असार १५ दही चिउरा खाने दिन अर्थात राष्ट्रिय धान दिवस । बेलुकापख यसो फेसबुक चलाउँदै थिएँ । फेसबुकमार्फत अनलाइनमा “कृषिमन्त्री कि हिंसा मन्त्री ? ” भनेर लेखेको पोष्ट देखेँ । त्यो लिंकमा क्लिक गरेर सबै टिकाटिप्पणी फोटोहरु हेरे । सबै फोटोहरु र टिकाटिप्पणी हेरेपछि एउटा देशको गरिमामय पदमा रहेर गहन जिम्मेवारी बोकेको मन्त्री जस्तो व्यक्तिले महिलासँग गरेको अशोभनीय व्यवहार देखेर साह्रै नै रिस उठेको थियो ।
धान दिवसको अवसरमा काठमाडौँको मूलपानीमा आयोजित रोपाईँ मेलाको उद्घाटनका लागि बिहान ११ बजे बोलाइएको कार्यक्रममा उनी औपचारिक कार्यक्रम सकिएपछि दिउँसो तीन बजे मात्र कार्यक्रम स्थलमा पुगेका रहेछन् । स्थानीय महिलासँग हिलो खेल्न खेतमा उत्रिएर आफ्नो औकात र मर्यादा नै भुलेर महिलाहरुको इच्छाविपरित जबरजस्ती अंकमाल गर्दै अंगालो पो गर्न थालेछन् । बिचरा ! कृषि मन्त्रीले सोच्नै पाएनन् । सामाजिक संजालहरुले सार्वजनिक गर्लान् । देशकोे गरिमामय पदमा रहेर सरकारी निकायको गहन जिम्मेवारी बोकेको व्यक्तिले आफ्नो औकात र मर्यादा नै र्बिसेर यसरी महिलामाथि गरेको व्यवहार अपमान नभएर के सम्मान हुन सक्ला त ?
मलाई मन्त्रीसँग मात्र होइन, तिनी महिलाहरु अनि वरिपरि रहेका मान्छेहरुसँग पनि रिस उठ्यो । मैले भिडियो हेर्दा, भिडियोमा मैले देखेको कुरा कृषि मन्त्रीले हिलो दलिदिँदा, अंगालो हाल्दा महिला हाँसिरहेको देखेँ । एउटा चाडबाडको नाममा महिलाहरुलाई यस्तो व्यवहार जायज त अवश्य लाग्दैन होला ? जायज लाग्दैन भने किन वरिपरि रहेका व्यक्तिहरु मन्त्रीले दुर्व्यवहार गरिरहँदा किन हेरेर बसे त ?
जब मैले अर्को दिन भिडियो हेरेँ, भिडियो हेरिसकेपछि त मलाई मन्त्रीसँग मात्र होइन, तिनी महिलाहरु अनि वरिपरि रहेका मान्छेहरुसँग पनि रिस उठ्यो । मैले भिडियो हेर्दा, भिडियोमा मैले देखेको कुरा कृषि मन्त्रीले हिलो दलिदिँदा, अंगालो हाल्दा महिला हाँसिरहेको देखेँ । एउटा चाडबाडको नाममा महिलाहरुलाई यस्तो व्यवहार जायज त अवश्य लाग्दैन होला ? जायज लाग्दैन भने किन वरिपरि रहेका व्यक्तिहरु मन्त्रीले दर्व्यवहार गरिरहँदा किन हेरेर बसे त ? जो महिलालाई मन्त्रीले अगाँलो हाले ती महिलाहरुले तत्काल किन प्रतिकार गरेनन् ? फोटो ,भिडियो हेर्ने जो कोहीले पनि मन्त्रीले गरेको व्यवहारलाई राम्रो त भन्दै भन्दैनन् तर किन के मैले अलि बुझ्न सकिन एउटा देशको गहन जिम्मेवार व्यक्तिले महिलामाथि त्यसरी दुव्र्यवहार गरिरहँदा तत्काल कुनै प्रतिक्रिया नदिई एकैचोटी महिलालाई मन्त्रीको अगाँलोमा हाँसिरहेको भिडियो सामाजिक संजालमा सार्वजनिक गर्नाले त्यो महिलाको मानसिकतामा कस्तो खालको असर पर्ला यो कुरालाई पनि ख्याल गर्नु पर्ने होइन र ?
लेखिका
सामाजिक सञ्जालमा सार्वजनिक गर्नुअघि एकपटक पीडित पक्षसँग पनि प्रतिक्रिया लिनुपर्ने थिएन र ? मन्त्रीले त केही छैन राजीनामा दिइहाले । तर, ती पीडित महिलाले के गर्ने ।
मन्त्रीले ती ७० बर्षिया महिलाबाट आर्शिवाद लिएको भनिएको छ । आर्शिवाद लिनका लागि महिलालाई अंगालो हाल्नै त पर्दैन नि । । जति नै जे जे भनिएता पनि महिलालाई आमा, दिदीबहिनी साथीका रुपमा होइन्, अन्यथा नजरले हेरिन्छ । मन्त्रीले गरेका यस्ता खालका क्रियाकलापबाट सहजै अनुमान गर्न सकिन्छ । त्यस्तो व्यवहार गर्ने मन्त्रीका अरु पनि चाहाना हुन सक्छन् ।
हाम्रो समाजमा व्याप्त रुढिवादी, परम्परागत संस्कृति भित्रका सद्गुण र अवगुणहरु केलाउँदै धैर्य र संयमताका साथ असललाई आत्मसात गर्ने तथा खराबलाई किनारा लगाउदैँ जाने संस्कृतिको विकास हुन नसकेको परिवेशमा मानव जीवनमा आइपर्ने नारीविरुद्धका अन्याय,अत्याचार, अनैतिकता आदि विविध सामाजिक व्यवहारबाट बच्नु र बचाउनु आजको सभ्य र आधुनिक समाजको प्रमुख दायित्व हो । अब त सामाजिक सञ्जाल धेरै शक्तिशाली भइसकेको अवस्था छ, कदम कदममा होस नराख्ने हो भने पीरैपीरले बेहोस हुनुपर्ला, त्यसैले सबैलाई समयमै चेतना होस् ।
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment