Tuesday, July 21, 2015

आजको राशिफल वि.सं.२०७२ साल साउन ६ गते बुधबार,

durga_jyotish वि.सं.२०७२ साल साउन ६ गते बुधबार,
इ स २०१५ जुलाई २२ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षको षष्ठी तिथि,दिवा ०३:०४ बजेसम्म उप्रान्त सप्तमी,
हस्ता नक्षत्र  रात्रि ०४:४० बजेसम्म उप्रान्त चित्रा,
शिव  योग रात्रि १२:४३ बजेसम्म उप्रान्त सिद्धि,
तैतिल करण दिवा ०३:०४  बजेसम्म,गण्ड रात्री ०४:०२ बजेसम्म उप्रान्त वणिज,
आनन्दादियोगमा आनन्द योग,
चन्द्रमा कन्या राशिमा,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५७ बजे
दिनमान ३४ घडी ७ पला
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
तपाइको परिश्रमको  फाइदा अरु व्यक्तिले उठाउन सक्नेछन,कामलाई ब्यबस्थित बनाएर अगाडी बढाउन नसक्दा दिन केहि भद्रगोल जस्तो बन्न सक्छ,शत्रुपक्ष सबल रहेता पनि परास्त गर्न सकिनेछ, प्रगतिको लागि गोपनियताको साथमा धैर्यता पनि आबस्यक देखिन्छ,स्वास्थ्यमा सुधार आउनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सन्तान सुख मिल्नेछ,खेलकुद तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने देखिन्छ, कलाकारिता र मनोरन्जनको क्षेत्रमा रहनुहुनेहरुका लागी आजको दिन निकै उत्साहजनक र फलदायी रहनेछ, पढाई लेखाइमा भने खासै गति जाने देखिन्न,स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
आफ्नै ढिपीले काममा अबरोधको सामना गर्नुपर्ने हुनसक्छ,आफन्त जनबाट प्राप्त हुने सल्लाह सुझाब व्यर्थ भएको अनुभूति हुनेछ,पारिवारिक समस्या अझै बल्झिनेछ,धैर्यता कमजोर रहनाले हतारो पन बढ्नेछ,सवारी साधनको प्रयोग आज निकै खर्चिलो हुने देखिन्छ आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
रमाइलो गर्न मन लाग्नेछ भने आज घुमफिर र मनोरंजनमा समय बित्नेछ,नंया साथिबाट प्राप्त हुने सहयोग र सहकार्यले ठुलो सफलता दिलाउनेछ,दाजु भाइको सम्बन्धमा केहि कमजोरी आउने देखिएता पनि सामाजिक अबस्था मजबुत बन्नेछ,मान सम्मान प्रशस्त पाइनेछ आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
संचित धनको नोक्सानी हुन सक्छ,आफन्त संगको लेनदेनबाट आज सन्तोष मिल्ने देखिन्न,रिस बढे संगै कामबाट प्रतिफल खासै नआउने देखिन्छ,बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ, घर बाहिर रहनेहरुको लागि परिवारको समस्याले चिन्ता दिलाउनेछ,यात्रा सम्भाबना देखिन्छ आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा स्फूर्ति र जागर बढ्नेछ,काम गर्ने उर्जा निकै बढेर आउनेछ,आफन्त तथा साथीभाई संगको सम्बन्धमा सुधार आउनेछ,आजको दिनमा सजिलै अरुको बिस्वास जित्न सकिनेछ, धार्मिक तथा मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ,दिन निकै रमाइलो रहनेछ आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
निरन्तर गरिरहेको काममा रुची घट्ने देखिन्छ,आम्दानि र खर्चको तालमेल नमिल्दा केहि असहज पारिस्थितिको सामना गर्नु पर्ला,यात्रा निकै कष्टकर रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु राम्रो होला,चोटपटक र दुर्घटनाको भय देखिन्छ,बैदेशिक क्षेत्र भने सबल रहनेछ आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आम्दानीका नया स्रोतहरु भेटिनेछन भने आजको दिनमा मनग्य आम्दानि गर्ने अवसर मिल्नेछ, राज्य पक्षबाट तपाइको उचित सम्मान र विद्वताको कदर हुनेछ,ठुला र प्रतिष्ठित व्यक्ति संगको सम्बंध बिस्तार हुनेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ
आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ ग. गणपतये नम: यो मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
नोकरीमा पदोन्नती वा विशिष्ट सम्मान पाइने योग छ,ब्यबसाय गर्नेहरुको लागि पनि आज निकै सुखद रहने देखिन्छ,राजनैतिक र सामाजिक मान प्रतिष्ठा मिल्नेछ,विरोधीलाई परास्त गर्न सकिनेछ,पैतृक रुपमा आएका समस्याहरुबाट ठुलै झन्झट आइलाग्ने सम्भाबना देखिन्छ आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आजको दिन शुभ कार्यमा लागेर बित्नेछ,धर्म कर्ममा र सेवामुलक काममा रुची बढ्नेछ,विशिष्ट व्यक्तित्व संगको निकटता बढे संगै उचित सहयोग मिल्नाले काममा लाग्ने प्रेरणा प्राप्त हुनेछ, बिस्वास गरिएका व्यक्तिबाट नै झुटा आरोपहरु आइलाग्न सक्ने सम्भाबना पनि देखिन्छ,
सबधानिका साथ अगी बढ्नुहोला,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पारिवारिक र प्रेम सम्बन्धमा कटुता आउनेछ,साथि संगिमा पनि खटपट उत्पन्न हुन सक्छ,रिस बढ्नाले सल्लाह र सहकार्यमा गत्याबरोधको अबस्था आउन सक्छ,सवारी साधनबाट चोटपटक तथा नोक्सानी मिल्ने अबस्था छ,नंया कामको सुरुवात गर्नको लागि त्यति राम्रो समय देखिन्न आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
प्रेमी प्रेमिकाको सम्बन्धमा सुमधुरता छाउनेछ,ब्यापार ब्यबसायमा सुधारको संकेत देखिनेछ,नया बस्तु तथा बाहनको लाभ हुन सक्ने देखिन्छ,मनोरन्जनात्मक क्षेत्रमा लागिपरेका व्यक्तिहरुलाइ उच्च सफलता हात लाग्ने देखिन्छ,पढाइ लेखाइमा क्रमिक सुधारको संकेत देखिनेछ आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment