Tuesday, July 21, 2015

छोरा मलेसिया उडेपछि बुहारीलाई बलात्कार गर्ने ससुरा प्रहरी खोरमा

वीरगन्ज : पर्साको निर्मलवस्ती गाविसका ५० वर्षिय पदमबहादुर स्याङ्तान असार १४ गते देखि  प्रहरी थुनामा छन् । आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पदमका जेठा छोरा रोजगारीका सिलसिलामा डेढ वर्षदेखि मलेशियामा छन् । घरमा कोही नभएको मौका छोपेर पदमले २४ वर्षिया बुहारीलाई पटक-पटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्रेको हो ।


आफुलाई ससुराले पटक-पटक बलात्कार गरेको बलात्कृत ती महिलाले प्रहरीसामु बताएकी छिन् । गएको असार १३ गते राती बुहारीलाई खुकुरी देखाएर जर्बरजस्ती गर्ने प्रयास गर्दैगर्दा गाँउलेले नियन्त्रणमा लिएर  पदमलाई प्रहरी चौकीमा बुझाएका थिए ।

प्रहरी चौकी ओडारले एक रात थुनामा राखेर उनलाइ असार १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि उनि २० दिन देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित पदम विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जर्बजस्ती करणीको मुद्धा दर्ता गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक जिवालाल चुडालीलले जानकारी दिए ।

‘आरोपित पदम स्याङ्तान २० दिनदेखि हिरासतमा छन् , घटनाबारे अनुसन्धान भैरहेको छ, वुधबार अदालतमा मुद्धा पेश गर्ने तयारीमा छौं निरिक्षक जिवालालले बताए ।
annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment