तर फ्रान्समा एक पागलप्रेमी युवकले भने यो मान्यतालाई भत्काइदिएका छन् । ती युवकले ब्रेकअप भएको ३ वर्ष सम्म प्रेमिकालाई सुत्न बस्न दिएनन् ।
सन् २०११ सम्म अफेयरमा रहेका यो जोडीको प्रेमलिला कुनै कारणले टुट्यो । तर ब्रेकअप पछि प्रेमीले प्रेमिकालाई २२ हजार पटक फोन र मेसेज गरे । प्रेमीले अनियन्त्रितरुपमा फोन र मेसेज गरेपछि प्रेमिका आत्तिएर पुलिसमा गइन् ।
यो कहानी १० महिना सम्म चल्यो । तर प्रेमिकाले उजुरी दिएपछि युवकलाई प्रहरीले पक्राउ गर्यो ।
युवकले जेलमा आफूले फोन गरेको र मेसेज पठाएको स्वीकार गरे र त्यसको कारण पनि बताए । खासमा उनले आफ्नी प्रेमिकासँग मिलेर फ्ल्याट किनेका थिए । त्यसलाई सजाएका पनि थिए । त्यसका लागि उनले प्रेमिकाले धन्यवाद भनेको सुन्न चाहन्थे ।
प्रेमिकाले धन्यवाद नभनेका कारण त्यति धेरै कल गर्नु परेको र मेसेज पठाउनु परेको उनले बताएका छन् ।
पुलिसले उनलाई मनोचिकित्सककोमा पठाइदिए । चिकित्सकहरुले निराशाको शिकार भएको भन्दै पुनर्स्थापना केन्द्रमा पठाएका छन् । युवतीले आफ्ना पूर्वप्रेमीलाई धन्यवाद भनिसकेकी छन् ।
एजेन्सी ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment