Tuesday, February 23, 2016

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैँ, फर्कनु अघि यस्तो छ प्रमको योजना

१२ फागुन, काठमाडौं।

भारतको साताव्यापी राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कंदै छन् ।

प्रधानमन्त्री ओलीसहित नेपाली टोली आज साँझ मुम्बईबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि आज मुम्बईमा स्थानीय उद्यमी, लगानीकर्ता र भारतीय कलाकारसँग भेटघाट गर्दैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले तेहरी जलविद्युत तथा गुजरातको भुजमा भूकम्पपछिको पुनःनिर्माणको समेत अवलोकन गरेका थिए ।
 भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको असमझदारी हटाउन आफ्नो भ्रमण सफल र उपलब्धीमूलक भएको बताएका छन् ।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment