स्मार्टफोनको ब्याट्री किन सकिन्छ यति छिटो ? यसका विषयमा धेरै मानिसले धेरै थरीकुरा गर्छन् । यहाँ स्मार्टफ बोक्नेहरुले मोबाइलको ब्याट्रीबारेका ६ थाहा पाउनै पर्ने कुराको चर्चा गरिएको छ ।
१ रातभरी मोबाइल चार्ज
हामीले सुनेका छौं रातभरी मोबाइल चार्ज गरेर राख्दा ब्याट्रिको लाइफ कम हुन्छ । तर बास्तविकता यो होइन । रातभरी चार्ज गरेपनि ब्याट्रीको लाइफ घट्दैन । बरु ब्याट्रीको लाइफ बढाउन मोबाइल कम्तिमा ८० प्रतिशत चार्ज गरेको राम्रो हुन्छ । चार्ज भएपछि मोबाइलमा आफै करेन्ट बन्द हुने प्रणाली समेत हुन्छ ।
२ लोकल चार्जर खतरनाक
हामीले सुनेका छौं स्मार्टफोन जुन पायो त्यही चार्जरमा चार्ज गर्नु हुँदैन । यसले व्याट्री पड्किने खतरा हुन्छ । तर यो वास्तविकता होइन । कुनै पनि काम गर्ने चार्जरमा मोबाइल चार्ज गर्नु खतरा हुँदैन ।
३ चार्ज गर्दै कुरा गर्ने
मोबाइल चार्ज गर्दै कुरा गर्नु खतरनाक हुन्छ भन्ने हामीले धेरै सुनेका छौं । तर खासमा चार्जमा राखेर पनि मोबाइलमा कुरा गर्नु कुनै कुरा हुँदैन ।
४ स्वीच अफ र अन गरिरहँदा
फोन स्वीच अन र अफ गरिरह्यो भने ब्याट्रीको लाइफमा असर गर्छ भन्ने कुरा पनि गलत हो । खासमा निश्चित समयपछि ब्याट्री कम हुदै जान्छ यो स्वभाविक कुरा हो । अन अर अफले ब्याट्रीको लाइफमा कुनै असर गर्दैन ।
५ एप्सको भ्रम
कतिपय एप्सले ब्याट्री बढाउने दावी गर्छन् । तर यो गलत कुरा हो । कुनै पनि एप्सले ब्याट्रीको चार्ज बढाउन सक्दैन ।
६ ब्याट्री चिस्याउने भ्रम
कतिपय ब्यक्तिलाई ब्याट्रीलाई चिसो पार्यो भने बढी समय टिक्छ तात्यो भने घट्छ भन्ने भ्रम छ । तर यो सत्य होइन । फ्रिजमै राखे पनि मोबाइलको ब्याट्रीमा कुनै असर पर्दैन । तर सबैभन्दा राम्रो ब्याट्रीलाई रुम टेम्प्रेचरमा राख्नु हो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment