Thursday, March 3, 2016

जापानलाई निशाना बनाएर उत्तर कोरियाको मिसाईल परिक्षण

बिहीबार, २० फागुन
एजेन्सी । उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदले लगाएको प्रतिवन्धका बावजुत ६ वटा मिसाइलहरु एक साथ परीक्षण गरेको छ ।
उक्त मिलाइलको रेन्च १०० देखि १५० किलोमिटर रहेको समाचारहरुमा उल्लेख छ ।
केही समय अघि मात्र मिसाइल परीक्षण गरेको उत्तर कोरियाले विरोध र प्रतिवन्धको बाबजुत फेरी अर्को मिलाइल परीक्षण गरेको हो । सुरक्षा परिषदले उत्तर कोरियालाई २० वर्ष पछि नै कडा प्रतिवन्धसमेत लगाएको थियो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरी किनारको समुन्द्रतर्फ आफ्नो मिसाइल परीक्षण गरेको हो । समाचारहरुमा जनाइए अनुसार मिसाइलको दिशा जापानतर्फ पर्ने बताइएको छ । मिसाइलले कोरियाको बोर्डर ननाघेको बताइएको छ ।
यो परीक्षणपछि संयुक्त राष्ट्र संघको कस्तो प्रतिकृया आउने हो त्यो भने हेर्न बाँकी छ । अन्तराष्ट्रिय कानुनमा लामो दुरीको मिसाइल परीक्षण गर्ने अनुमति छैन ।
nepalsandesh

ओलीले खुलामञ्चमा काँग्रेसलाई शुभकामना दिए लगत्तै ताली नै तालि

बिहीबार, २० फागुन
काठमाडौं खुलामञ्चमा आयोजित १३ औं महाधिवेशनको उदघाटन समारोहलाई प्रधानमन्त्री ओलीले  सम्वोधन गर्दै  इमान, बचनमा अडेको पत्यारिलो कांग्रेस आफूले हेर्न खोजेको बताएका छन् ।
उनले त्यसो भनिरहँदा कांग्रेसका कार्यकर्ताले तालि बजाएका थिए।
ओलीले मन्तव्यको अन्त्यमा भने  “नेपाली कांग्रेस विश्वासिलाो बनोस्, पत्यारिलो बनोस्, इमान बचनमा अडेको पत्यारिलो कांग्रेस बनोस् म यही हेर्न चाहान्छु ।”
nepalsandesh

भारतीय नेताले खुल्ला मञ्चमा भने- नाकबान्दी नाजायज थियो

२० फागुन, काठमाडौं ।

नेपालमाथि भारतले लगाएको नाकाबन्दीको भारतका नेताले नै विरोध गरेका छन् । खुल्लामञ्चमा जारी नेपाली काँग्रेसको १३ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै भारतीय नेताले आफ्नो पार्टीले भारतीय नाकाबन्दीको विरोध गरेको बताए ।

भारतीय कम्युनिष्ट पार्टीका नेताले नेपाल र भारतबीच दाइ र भाइको सम्बन्ध नभएर २ देशबीचको मित्रवत सम्बन्ध हुनु पर्ने बताए ।

धार्मिक कट्टरताबादीहरुले जहाँ पनि विभाजन ल्याउने भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कटाक्ष गरे ।nepaliheadlines.

जुवाखालमा प्रहरी र सेनाबीच कुटाकुट, कर्नेलले प्रहरी इन्सपेक्टर कुटे

तुलसीपुर, २० फागुन । अञ्चल प्रहरी कार्यालय राप्तीले जुवाको अखडामा छापा हानेर २२ जना जुवाडेलाई पक्राउ गरेपछी तुलसीपुरमा तरंग पैदा भएको छ ।
इलाका प्रहरी कार्यालयमा डीएसपी कृष्ण प्रसाई प्रमुख भएर आएपछी उनले एउटा जुवा अड्डामा छापा हानेर १९ जनालाई नियन्त्रणमा लिए । पक्राउ पर्नेमा तुलसीपुरमा ‘पैसाकै आडमा’प्रतिष्ठित कहलिएका व्यक्ति पनि थिए । आफूलाई ठुलै शक्ति केन्द्र ठान्ने तुलसीपुरको गिरोह जुवाडे छुटाउन इप्रका धायो । डिएसपीसंग गोप्य बैठकमा बसे । अनि डिएसपीले कारवाही प्रक्रिया अघी नबढाएरै जुवाडेलाई छोडे । त्यसपछी खुलेआम जूवा चल्ने तुलसीपुरमा इप्रकाले त्यसलाई नियन्त्रण गर्न खासै चासो देखाएको थिएन । त्यसैले पनि जूवा अड्डा निर्धक्कका साथ चलिइरहे । बजारमा दिनदहाडै जूवा चल्न थालेपछी धेरैले प्रहरीकै मिलेमतोमा जूवा चलिरहेको आशंका गरे । त्यहीं बिचमा वडा प्रहरी कार्यालय नेपागन्जबाट इनेस्नेक्टर हेम शाही उर्फ ‘सिंगम’ काजमा इप्रका तुलसीपुर आए । उनले प्रहरीकै संरक्षणमा चल्ने भनिएको जूवा अड्डामा छापा हाने ।
तर, बिडम्बना जूवाडेलाई पक्राऊ गर्न पुगेका इनेस्नेक्टर सिंगम जूवाकै खालमा निर्घात कुटिए । कुट्ने जूवाडे थिए, नेपाली सेनाको १९ नम्बर बाहिनीका कर्नेल मच्छेन्द्र थापा । कर्नेल थापाले इनेस्नेक्टरलाई आफैले मात्रै कुटेनन् । बाहिनी भित्रबाट सादा पोशाकमा सेना बोलाएर नराम्ररी भकुर्न लगाए । तर, कर्नेल थापाले उक्त आरोपको खण्डन गर्दै आएका छन् । थापाले त्यहीं घटना सेलाउन नपाउँदै केही पत्रकारलाई आफूले जानजान गल्ती नगरेको र रक्सी खाएको बेला उक्त घटना भएको भए आफूले नशाका कारण थाहा नपाएको प्रतिक्रिया दिएका थिए ।
जूवा अड्डा छापा हान्न गएका इन्सपेक्टर उल्टै कुटीएर युद्धमा हारेको सिपाही झैं लुरुलुरु फर्कीए । इन्सपेक्टर जूवाको खालमा कुटिदा डीएसपी प्रसाँई मौन बसे । आफू मातहतको इन्सपेक्टर कर्नेलबाट कुटिदा कुट्नेलाई कारवाही गर्नुको साटो डीएसपीले बिदामा बस्न उर्दी जारी गरे । चेन अफ कमान्डलाई शिरोपर गर्दै इन्सपेक्टर सिंगम बिदामा बसे । आफू कुटिदा पीडकलाई कारवाही नगर्ने डीएसपीसंग संगै नबस्ने अठोट लिएका उनी त्यहीं बेला सरुवा मिलाएर अन्यत्रै गए ।
जब सिंगम कर्नेलबाट कुटिएर सरुवा भए, तब तुलसीपुरमा जूवाडेको गुन्डाराज चल्यो । अनि सर्बसाधारणबीच प्रहरीकै मिलेमतोमा जूवा चलेको चर्चा चल्न थाल्यो । यहां सम्मकी इप्रकाका डिएसपी प्रसाँईकै मिलेमतोमा जूवा चलेको उजुरी प्रहरी हेडक्वाटर सम्म पुग्यो । त्यसपछी डीएसपी हेडक्वाटरकै निगरानी परे । त्यती मात्रै होइन अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी प्रेम चन्दले डीएसपी प्रसाँईलाई ‘तपाईको मिलेमतोमा जूवा अड्डा चलेको कुरा माथिसम्म पुगेको छ । योे गलत भयो । यसलाई नियन्त्रण गर्नुस् ।’ भन्दै सुझाए ।
तर, डिएसपीले एसएसपीलाई तुलसीपुरमा जूवा अड्डा नै नभएको जवाफ फर्काए । डिएसपीले तुलसीपुरमा जूवा अड्डा नभएको जवाफ दिएको एक हप्ता नबित्दै हिजो (फागुन १९ गते) अञ्चल प्रहरी कार्यालय राप्तीले तुलसीपुरको वेलकम रेष्टुरेन्टमा छापा हान्यो र २२ जना जूवाडेलाई दुई लाख ५८ हजार रुपैंया सहित नियन्त्रणमा लियो । डिएसपी प्रसाँईले जूवा अड्डा नै छैनन् भनेको ठाउँमा अन्चल प्रहरीले छापा मार्दा २२ जना जूवाडे पक्राऊ परेको घटनाले जूवा चलाउनमा प्रसाँइकै हात थियो भन्ने आरोप लगाउनेलाई थप बल पुगेको छ । तर, डीएसपी प्रसाँइले आफ्नो बचाऊ गर्दै आफूले जूवाडे मात्रै नभई कुनै पनि प्रकारका अपराधीको संरक्षण नगरेका दाबी गर्छन् ।
अञ्चल प्रहरी कार्यालय राप्तीका डिएसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको ५ जना प्रहरीको टोलीले जूवा अडमा छापा हानेको थियो । प्रहरी स्रोतका अनुसार जूवाडेले जूवा यति निर्धक्कका साथ खेलिरहेका थिए की मानौं, त्यहाँ जूवाडेले जूवा होइन, केटाकेटीले बाघचाल खेलिरहेका थिए । जूवा खेलिएको कोठाको ढोका समेत खुल्लै थियो भने, जूवाडेका जुत्ता चप्पल समेत बाहिरै यत्रतत्र छरीएका थिए । यसरी केटाकेटीले बाघचाल खेल्दा जस्तै निर्धक्क जूवा खेलेको घटनाले के पुष्टि गर्छ भने, जूवा संचालन आउनुमा प्रहरीको मिलेमतो अवश्य छ । नत्र जूवा लुकेर खेलाइन्थ्यो ।
अझ रोचक कुरा त के छ भने अन्चल प्रहरीले इप्रकाको भ्यान बोलाएर जूवाडेलाई भ्यानमा हाल्दा पहिले त्यहीं जूवा अड्डामा इन्सपेक्टरलाई कुटेका कर्नेल मच्छेन्द्र थापा ‘म बाहिनीको कर्नेल हुँ । एकपटकलाई छोड्नु पर्यो’ भन्दै प्रहरीसंग हारगुहहार गर्न पुगेका थिए । तर, प्रहरीले कसैले भनेर नछोड्ने जवाफ दिंदै नियन्त्रणमा लिएर बुधबार नै अदालत पुर्याई सात दिनका लागि म्याद थपेर कारवाही अघी बढाएको छ ।
कर्नेल थापाले भने आफ्नो कुनै जूवाडेसंग सम्बन्ध नभएको प्रतिक्रिया दिए । उनले आफूले जूवाडेलाई संरक्षण नगरेको दाबी गर्दै संरक्षण गरेको आरोप लगाउनेलाई नछोड्ने दाबी गरे । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले कर्नेल माथि लागेका आरोप बारेमा तत्काल छानविन प्रक्रिया अघी बढाउने र दोषी पाइए कारवाही गरिने प्रतिक्रिया दिए ।
तुलसीपुरमा इप्रकाले जूवा अड्डा नै छैनन् भन्दा अन्चल प्रहरीले छापा मारेर जूवाडे पक्राउ गरेको घटनाले जूवा अड्डा संचालन हुनुमा इप्रका तुलसीपुरका डिएसपीको कुनै न कुनै प्रकारको संलग्नता छ भन्ने कुरा पुष्टी भएको छ ।
dainiknepal

Tuesday, March 1, 2016

गणेशजीको टाउको हात्तीको? तर कसरी?

हिन्दु धर्मका ग्रन्थहरूमा अनेकौँ विचित्रका कुराहरू उल्लिखित छन्। तर ती सबै विचित्र कुराहरूको रोचक व्याख्या पनि गरिएको छ।

जस्तोसुके पुजाआजा लगाउँदा होस् या घरमै नित्यकर्म गर्दा होस्, सुरुमा गणेश भगवानको पुजा गरिन्छ अनि बल्ल अन्य पुजाविधि गरिन्छ। शक्ति र ज्ञानको प्रतिक मानिने गणेश भगवानको टाउको हात्तीको रहेको पनि सायद सबैलाई थाहा छ होला। तर कहिल्यै सोच्नुभएको छ, शिव र पार्वती दुवैको टाउको मनुष्यकै छ, तर उनीहरूकै छोरा ‘गणेश’को टाउको कसरी हात्तीको भयो? जन्मिँदै देखि हात्तीको टाउको थियो कि पछिबाट राखिएको हो?

यी यावत कुरालाई थरी थरी ग्रन्थमा थरी थरी तरिकाले वर्णन गरिएको छ।

‘श्रीस्वस्थानी’ मा यसरी पनि वर्णन गरिएको छः

नवग्रह देवका राजा मानिने ‘शनि देव’ले जुन वस्तुलाई हेर्यो त्यो वस्तुको विनाश हुने श्राप उनले पाएका थिए। त्यसैले गर्दा नै जो मनुष्यमा शनिको नजर पर्यो उसको जीवनमा केवल नराम्रो मात्रै हुने हिन्दु धर्ममा विश्वास गरिन्छ।

पार्वतीले आफ्नो बच्चाको नामांकरण गर्नेबेलामा सबै देवी-देवताहरूलाई निमन्त्रणा गरिन्। पार्वती देवीको निमन्त्रणा स्वीकारेर सबै देवी-देवताहरू त्यहाँ उपस्थित भए, तर केवल शनिदेव मात्रै त्यहाँ आएनन्। उनको यस्तो अपमान देखेर क्रोधित पार्वतीले शनिदेवलाई श्राप दिन तयार भइन्। पार्वतीको क्रोधदेखि भयभीत शनिदेव तुरुन्तै त्यहाँ उपस्थित भए तर आफ्नो दृश्टिले बालकलाई नराम्रो हुने डरले उनले आफ्नो आँखा थुनेर बसे।

पार्वतीले शनि देवलाई भनिन्- “हे शनिदेव, सबै देवी-देवताहरूले मेरो बालकको मुहार हेरे, सबैले आशिर्वाद दिए। तिमी चाहिँ किन आँखा थुनेर बसिरहेछौ?”



पार्वतीको प्रश्नमा चिन्तित हुँदै शनिदेवले भने- “हे जननी! मेरो कु-दृश्टिले आजसम्म कसैको भलो गरेको छैन। म हजुरको बालकलाई हेर्थेँ, तर माता त्यसपछिको परिणाम देखि मलाई डर लागिरहेछ।”

शनिदेवको यस्तो चिन्ता देखेर पार्वतीले ढुक्क हुँदै भनिन्- “तिम्रो श्रापको बारेमा मलाई राम्रोसँग थाहा छ, शनिदेव! तर मेरा बालक शक्तिशाली छन्, तिम्रो नजरले उसलाई केहि पनि असर गर्न सक्दैन। तिमी निश्चिन्त भएर उसलाई आशिर्वाद देऊ!”

पार्वतीको आग्रहलाई अस्वीकार गर्न नसकी शनिदेवले आँखा खोलेर त्यस बालकलाई हेर्छन्। दुर्भाग्यवश, उनले हेर्नेबित्तीकै त्यस बालकको धडबाट शिर छुट्टिएर बिलाउन गयो।

यस्तो दुर्गती देखेर शनिदेव आफ्नो शिर झुकाई त्यहिँ बसिरहे। पार्वतीले उनलाई गाली गर्न पनि सकिनन्। यो देखेर शिवजीले विष्णुलाई आदेश दिए- “हे विष्णु! तिमी उत्तर दिशातर्फ जाउ र जो भेट्छौ, उसको टाउको लिएर आउ।”

शवजीको आदेश मानी टाउको खोज्न विष्णु भगवान उत्तर दिशातर्फ लागे। धेरै यात्रा गरिसक्दा पनि उनले कसैलाई भेटेनन्। अनत्यमा एक हात्तीलाई देखेपछि त्यसैको टाउको लिएर जाने निर्णय गरे। शिवजीको अगाडि हात्तीको टाउको लिएर विष्णु प्रस्तुत भएपछि सबैजना जिल्ल परे। सबै कुराको बेलिबिस्तार लगाएपछि शिवजीले त्यस बालकको धडमा हात्तीको शिर लगेर जोडिदिए।

शिर उडिसकेको बालक हात्तीको टाउको लिएर बिउँझेपछि विष्णु भगवानले त्यस बालकको नाम ‘गणेश’ राखिदिए। सबै देवी-देवताहरूले गणेशलाई शक्ति र वरदान दिए। साथै मनुष्यलोकमा कुनै पनि पुजा-आजा गर्दा गणेशकै पुजा पहिला गरियोस् भनेर शिवजीले पनि वरदान दिए।

हिन्दु धर्ममा यस्ता थुप्रै विचित्रका कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। तर के कुरा बुझ्नु जरुरी छ भन्दा- धर्म, भगवान र शक्तिमा विश्वास नगर्नेहरूको लागि यो केवल अलौकिक कथा हुन जान्छ भने विश्वास गर्नेहरूको लागि यो जीवनमन्त्र हुन जान्छ।nepaliheadlines

रोग प्रतिरोधी क्षमता बढाउन,क्यान्सरबाट बाच्न ,हड्डी बलियो बजाउन र अनुहारमा चमक ल्याउन एउटै उपाए

· क्यान्सरबाट बचावट: भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँ कटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

· हड्डी बलियो बन्छ: भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।

· भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।


· हृदयरोगमा राहत: मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

· पाचन क्रियाको सन्तुलन: भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

· अनुहारको चमक:भुइँ कटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, सरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

· रोग प्रतिरोधी क्षमता बढाउन:भुइँ कटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ । – एजेन्सी

पेट थिचेर सुत्नुहुन्छ ? यसो नगर्नुस, यो स्वास्थको लागी निकै खतरनाक छ !

तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गी बाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ । यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।


विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट पिडित छन । इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए अनुसार, अनियन्त्रित मिर्गीमा मृत्युको मुख्य कारण आकस्मिक मृत्यु हो र प्रायजसो यो सुत्ने क्रममा हुने गर्दछ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले २५ वटा अध्ययनहरूको समीक्षा गरेका थिए, जसमा सहभागी २५३ आकस्मिक मृत्युको मामलामा मानिसहरूको शारीरिक स्थितिको अध्ययन गरिएको थियो । यस अध्ययनमा के पाइयो भने पेटको बल सुत्ने स्थिति ७३ प्रतिशत मानिसहरूको मृत्यु भएको थियो । जबकि २७ प्रतिशत मानिसहरूको सुत्ने स्थिति फरक थियो ।

शिशुहरूको मामला जस्तै वयस्कहरूमा पनि प्रायजसो दौरा भएपछि बिउँझने क्षमता हुँदैन । विशेष रूपले सामान्य दौराको क्रममा । ताओ का अनुसार, यस अध्ययनमा मिर्गीबाट आकस्मिक हुने मृत्युबाट बचाउँनका लागी एक महत्वपूर्ण रणनीतिलाइ बताइएको छ । ‘कम्मरको बल गरि सुत्नु ‘ नै एक महत्वपूर्ण रणनीति हो । हाते घडी र बेड अलार्मको प्रयोगबाट सुत्ने क्रममा यस प्रकारको मृत्युबाट बचाउँमा मद्दत पुग्दछ । यो अध्ययन अनलाइन जर्नल न्यूरोलोजीमा प्रकाशित गरिएको छ ।-एजेन्सी