Saturday, July 25, 2015

पाकिस्तानमा शक्तिशाली भूकम्प, तीनको मृत्यु

९ साउन, काठमाडौं । पाकिस्तानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा ३ जनाको मृत्यु भएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले ५.१ रेक्टर स्केलको भूकम्प भनेपनि पाकिस्तानी मौसम विभागले ५.५ रेक्टर भनेको छ । भूकम्पको केन्द्र पूर्वी इस्लामाबादबाट १५ किलोमिटरको दूरीमा रहेको थियो ।
भूकम्पको धक्का खैबर पख्तुनऋवा, इस्लामाबाद, रावलपिण्डी लगायतका क्षेत्रमा महसुस भएको थियो ।
सन् २००५ अक्टोबर ८ मा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा पाकिस्तानमा ७३ हजार बढीको मृत्यु भएको थियो भने लाखौ मानिस घरबारबिहीन भएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment