नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवले नेपालमाथि आँखा नलगाउन विदेशीहरुलाई चेतावनी दिएका छन् । हालै भारत र चीनबीच भएको लिपुलेक सम्झौताप्रति इङ्गित गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
लिपुलेक सम्झौताको विरोधमा खुल्ला मञ्चमा आयोजित पार्टीको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले ‘हाम्रो देशमा कसैले पनि आँखा नलगाओस् हामी जे पनि गर्न तयार छौं’ भने ।
फाइल तस्विर
विप्लवले भने-‘भारत र चीन ठूलो हुँदैमा नेपाललाई हेप्न पाइँदैन । सरकार सिंह जस्तै सुतेर बसेको छ तर हामीले यो कुरा सहँदैनौं मान्दैनौं’।
उनले आफूहरु अधिकार प्राप्तीका लागि लिडरहेका र जनयुद्ध र क्रान्तिका अधिकार गुम्ने खतरा रहेको पनि बताए ।
एक साता अघि पनि विप्लव माओवादीका कार्यकर्ता र प्रहरीबीच राजधानीमा झडप भएको थियो । भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएका माओवादी कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment