सरकारले मलेसिया र साउदी अरबसँग श्रम संझौता गर्ने तयारी अन्तिम चरणमा पु¥याएको बताएको छ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बिभिन्न ६ देशसँग श्रम संझौता गर्ने तयारी भैरहेको र त्यसमध्ये मलेसिया र साउदी अरबसँग श्रम संझौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
ति देशले श्रम संझौता र बैदेशीक राजगारीमा निःशुल्क भिषा र टिकेटको निर्णय प्रति सकारात्मक प्रतिक्रिया जनाउदै त्यसलाई अन्तिमरुप दिन आफुलाई भ्रमणको निम्तो दिएको समेत राज्यमन्त्री गुरुङले बताए ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निःशुल्क भिषा र टिकेटको निर्णय कार्यान्वयन गर्नु अघि ति देशमा श्रम संझौता गर्न सरकरलाई निर्देशन दिएको थियो ।
संझौता गर्ने तयारी भैरहेको भएपनि समितिको निर्देशन पछि त्यसलाई तिब्रता दइएको मन्त्री गुरुङले बताए । मलेसिया र साउदी अरबसँग श्रम संझौता भएपछि पनि निशुल्क भिषा र टिकेटको निर्णय लागु भएका दुई देश कुबेत र ओमान भने अझै श्रम संझौता गर्न बाँकी हुनेछन् । बाँकी देशसँग पनि संझौता गर्ने मन्त्रालयले जनाएको छ ।nepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment