Saturday, July 25, 2015

शान्ति रोकाया भन्छिन्, म कुवेतमै मर्छु होला

क्वालालम्पुर : घरेलु कामदारका रुपमा कुवेत पुगेकी कैलाली बौनिया कि शान्ति रोकायालाई अहिले नेपाल फर्कन्छु कि फर्कन्न भन्ने चिन्ताले सताएको छ । भारतिय बाटो हुँदै कुवेतमा रोजगारीका लागि पुगेकी उनी घरेलु हिंसाको सिकार बनेपछि नेपाल फर्किन नेपाली दुतावास कुवेतको शरणमा पुगेकी छन् ।

पतिले दोस्रो विवाह गरेपछि शान्ति छोराको भविष्य बनाउने भन्दै एक वर्षअघि कुवेतको जुलु जाहारामा घरेलु कामदारका रुपमा पुगेकी थिइन् । पहिला काम गरेको घरबाट चर्को शोषणमा परेको भन्दै दोस्रो स्थानमा सरेकी उनी उत्ता घरमा पनि हिंसाको सिकार बनेपछि शनिबारबाट नेपाल फर्किनका लागि नेपाली दुतावास कुवेतको शरणमा पुगेकी छन् ।

सात वर्षअघि अन्तरजातिय प्रेम विवाह गरेकी उनी पतिले दोस्रो पत्नी ल्याएपछि विदेश गएको फोनमा बताइन् । जुलु जाहारको एक घरमा काम गर्न पुगेकी उनी घर मालिकका सालोबाट पीडित बनेकी थिइन् । फोनमा शान्तिले भनिन् ‘मलाई यौन दुव्र्यावहार गर्न पटक पटक प्रयास गर्‍यो, तर इथोपियाकी साथीले बचाइन्।’

करिब ३ महिनाअघि घरमा कोही नभएको मौका पारी यौन दुव्र्यावहार गर्न खोज्दा तिनै साथी देवता भएको उनले फोनमा बताइन्। उनलाई ती व्यत्तिाmले शारीरिक र मानसिक याताना दिने गरेकाले दोस्रो घरमा कामका लागि पुगेकी थिइन् ।

‘मलाइ पहिला काम गरेको घरमा काम गर्ने वातावरण नभएकोले दोस्रो घरमा सरें’ कुवेतकै अल अलि कम्पनीमा आवद्ध उनले भनिन् । अल अलिले उनलाई पहिलाको घरमा काम गर्न ७ सय ५० डिनरमा बेचेको थियो ।

पहिलाको घरमा काम गर्न नसक्ने भन्दै उनी अल अलि पुगिन् । अल अलि कम्पनीले उनलाई कुवेतकै अल जहरमा रहेको एक शेखको घरमा १ हजार डिनरमा बेच्यो । मासिक कमाइ ७० डिनार भए पनि उनले करिब २ महिनादेखि तलब नपाएको बताइन् ।
पैसा नहुँदा छोरालाई फोन गर्न पनि सकेको छैन टेलिफोनमा शान्तिले भनिन् ।

‘म यतै मर्छु जस्तो लाग्थ्यो । बिहानदेखि करिब १६ घण्टा भन्दा बढी काम गर्दा पनि घरकी साहुनीले विभिन्न आरोपमा पीडा दिने गरेकी छन्’ उनले अन्नपूर्णसँग भनिन्, ‘बेला बेला त यतै आत्महत्या गरौं झै लाग्थ्यो तर छोराको मुखले बाचें ।’ कुवेतमा राम्रो काम र कमाइ भन्दै स्थानीय एक व्याक्तिको लहै लहैमा उनी त्यहाँ पुगेकी थिइन् ।

नेपालबाट कुवेत जाँदा झन्झट हुने दलालको भनाइमा लाग्दा दुःख पाएको उनले बताइन् । अहिले न मसँग केही कागज पत्र छ न सुविधा दाबी गर्नै प्रमाण नै शान्तिले भावुक हुँदै भनिन्, ‘यतै मर्छु होला एक पटक छोराको मुख हेर्ने मन छ।’

पहिला काम गरेको घरमा कुटपिट हुने र मानसिक रुपमा निकै तनाव दिँदा उनलाई विदेश नआएको भए हुन्थ्यो झैं लागेको बताइन् । पछिल्लो घरमा पनि त्यहि दोहोरियो । काम गर्न नसकेको दिन थप शारीरिक याताना भोग्नुपर्यो ।

१ महिनाअघि नेपाल फर्किन उनले अल अलि कम्पनीमा पुगिन् । कम्पनीले १ हजार डिनरमा बेचेकाले यो रकम तिरेर नेपाल फर्किन सकिने बतायो । नेपालबाट आउँदाको ऋणमात्र तिर्न भ्याएकि उनलाई त्यो रकम धेरै भयो । महिनाको ७० डिनार कमाइ हुने मैले १ हजार डिनार कसरी जुटाउनु उनले भनिन् ।

भागेर जाने ठाउँ नभएकाले पीडा खपेर बसेको उनले बताइन् । १ हजार डिनार भए म नेपाल फर्किन सक्थें तर मलाइ कस्ले सहयोग गर्छ । सामाजिक सञ्जालमा भेटिएका गोरखाका पूर्ण थापाले उनलाई अहिले नेपाली दुतावास पुर्‍याइदिएका छन् ।

अहिले काम गरिरहेको घरवाट भाग्न पटक पटक प्रयास गरिन् । उनी भाग्ने चाल पाएका उनीसँगै काम गर्ने उनका साथीले उनको प्रयास सफल हुन दिएनन् । शुक्रबारको दिन छुट्टिमा भागेर पूर्णको सम्पर्कमा आएको उनले टेलिफोनमा बताइन ।

अब दुतावासको सम्पर्कमा छु पक्का नेपाल फर्किन सक्छु की शान्तिको आत्मविश्वास थियो । उनलाई नेपाली दुतावास सम्म पुर्‍याउन सहयोग गरेका पूर्णले शान्तिको नेपाल फर्किने चाहाना पुरा गराइ दिन अपिल समेत गरेका छन् । www.annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment