Saturday, July 25, 2015

यी हुन् जिउँदै बलि चढाइएका बालक, किन दिइयो बलि ?

परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ ।
नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजन र १८ वर्षीय विजय हरिजनलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
प्रहरीले बालकलाई आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बलि दिएमा निको हुने धामीको विश्वासमा छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई कोदई हरिजनसहितले मिलेर बलि दिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
कोदईले आफ्नो छोरालाई निको पार्न कुडिया गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जीवन कोहारलाई बलि दिएको प्रहरीसमक्ष बताएका छन् । कोदईसहितका सहयोगीले मिलेर साउन ५ गते बालकको बलि दिए पनि शुक्रबार मात्र बालकको शब गाउँनजिकै फेला परेपछि प्रहरीले अनुसन्धान गरी सो रहस्य पत्ता लगाएको हो ।
१० बर्षिय बालक जिवन कोहारलाई बली दिने घटनामा सङ्लग्न ५ जना अभियुक्तहरुलाई नवलपरासी प्रहरीद्धारा पक्राऊ गरी सार्वजनिक ।
१० बर्षिय बालक जिवन कोहारलाई बली दिने घटनामा सङ्लग्न ५ जना अभियुक्तहरुलाई नवलपरासी प्रहरीद्धारा पक्राऊ गरी सार्वजनिक ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।
लामा धामी गङ्गा हरिजनले बालकको बलि दिएमा तिम्रो छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाएको खुल्न आएको छ ।
कोदईले हत्या गर्न सघाउनेलाई रु ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बलि दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । रासस
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment