मोरङको क्षेत्र नम्बर १ बाट प्राप्त भएका सुझावमा महिलाले विहे नगरेरै पनि बच्चा जन्माउने अधिकारको सुनिश्चित गर्न माग गर्दै सुझाव दिएको सुझाव संकलनका खटिएका कर्मचारीले बताएका छन् ।
‘हामीले लिएका सुझाव मध्ये यो क्षेत्रमा १० प्रतिशतले विहे नगरीकनै बच्चा जन्माउन पाउनुपर्ने माग राखेका छन्’ सुझाव संकलनमा खटिएका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने-‘यो सुझाव एकदमै नौलो आयो ।’
महिलाहरुले महिला अधिकार भनेर ३३ प्रतिशत दिने तर, पर पुरुषसँगको सम्बन्धले बच्चा जन्माउँदा अधिकार नदिने कानुन खारेज हुनुपर्ने माग राखेका छन् । यो सुझाव पाएपछि सभासद नै छक्का परेका छन् ।
महिलाहरुले दिएको सुझावमा टिप्पणी गर्दै सभासदहरुले संविधानमा कायम राख्न पहल गरिने आश्वासन दिएको ती कर्मचारीले बताए । उसो त मोरङमा यौनधन्दादेखि अवैध सम्बन्धका थुप्रै घटना बेला बेला समाचार बनेर आइरहेका हुन्छन् ।
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment