जान्छ, तब यसको तापक्रम घट्दै जान्छ अनि यसको वायुमण्डलमा भएको नाइट्रोजन बिस्तारै जम्दै जान्छ र अन्ततः बिलाएर जान्छ।’
यहि तथ्यले गर्दा नै नासाका वैज्ञानिकहरूले प्लुटोमा ‘न्यू होराइजन्स’लाई सकेसम्म चाँढै पठाएका हुन्। मूख्य अनुसन्धानकर्ता ‘एलन स्टर्न’ भन्छन्, “हामी त्यहाँ खोज गर्नको लागि वायुमण्डल सिद्धिनुभन्दा अगाडि नै पुग्न चाहन्थ्यौँ।”
पृथ्वीका खगोलविदहरूले प्लुटोको वायुमण्डलको झलक देख्न सफल भएकोका छन। जब प्लुटो कुनै उज्यालो ताराको अगाडि जान्छ अनि उक्त ताराको प्रकाशलाई प्लुटोले बिस्तारै ढाक्दछ, तब वायुमण्डलमा भएका अणुहरूले ताराको प्रकाशलाई प्रतिबिम्बित गर्दछ। यस प्रक्रियाबाट वैज्ञानिकहरूले प्लुटोको वायुमण्डललाई देख्न सकेका हुन्।
यसरी अनुसन्धान गर्दा पहिले वैज्ञानिकहरूले पछिल्लो २६ वर्षमा वायुमण्डलको आकार बढेको पाएका थिए र धेरै वैज्ञानिकहरूले आफ्नो विचारलाई परिवर्तन पनि गरिसकेका थिए। सुर्यको एक फन्को मार्नको लागि २४८ वर्ष लगाउने प्लुटोको वायुमण्डल त्यसरी नै बढ्दै जान्छ भन्ने वैज्ञानिकहरूको धारणा थियो।
तर अहिले त्यो धारणा फेरी परिवर्तन भएको छ। पृथ्वीबाट पठाइएको रेडियो सिग्नलले प्लुटोको वायुमण्डललाई छुँदा भएको प्रक्रियालाई बुझेर न्यू होराइजन्सले उक्त वायुमण्डलको तस्विर खिच्न सफल भएको थियो।Pluto
अहिले नयाँ मापनको अनुसार न्यू होराइजन्स प्लुटोमा पुग्ने बेलाबाट नै यसको वायुमण्डलमा यस्तो परिवर्तन देखिएको कुरा पत्ता लागेको छ। एलन स्टर्न भन्छन्, “यो अति नै रोचक संयोग भएको छ र यहाँ यस्ता पनि वैज्ञानिकहरू छन् जसले ‘मैले त पहिल्यै भनेको थिएँ’ भनिरहेका पनि छन्।”
“वायुमण्डल टुक्रिँदै गइरहेको भएपनि प्लुटोको रात्री भागबाट तस्विर लिँदा धमिलो देखिएको छ। सो तस्विरमा सूर्यको धमिलो किरणले प्लुटोलाई घेरेको देख्दा वायुमण्डलीय वैज्ञानिकहरूको आँखामा झन्डै आँसु आइसकेको थियो।”- डा. समर्स भन्छन्। सूर्यको प्रकाशलाई वायुमण्डलमा भएका साना साना अणुहरूले जमीनबाट करीब १०० माइलको उचाईमा फैलाइरहेको तस्विर देखाउँदै डा. समर्सले त्यसो भनेका थिए। “प्लुटोको वायुमण्डलमा यो हाम्रो पहिलो दृष्टि हो।”, उनले भने।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment