बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्रेको हो ।
यही असार २१ गते राति घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका बुढालाई आज जिल्ला झिकाइएको रुकुमका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जिब्रो काटिएकी, अनुहार, टाउकोलगायत शरीरका अन्य ठाउँमा गम्भीर चोट लागेकी बालिकाको उपचारका निम्ति अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको मृत्युपछि फरार रहेका छविलाललाई तीन दिनपछि स्थानीयवासीको सुराकमा पक्राउ गरिएको हो । रासस
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment