सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै एसएसपी खरेलले नेतालाई गुमाउरो पारालेले चेतावनीको भाषा प्रयोग गरेका हुन् । एसएसपी खरेलले भनेका छन्-‘जनता ले अब नि हेरेर बस्ने छैनन्…..।’
देशमा संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेका बेला अब पनि अलमल गरे नेतालाई जनताले नछाड्ने चेतावनी उनको यो आक्रोशबाट दिन खोजेको छ । उसो त आफ्नै संगठनका सिनियर अधिकारीसँग नडराउने एसएसपी खरेलले केही नेतालाई खोरमा पनि हालिसकेका छन् ।
खोरमा हाल्न नसकेका नेतालाई एसएसपी खरेलले जनताको भाषाबाट चेतावनी दिएका हुन् । पदीय मर्यादा र संगठनको नियमानुसार सिधै बोल्न नपाउने भएपछि एसएसपी खरेलले जनताको नामबाट घुमाउरो पाराले नेतालाई सचेत गराउने उद्देश्यले चेतावनी दिएका हुन् । उनको यो आक्रोशबाट जनताले छिट्टै संविधान चाँहेको कुरा पनि नेतालाई भन्न खोजेको प्रष्ट हुन्छ ।dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment