तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जुन सपना सधै देखिदैन र त्यसले जीवनमा झन् धेरै संकेत गर्ने गर्छन् । हामीले कहिलेकाँही मात्र देख्ने सपनाहरूले हाम्रो जीवनमा विषेश महत्व राख्ने गर्छ । केही यस्ता सपनाहरूबारे केही थाहा पाऔँ जुन हामीले निकै कम देख्ने गर्छौ:
– नदी या समुन्द्रमा पौडिरहेको, आकाशमा उडिरहेको, सुर्योदय, बलिरहेको आगो, सूर्य आदी देख्नु घर, मन्दिर या पहाड चढेको सपना देख्नुले तपाईको काम सफल हुने संकेत गर्छ ।
– सपनामा रक्सी पिउने, मासु खाने, किरा खाने, दही भात खाने सपना देख्नुलाई पनि राम्रो मानिन्छ ।
– यदी सपनामा नालीमा या फोहोरमा गडेको देखे तपाई बिरामी हुन सक्ने वा एक महिना भित्र कनै ठूलो मुस्किलमा पर्न सक्ने संकेत गर्छ ।
– सपनामा सेतो चन्दन लगाउनु, गहना लगाउनुले शुभ संकेत गर्छ ।
– सूर्य वा चन्द्रमा निकै मधुरो देखीनु, तारा खसेको देख्नु कसैको मृत्यु या शोकको समाचार प्राप्त हुने संकेत हो ।
– सपनामा आफूलाई डुङ्गामा बसेर कुनै नदी पार गरिरहेको देख्नु टाढाको यात्राको योग भन्ने बुझिन्छ ।
– सपनामा दाँत खसेको देखे आयु बढ्छ ।
– सपनामा सर्प देख्नु त्यति राम्रो मानिँदैन ।
– सपनामा आफूले थुकेको सपनाले पनि अनिष्ठ फलको संकेत गर्छ ।
– सपनामा घरको ढोका खसेको देख्नुले कुलको नाश हुने संकेत गर्छ ।
– आफूलाई सपनामा कनै पहाड चढ्दै गरेको देखे उच्च पद प्राप्त हुने गर्छ ।nepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment