Monday, July 6, 2015

वि.सं.२०७२ साल असार २२ गते मंगलबार,राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
बिहानीको समय उन्नति कारक नै रहनेछ,विशिष्ट भेटघाट र दिर्घकालिन योजना बनाउनको लागी सफल रहनेछ,नया कामको लागि साझेदारी हुनेछ,अपरान्ह पछिको समय भने बिबादित र खर्चिलो रहनेछ,काममा होस् नपुग्दा अधिक व्यय हुनेछ,आफन्त संग मनमुटाब हुन सक्छ।



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
दिन सफल रहनेछ,माता पिताको लागि केहि उल्लेख्य कार्य गर्ने समय छ,बैदेशिक सहयोगको आदान प्रदान हुनेछ,फलदायी यात्राको अवसर पनि देखिन्छ,बुद्धि पूर्बक लाग्नुभयो भने ठुलो सफलता हातलाग्नेछ,नोकरीमा रहनेहरुको लागि फाइदाजनक अवसर साबित हुनेछ।





मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
आइलागेका कानुनि र सामाजिक झमेलामा जित हासिल गर्न सकिनेछ,धार्मिक यात्रा को साथै सहयोगी भावनाको प्रस्फुटित हुनेछ,रोजगारी र नया काम थालनीको लागि उचित समय रहेकोछ, साथीभाई संग मिष्ठान्न भोजनको अवसर पनि मिल्नेछ ।




कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
आकस्मिक दुर्घटनाको सम्भाबना रहेकोले चनाखो रहनुपर्ला,पारिवारिक समस्याबाट केहि मुक्ति मिल्नेछ,तल्लो अंगहरुमा कष्ट हुन सक्छ,संयमित भएर काम गरेमा बेलुकी पखबाट केहि सुधारको संकेत देखिनेछ,आर्थिक कारोबारमा सकभर हात नहाल्नु बुद्धिमानीहोला।





सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
नया कम थालनी गर्न बिहानको समय उचित रहनेछ,अनाबस्यक रिसले गर्दा मिठासपूर्ण सम्बन्धमा एकाएक फाटो आउन सक्ने देखिन्छ,जिद्दीपन हाबी रहला,बाहन तथा यान्त्रिक सामग्री महँगो साबित हुन सक्छ,दुर्घटना र जरिवाना तिर्नु पर्नेसम्भाबना देखिन्छ  ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
कुराकाटने हरु तपाइको प्रशंशा गर्न थाल्नेछन्,नया ब्यबसायिक साझेदारी गर्न उचित समय रहेकोछ,विदेश यात्रा संगै बहुमुल्य रत्न तथा सामाग्रीको लाभ हुनेछ,बैदेशिक व्यवसायमा भने गिरावट आउने देखिन्छ,नयाँ जोडीहरुको लागि प्रेममय दिन रहनेछ ।




तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
स्वास्थ्य कमजोर रहनेछ,खानपानमा चनाखो रहनु पर्ला,कामगरे अनुरुप जश नपाइनाले आलस्यता संगै दिग्दारी महशुस हुनेछ,बिपरित लिंगिबाट संचित धनको नोक्सानी हुनेछ,कष्टकर यात्रा हुन सक्ने सम्भाबनालाई नकार्न सकिन्न,साझपख धनमाल हातलाग्नेछ।





वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पारिवारिक किचलोले केहि बिश्राम पाउला,दौडधुपमा दिन बित्नेछ,यातायातको नयाँ साधन हात लाग्न सक्नेछ भने जग्गाजमिनको क्षेत्रबाट पनि लाभदायक समय रहनेछ,पढाइ लेखाइमा क्रमश रुची बढ्दै जानेछ,शैक्षिक क्षेत्रमा सन्तोषजनक सुधार आउनेछ।




धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
साथि भाइ संगको भेटघाटले पुराना यादलाई ताजकी बनाउनेछ,महत्वकांक्षी सोच बढ्नुको साथै काममा रुची घटाउनेछ,मिठो भोजनको अवसर जुट्नेछ,सामुहिक कार्यमा थप समय खर्चिनु पर्नेछ,दाम्पत्य सम्बन्धमा सुधारको संकेत आउनेछ।




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
बोलीको शक्तिमा बृध्दि हुनेछ,तपाइको बोलीले मानिसहरु संग बिग्रिएको सम्बन्ध ताजगी गर्न ठुलो भुमिका निभाउनेछ,लामो यात्रा संगै संचित धनको निक्सानि हुनेछ,बहुमुल्य रत्न तथा गहनाको  जोरजाम गरिनेछ,लगानी गर्न अत्यन्त शुभ समय आएकोछ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
शरीरमा जाँगर बढ्नेछ,रोकिएका कामहरु फत्ते गर्न सकिनेछ,पारिवारिक झमेलाबाट मुक्ति पाइनेछ,सन्तान तथा अनुयायी वर्गबाट सहयोग संगै सन्तुष्टि पनि मिल्ने देखिन्छ,साझापख शिरमा कष्ट संगै कमाजोरिताको आभास हुन सक्छ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आन्तरिक समस्या समाधानमा महत्वपूर्ण योजनाहरु बन्नेछन,फसेका धनमाल हात लाग्नेछ भने पारिवारीक भेटघाटको अवसर जुट्नेछ,साथि तथा आफन्त-जनको सहयोगले सार्थकता पाउनेछ, नेतृत्वदायी क्षमताको बिकास हुनेछ, राजनैतिक छविमा सुधार देखिनेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment