दिन उत्साहजनक रहनेछ,साथि भाइ र आफन्त संगको भेटघाटमारमैनेछ,मनपरेको बस्तु भोजन गर्न र प्रयोग गर्न पाइनेछ,सहयोगी हरुकोसाथले रोकिएका कामहरु पुरा गरिनेछ,नया काम हात लाग्न सक्छ,आजको दिन केहि हलुका र उर्सदिलो रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सरकारी काममा सहजता आउनेछ,केहि झन्झट भएता पनि लगानी गर्नको लागि उचित समय देखिन्छ,धनार्जन संगै मनमा प्रशन्नता बढ्नेछ,बिस्वासिली पात्र बन्न सकिनेछ,उच्चपदस्थ व्यक्तिको सहयोग मिल्नेछ,पढाईलेखाईको क्षेत्रमा प्रगति हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सामाजिक मन सम्मान बढ्नेछ,नेतृत्व तहमा सहभागी भई कार्य सम्पादन गर्ने अवसर जुट्नेछ, नोकरीमा स्याबासी पाइनेछ,असल सोच र मित्रका साथ अगाडी बढ्नुहोला आर्थिक भन्दा सामाजीक सम्बन्ध राम्रो बन्नेछ,रमाइलो र फलदायी यात्राको सम्भाबना पनि देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
धर्म कर्ममा रुची बढ्नेछ,गुरुको सेवा गर्ने सु अवसर प्राप्त हुनेछ,बाद्बिबादमा परिने र कानुनि झमेला आइलाग्ने सम्भाबना देखिन्छ,गोचारमा शुभ स्थानमा रहेको चन्द्रमाको प्रभावले भाग्योदय गराउनेछ,उपहार पदक तथा चिठ्ठा प्राप्ति हुन सक्ने देखिन्छ,।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पारिवारिक सम्बन्ध र दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,धैर्यता कायम गर्न कठिन हुदा काममा बिध्न आउन सक्ने देखिन्छ,सवारी साधनको प्रयोगमा चनाखो रहनुहोला,आजको दिनमा सकभर आर्थिक लेनदेन नगर्नु उत्तम हुनेछ,गुप्तरोगले दुख दिन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रेम सम्बन्धमा सुधार आउनेछ भने मायाको गाठो अझै कसिलो बन्नेछ,नया बाहन तथा यान्त्रिक सामानको खरिद गर्ने समय छ,पठन पाठनमा मन्दी छाउनेछ,ब्यापारी बर्गको लागि निकै फाइदाजनक समय रहनेछ,खुट्टामा नभने चोटपटकको भय रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शत्रु पक्ष संग मुकाबिला गर्न सक्ने शक्तिको बिकास हुनेछ,काम बिगार्ने तत्व सक्रिय रहनाले सफलता पाउन केहि बिलम्ब हुन सक्ने देखिन्छ,गोपनियता राख्नुहोला,लड्ने चोटपटक लाग्न सके हुदा यात्रामा साबधानी रहनुहोला, आफन्तको सहयोग प्रसस्ती मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
साहित्यिक कार्यमा लाग्ने हरुकोलागी निकै व्यस्त दिन रहनेछ,अग्रजहरु संगको भेटघाटले नया उत्साह प्रादान गर्नेछ,नया कपडा तथा गरगहनाको लाभ हुनेछ,सन्तान बाट अपेक्षा भन्दा केहि बढी खर्च हुने देखिन्छ,पेटको समस्याले सताउन सक्छ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आफन्त संगको सम्बन्धमा प्रतिकुलता आउन सक्ने देखिन्छ,आज सुखमा केहि कमि आउनेछ,स्वास्थ्यले खासै साथ नदिने देखिन्छ,मत पिताको स्वास्थ्यमा कमजोरी आउन सक्छ,काम गर्दा गर्दै पनि आलोचित रहनु पर्नेछ,चार छिमेक संगको सम्बंधमा कटुता आउन सक्छ,खराब सोचलाई त्याग्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सानो सफलताको लागि पनि आज ठुलै प्रतिस्पर्धा गर्नु पर्ला,गरेको काममा खोट देखाइदिनाले काम गर्ने जागर घटना सक्छ,साथि संगी संगको सहायतामा ठुलो योजना बनाउने र सुरुवात गर्ने समय रहन्छ,प्रणय सुत्र कसिलो रहनेछ,दाजु भाइको सम्बन्धमा भने टकराब आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
क्षणिक भन्दा दिर्घकालिन सोच र योजानाको साथ अगाडी बढ्नको लागि उचित समय देखिन्छ, निरन्तर प्रतिफल आइलाग्ने काममा लगानी गरिनेछ,आखा र घाटिसंग सम्बन्धि समस्याले सताउन सक्छ,बहुमुल्य गहना उपहार स्वरूप प्राप्त हुन सक्छ,बोलीको प्रभाब बढ्नेछ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment