वि.सं.२०७२ साल साउन ७ गते बिहिबार,इ स २०१५ जुलाई २३ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षको सप्तमी तिथि,दिवा ०४:५६ बजेसम्म उप्रान्त अष्टमी,
चित्रा नक्षत्र अहोरात्र,
सिद्धि योग रात्रि १:१२ बजेसम्म उप्रान्त साध्य,
वाणिज करण दिवा ०४:५६ बजेसम्म,भद्रा भोलि बिहान ०५:४६ बजेसम्म,
आनन्दादियोगमा चर योग,
चन्द्रमा कन्या राशिमा साझ ०५:२७ बजे देखि तुला राशिमा ,
काठमाडौंमा सूर्योदय ५:२२ बजे, सूर्यास्त ६:५४ बजे
दिनमान ३३ घडी ५५ पला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शत्रु पक्ष कमजोर रहनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने कामकोलागि समय बिशेषरुपमा सफल साबित हुनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो छलांग मार्न सकिनेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ, आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुपर्ला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कमाम सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ, नया कामको थालनी गरिनेछ,माया पिरताका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न खासै उत्तम समय देखिन्न,आफन्तसंगको सम्बन्धमा भने सन्तोषजनक सुधार आउनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आर्थिक नोक्सानी संगै झुटा आरोपहरु आइलाग्न सक्ने समय छ,चोटपटकको भय देखिन्छ, लेनदेनमा बादबिबाद उत्पन्न हुन सक्छ, आखा सम्बन्धि समस्या आउने सम्भावना छ,उपलब्धि मुलक यात्रा हुन सक्ने देखिन्छ,बैदेशिक यात्रामा भने झन्झट आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ ग. गणपतये नम: यो मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आजको दिनमा राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नोकरी र व्यवसायमा खासै ठुलो उपलब्धि हात लाग्ने देखिन्न,माता पिता र विशिष्ट व्यक्तिहरुको सहयोगमा बिसेष काम पुरा गरिनेछ,कृषि जन्य व्यवसायमा भने मनग्य लाभ मिल्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
दान धर्ममा आजको दिन बित्नेछ,तिर्थयात्र गर्ने सु-अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मनमा अनेक प्रकारको खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,सत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
प्रणय सुत्र आज निकै दरिलो रहनेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment