Friday, July 24, 2015

बस नदीमा खस्दा नौको मृत्यु ३२ जना बेपत्ता

श्रीनगर, ८ साउन । भारतको हिमाञ्चल प्रदेशमा एक बस नदीमा खस्दा त्यसमा रहेका नौ जना यात्रुको निधन भएको समाचार छ ।
साथै सो बसका अरु ३२ जना यात्रु नदीमा बेपत्ता भएका छन् । ती यात्रुहरु उक्त दुर्घटनास्थलबाट बगेको अनुमान गरिएको छ ।
प्राप्त समाचारअनुसार बिहीबार साँझ सो बस नदीमा खसेको थियो । त्यस दुर्घटनामा परी २३ जना यात्रु पनि घाइते भएका छन् ।
उक्त दुर्घटना उत्तरी भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा भएको हो । बिहीबार साँझ सो दुर्घटना भएको भएपनि अहिलेसम्म ती यात्रु भेटिएका छैनन् ।
कुल्लु जिल्लाका प्रहरी अधिकारी राकेश कनवारले सो दुर्घटनामा परी मृत्यु भएका नौ जनाको शव भेटाइएको जानकारी दिए ।
उनकाअनुसार त्यसमा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको छ ।
उक्त दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको भएपनि सो क्षेत्रको बाटो नै बिकट रहेकोले पहाडी इलाकामा यसरी दुर्घटना हुने गरेको पाइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment