Friday, July 10, 2015

मनोज गजुरेलको हनिमुन: पहिलो हनिमुन प्रेमिकाकै कोठामा

मेरो पहिलो अन्तरंग मेरी प्रेमिकाकै कोठामा भयो, जो अहिले मेरी एकाघरकी पत्नी (मीना ढकाल गजुरेल) छिन्। म बागबजारमा र उनी पुतलीसडकमा बस्थिन्।

त्यो बेला मलाई भेटघाटका लागि टाढाटाढा जानुपर्छ भन्‍ने लाग्दैनथ्यो। र, रिसोर्टहरूमा पुग्ने यथेष्ट स्रोतसाधन पनि भएन।


सस्तो, भरपर्दो र सुरक्षित अन्तरंगको उत्तम गन्तव्य आफ्नै सुन्दर बासस्थान हो भन्ने मीनाको धारणा थियो।

म त झन् मितव्ययितामा आनन्द खोज्ने मान्छे परेँ। यसैलाई मेरो पहिलो हनिमुन भनौं।

दोस्रोपटक हामी नगरकोट गयौं। त्यहाँको मनोरम प्रकृति, स्वच्छ वातावरण र सुन्दर दृश्यमा हामी खुब रमायौं।

प्रकृति र पर्यावरणसँग कति लठ्‌ठियौं भने हामी हनिमुन मनाउन आएको विषय त दोस्रो प्राथमिकतामा पर्‍यो।

अर्को अर्थमा भनौं, हाम्रो नगरकोट यात्रा 'हनी' भयो तर 'मुन' हुन सकेन।

अर्थात्, त्यहाँको वातावरण नै यति हनी थियो कि हामीले अर्थोक सोच्नै परेन।

अर्को कुरा, आमा र भतिज पनि सँगै गएकाले मुन देख्‍ने गरी त्यहाँ नबसी साँझ घरमै फर्कियौं।

उसो त हामी अहिले पनि वर्षमा पाँचसातपटक आउटिङ जाने गर्छौं। ककनी, धुलिखेल, पोखरा, नगरकोट हामीलाई मन पर्ने स्थानहरू हुन्।

छोरा मिरोज, छोरी मेमोरीसहित हाम्रो जोडी धेरै रिसोर्टमा बास बसेका छ।

विगतका घटनाहरू याद गर्ने, प्रेमकालीन कथाहरू सम्झने र अहिलेको अवस्थालाई मूल्यांकन गरेर रिफ्रेस हुने गर्छौं।

सायद यो पनि एक खालको हनिमुन नै हो भन्ने मलाई लाग्छ।

विदेशका हनिमुन पनि सम्झनलायक छन्। २०११ मा हामी मलेसिया पुग्यौं।

यो मेरो चौबीसौं विदेश यात्रा थियो भने मीनाको तेस्रो रहेछ।

मीनाकै शब्दमा भन्ने हो भने यसअघि उनले प्रजातान्त्रिक गणतन्त्र भारतको जोगबनी सहर र जनवादी गणतन्त्र चीनको खासा प्रदेश घुमिसकेकी थिइन्।

मलेसियामा म एनआरएनको कार्यक्रममा गएको थिएँ भने उनी पर्यटकका रूपमा।

कलाकार वा पर्यटकमध्ये कुनैतिर पल्ला भारी नहोस् भनेर मलेसिया यात्रालाई हामीले हाम्रो पहिलो अन्तर्राष्ट्रिय हनिमुन यात्रा भनेर नामकरण गरेका थियौं।
मलाई भेटघाटका लागि टाढाटाढा जानुपर्छ भन्‍ने लाग्दैनथ्यो। र, रिसोर्टहरूमा पुग्ने यथेष्ट स्रोतसाधन पनि भएन।सस्तो, भरपर्दो र सुरक्षित अन्तरंगको उत्तम गन्तव्य आफ्नै सुन्दर बासस्थान हो भन्ने मीनाको धारणा थियो। मेरो पहिलो अन्तरंग मेरी प्रेमिकाकै कोठामा भयो, जो अहिले मेरी एकाघरकी पत्नी (मीना ढकाल गजुरेल) छिन्।
एनआरएन मलेसिया आयोजक थियो। लगभग एक हप्ता बस्यौं।

पाँचतारे होटलमा हाम्रो हनिमुन सम्पन्न भयो। यसपटक साँच्चिकै हनिमुन भयो भने पनि हुन्छ।

किनभने मेरो यसपटकको पारिश्रमिक लगभग उतै चढाएर आइयो।

आफूलाई सपिङ, आफन्तलाई उपहार, छोराछोरीलाई गिफ्ट सबै गरेर लगभग दुई लाख रुपैयाँमात्र खर्च भएकाले हाम्रो आन्तरिक इतिहासको सबैभन्दा महँगो हनिमुन यही नै हो क्यारे।

२०१२ मा हाम्रो दोस्रो अन्तर्राष्ट्रिय हनिमुन कार्यक्रम आयोजना भयो। एक हप्ताको हङकङ र तीनराते बैंकक बसाइ हनीमा हनी भयो मुनमा मुन पनि भयो।

त्यसैगरी २०१४ को अगस्ट र सेप्टेम्बर महिनालाई पनि हनिमुनमय बनायौं।

बेलायतको दुईमहिने यात्रा अहिलेसम्मकै सबैभन्दा लामो हनिमुन भन्दा अत्युक्ति नहोला।

किनभने आधुनिक बेलायतमा हामीले अहिलेसम्मकै सबैभन्दा आनन्द, खुसी र रमाइलो गर्‍यौं।

मेरो विचारमा हनिमुनको अर्थ अन्तरंग हो। अन्तरंगले शारीरिक सम्बन्धभन्दा पर मानसिक र आत्मिक सम्बन्धलाई पनि छुनुपर्छ।

अन्तरंगले सम्बन्धलाई पुनर्ताजगी पार्ने र प्रेमलाई समयसापेक्ष बनाउन मद्दत गर्छ।

विवाहपछि वा वैवाहिक वर्षगाँठमा मात्र हनिमुन मनाउनुले तत्कालका लागि रमाइलो गर्ला तर दीर्घकालीन आनन्द र खुसीका लागि प्रत्येक दिन हनिमुनमय बनाउनु जरुरी छ।

हरेक साँझलाई हनिमुन नै मान्ने हो भने पतिपत्नी सम्बन्धलाई सुन्दर, सफल र आनन्दमय बनाउन मद्दत पुग्छ। प्रत्येक पललाई हनिमुनझैं बनाउसके संसारको सुख र आनन्द त्यहीँ छ।
www.annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment