Friday, July 10, 2015

‘म मेरो शरीर बेच्न चाहन्छु’ लेखको प्लेकार्ड बोकेर महिला सडकमा

२५ असार, एजेन्सी ।

चीनको शियाङ्ग्सी प्रान्तिस्थित सडकमा एक महिला एकाएक अर्ध नग्न अवस्थामा अनौठो प्लेकार्ड बोकेर घुम्न थालिन् । उनको प्लेकार्डमा लेखिएको थियो ‘म मेरो शरीर बेच्न चाहन्छु’ ।

डेली मेलका अनुसार उनले आफ्नो शरीर कुनै पसलमा बेच्नका लागि यसो भनेको होइन । उनका पतिले उनलाई अर्कै पुरुषसँग सम्बन्ध बनाएको फेला पारेपछि पत्निलाई सजाय दिन यस्तो काइदा निकालेका थिए ।



ती महिलाले केवल भित्री बस्त्र मात्र लगाएको देखिन्छ । ३३ वर्षकी वाङ नीलाई पतिले पिटेनन् मात्र नाङ्गो बनाएर शरीर बेच्न चाहन्छु भन्ने प्ले कार्ड बोकेी देखिन्छिन् ।



स्थानीय सञ्चार माध्यमका अनुसार १० वर्ष देखि विवाहित यो जोडीका २ छोरी समेत छन् ।

चीनमा पर पुरुष वा परस्त्री गमनका घटना सार्वजनिक भएपछि यस्तै दृष्यहरु देखिने गरेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment