पक्राउ पर्नेमा हुम्ला सिमीकोट गाविस–३ बस्ने २८ वर्षीय घमन रोकाया भन्ने गमान रोकाया छन्। महानगरीय अपराध महाशाखाले साउन ६ गते हुम्लाको सिमिकोटबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको हो। केटी साथीका विभिन्न अश्लिल फोटो तथा भिडियो अपलोड गरी आफन्त र अन्य साथीहरुलाई पठाएर मानसिक रुपमा यातना दिने काम उनले गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
फेसबुक र मोबाइल फोनबाट सेक्स गरौं भन्दै पटकपटक धम्कीपूर्ण मेसेज पठाएर दबाब दिने गरेको पीडित युवतीले बताएकी छिन्। प्रहरीले रोकायले प्रयोग गरेका ल्यापटप १ थान, मोवाईल १ थान, सिमकार्ड १ थान र मेमरीकार्ड २ थान पनि बरामद गरेको छ।
रोकायालाई काठमाडौं ल्याई प्रारम्भिक अनुसन्धान पश्चात बिद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्धामा आवश्यक अनुसन्धान र कारवाहीको लागि महाशाखाले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment