Monday, July 6, 2015

धादिङ प्रहरीद्वारा चर्चित कलाकार मुन्द्रे र माग्ने बुढा समातिए

काठमाडौं, असार २१– कार्यक्रमको सिलसिलामा धादिङ पुगेका चर्चित २ कलाकार र एक गायिका तथा सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ प्रहरीले चर्चित कलाकार जितु नेपाल मुन्द्रे र केदार घिमिरे माग्ने बुढासहित गायिका तथा सञ्चारकर्मी कोमल ओलीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरु एकमात्रै सरकारी नियन्त्रणको रेडियो कार्यक्रमको रेकर्डिङका लागि सदरमुकामस्थित एक कलेजमा पुगेको र त्यहाँ प्रशासनको अनुमतिबिनै कार्यक्रम समेत गरेपछि समातिएको बताइएको छ ।
प्रहरीले उनीहरुलाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर प्रजिअको कार्यालय लगेको बताइएको छ । तर, उनीहरु केहिबेरमै छुटेका थिए ।
यसबारे बुझ्दा धादिङका प्रजिअ बासुदेव घिमिरेले उनीहरुलाई नियन्त्रणमा लिइएको नभई अनुमति बिनै कार्यक्रम गरेपछि छलफलका लागि मात्रै बोलाईएको संक्षिप्त प्रतिक्रिया दिए ।
यद्यपी उनीहरुको कार्यक्रम चल्दै गर्दा स्थानीय दर्शको भीड लागेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment