Monday, July 13, 2015

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको निधन

विकाश श्रेष्ठ ।
२९ असार, सोल ।
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको निधन भएको छ । अचानक स्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचारका क्रममा कास्की लेखनाथका भविश्वर गुरुङको निधन भएको दुइ दिन वित्न नपाउदै औद्योगिक दुर्घटनामा परी हिजो दिउसो मोरङ हात्तिमुडा गा. वि.सका गान्धीराज खतिवडा निधन भएको हो ।

करिव चार वर्ष अघि इपिएस मार्फत‘कोरिया आएका खतिवडाको कम्पनीमा काम गर्दै गर्दा माथिबाट खसेको फलामको विमले च्याँपिएर घटनास्थलमै मृत्यु भएको ह्वासङ प्रहरीलाई उद्धृत गर्दै कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङले जानकारी दिएका छन् । मृतक खतिवडा हवासङस्थित एक फलाम कम्पनीका कार्यरत थिए ।

मृतक खतिवडाको शवको पोष्टमार्टम भइरहेको हवासङ प्रहरीले जनाएको छ । मृत्युको वारेमा नेपालीस्थित उनका परिवारलाई पत्र मार्फत जानकारी गराइएको श्रम सहचारी गुरुङले बताए । शव नेपाल झिकाउन मृतकका परिवारले पत्र मार्फत छिटो पहल गरे एक साता भित्र शव पठाउन सकिने दुतावासले जनाएको छ ।

पछिल्लो समयमा कोरियामा आत्महत्या, अचानाक स्वास्थ्यमा समस्या देखिएर तथा विभिन्न खाले दुर्घटनामा परी नेपाली कामदारको मृत्यु हुने क्रम बढेको छ । सन् दुइ हजार सात रोजगार अनुमति प्रणली इपिएस लागु भएयता कोरियामा असी भन्दा बढी नेपाली कामदारको मृत्य भइसकेको छ ।nepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment