मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई दिगो फाइदाका लागि लगानी बढाउने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन नहुन सक्छ। आम्दानी थोरै होला। सञ्चित रकम समेत खर्चनुपर्ला। इच्छाविपरीतका काममा जुट्नुपर्ला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। मध्याह्नपछि व्यवसायमा प्रशस्तै लाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्य कमजोर रहनाले काम समेत अवरुद्ध बन्ने योग छ। सहयोगीहरूले हात झिक्न सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। आत्मबलमा कमी आउनुका साथै डरले सताउने समय छ। मध्याह्नपछि नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पूर्वाह्न समय आनन्दमा बित्नेछ। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। दिउँसो १ः०० बजेदेखि स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सजग भएर काम गर्नुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। अपराह्नकालमा व्यापारमा प्रशस्त लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। मध्याह्नपछि काममा प्रतिस्पर्धा बढ्नेछ। तापनि, प्रतिष्ठा र अधिकार स्थापित गर्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका गल्ती सच्याउने अवसर जुट्नेछ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्। घरको सजावटले धेरैको मन लोभ्याउन सकिनेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। मध्याह्नपछि पढाइलेखाइमा प्रगति हुनेछ। सन्तानका माध्यमबाट काम बनाउन सकिनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न अवसर आए पनि कममात्र फाइदा हुने समय छ। सोखका विषयमा बढी खर्च हुनेछ । सहयोगीहरूको मन जित्न नसकिएला। नामका पछि लाग्नाले पछिल्ला अवसर फुत्कन सक्छन्। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अरूलाई आश्वासन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। तपाईंको कमजोरीप्रति टिप्पणी हुन सक्छ, सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। आकर्षक पहिरनमा ठाँटिएर धेरैको मन लोभ्याउन सकिनेछ। मध्याह्नपछि होस नपुर्याउनाले बनिसकेको काम बिग्रन सक्छ। केही विवादमा परिएला। तपाईंको अधिकार अरूले उपयोग गर्न सक्छन्, सचेत रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
केही खर्च बढे पनि व्यवसायमा लगानी बढाउने अवसर जुट्नेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धी परास्त हुनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मध्याह्नपछि केही बाध्यताले अप्ठ्यारो पार्न सक्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। सोचेको उपलब्धि नपाइनाले खिन्नता बढ्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। अपराह्नपछि श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्काल नपाइएला। सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। लगानीको प्रतिफल कम पाइएला। सोख पूर्ति गर्नमा र अरूको सेवामा खर्च हुनेछ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment