दक्षिण कोरियाली सरकारले सन् २०१६ का लागि न्यूनतम पारिश्रमिक ८.१ प्रतिशतले बढाउने भएको छ । यसले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका आप्रवासी र तल्लो तहका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुनेछन् ।
बिहीबार बिहान १ बजे सरकार, मजदुर संगठन, व्यवसायिक प्रतिनिधिबीचको मतदानबाट ज्याला वृद्धि गर्ने टुंगो लागेको छ ।
यो अगस्त ५ मा संसद्बाट पारित हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । सरकारले चालू वर्षका लागि ७.१ प्रतिशत ज्याला बढाएको थियो ।
नयाँ पारिश्रमिकअनुसार प्रतिघन्टा ६०३० अर्थात ५.३१ अमेरिकी डलर हुनेछ । सातामा चालिस घण्टा अथवा मासिक २०९ घन्टा काम गर्नेले यो वर्षको न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन बढेर १३ लाख १० हजार १९७ वन पाउनेछन् । यो १ लाख १७ हजार ६२५ रुपैयाँ हो ।
त्यस्तै, सातामा ४४ घण्टा काम गर्नेले १४ लाख १६ हजार ७६८ वन अर्थात एक लाख २७ हजार १ सय ९३ रुपैयाँ पाउनेछन् । आजको कारोबारमा खबर छ ।nepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment