काठमाडौं : सरकारले दिवंगत पूर्व राजा वीरेन्द्र र उनका परिवारका नामममा रहेको अचल सम्पति राष्ट्रियकरण गर्ने भएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले काठमाडौं, भक्तपुर र कास्कीलगायतका जिल्लामा पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको जग्गा जमिन तथा अन्य अचल सम्पत्तिबारे अभिलेख संकलन गरी नेपाल ट्रष्टमा ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकपछि सूचना तथा संचार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले अचल सम्पत्तिसम्बन्धी अचल संकलन गरी नेपाल ट्रष्टमा ल्याउने निर्णय भएको बताए।
नेपालमा गणतन्त्र घोषणा भएपछि स्व राजपरिवारको चल तथा अचल सम्पति नेपाल ट्रष्टमा राखिदै आएको छ। त्यसैगरी बैठकले स्व राजा बिरेन्द्रका नाममा स्टयान्र्ड चार्टर बैकमा रहेको ट्रेजरी बिल पनि नेपाल ट्रष्टमा ल्याउने निर्णय गरेको छ।
त्यसैगरी सोमबार बसेको परिषदको बैठकले भारतबाट २० हजार मेट्रिक टन कृषि मल खरिद गर्ने निर्णय गरेको छ। बैठकले भूकम्पबाट क्षति भएका २५ जिल्लाका ५ लाख घरको बिवरण सार्वजनिक गरी यस बिषयमा बिभिन्न गुनासा सुनेर थप निर्णय गर्ने भएको छ।
मन्त्रिपरिषद्को बैठकले शिक्षा सेवा आयोगको रिक्त सदस्यमा ज्ञानी यादवलाई नियुक्त गरेको छ। नेपाल बायुसेवा निगमको अध्यक्षमा पर्यटन मन्त्रालयका सचिवलाई तोक्ने निर्णय गरेको छ। त्यसैगरी बैठकले सार्वजिनिक खरिद ऐन पहिलो शंसोधलाई संसदमा पेश गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले गण्डकी जलविद्युत आयोजनाको कार्यकारी निर्देशकमा गोपाल बस्नेतलाई नियुक्ति गरेको छ। यसैगरी बैठकले प्रशासन सेवा तर्फका दुई सहसचिवलाई पराष्ट्रयमा सरुवा गरेको छ। यसरी सरुवा गरिएका सहसचिवमा बिनोद आचार्य र सुरेश अधिकारी छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment