कांग्रेस,एमाले,एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वीचमा जेठ २५ गते राती १६ बुँदे सहमति गर्ने वेलामा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायको टेलिफोनलाई ‘रेस्पोन्स’ नगरेपछि मोदीले दाहाललाई भारत भ्रमणको निमन्त्रणा गरेको स्रोतले बतायो।
स्रोतका अनुसार मोदीका बिशेष सहयोगीका रुपमा उपाध्यायले प्रधानमन्त्री सुशील कोइराला,एमाले अध्यक्ष केपी शर्मा ओली र दाहाललाई १६ बुदे सहमतिका बारेमा बुझन टेलिफोन गरेका थिए । कोइराला बाहेक ओली र दाहालले उपाध्यायको टेलिफोन ‘रेस्पोन्स’ नगरेको स्रोतले बतायो ।
स्रोतका अनुसार १६ बुदे सहमतिपछि मोदीले आफनो विदेशबिभागसँग सम्बद्ध अधिकारीहरुको बैठक राखेर नेपालको परिवर्तित राजनीतिक अवस्थाका बारेमा समीक्षा गरेका थिए । नेपाल मामिलामा पश्चिमा शक्ति राष्ट्र र चीन हावी हुँदै गएको बिश्लेषणपछि नेपाली राजनीतिका बारेमा‘यथार्थ बुझन’ मोदीले दाहालसँग छलफल गर्न चाहेको स्रोतले बतायो ।
भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी र १६ बुदे सहमतिपछिको राजनीतिक परिस्थितिलाई एजेण्डा बनाएर छलफल गर्न मोदीको निमन्त्रणालाई स्वागत गर्दै दाहाल असारको अन्तिम साता भारत भ्रमणमा जान तयार भएका हुन ।
दाहालले भने १६ बुदे सहमतिपछि अघि बढेको संविधान निर्माण प्रक्रियाले नेपालमा राजनीतिक स्थिरता आउने बिश्वास दिलाउदै मोदीलाई भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी बनाएर अघि बढन उपयुक्त हुने तर्क राख्ने एमाओवादीका एक नेताले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
भिडियो हेर्न तल किल्क गर्नुहोस:
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment