भारतीय जनता पार्टीका सांसद आदित्यनाथले नेपालले ‘हिन्दु राष्ट्र’ घोषणा गर्नुपर्ने तर्क सहित प्रधानमन्त्री सुशिल कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पत्र लेखेको जनाइएको छ। साथै गौ हत्या र धर्म सम्बन्धि वादविवादमा प्रतिबन्ध लगाइनुपर्ने माग पेश गरेको बताइन्छ।
राजतन्त्रको पाला देखि चलिआएको ‘हिन्दु राष्ट्र’ कायम हुनुपर्नेमा जोड दिदै यी मुद्धाहरु आइतबार हुने पत्रकार सम्मेलनमा उठाउन आदित्यनाथ काठमाडौं आउने भारतीय मिडियाले जनाउँछन्।
पार्टीको अनुमतिमा काठमाडौं जान लागेको हो? भन्ने प्रश्नमा उनले सबै राजनीतिक पार्टी र विभिन्न सामाजिक संघसस्थाको उपस्थितिमा आइतबार काठमाडौमा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा जाने बताएका छन्।
साथै कार्यक्रम पश्चात पार्टीका नेताहरुलाई भेटी हिन्दु राष्ट्र राख्न माग गर्ने बताएको जनाइन्छ।
उनले नेपालको नयाँ संविधानको मस्यौदामा जनताबाट सुझाव संकलन भएसंगै प्रधानमन्त्री र सभामुखलाई आफ्ना मागहरु सहित पत्र पठाएको जनाइएको छ।nepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment