Thursday, July 9, 2015

विदेश भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्म कसको खर्च कति ?

२५ असार, काठमाडौ ।

चालू आर्थिक वर्षमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरुले सरकारी खर्चमा विदेश भ्रमण गरेका छन् । उनीहरु अन्तर्राष्ट्रिय सम्मेलन, निमन्त्रणा, सेमिनार लगायतमा विदेश भ्रमण गएका हुन् ।

भ्रमण खर्च भुक्तानीका लागि अर्थमन्त्रालयले विभिन्न मन्त्रालयलाई निकासा दिएको छ । गत साउनबाट जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी गर्न निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारी भ्रमण खर्च नियमावलीले स्वीकृत गराएर भ्रमणमा गएका पदाधिकारी र कर्मचारीले मात्रै भत्ता पाउने ब्यवस्था गरेको छ ।



राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाँदा दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च, टोली नेता भत्ता तथा भैपरी आउने खर्च लगायतका सुविधा पाउने ब्यवस्था छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले बिजनेस क्लवासको हवाई टिकटको खर्च पाउने ब्यवस्था नियमावलीमा छ । उनीहरुलाई अति विशिष्ट तहमा राखिएको छ । उनीहरुले दुई सय अमेरिकी डलर दैनिक भ्रमण भत्ता पाउँछन् । आजको नयाँ पत्रिकामा खबर छ ।

भ्रमण टोलीमा रहेका सदस्यले पनि हवाई टिकट, दैनिक भ्रमण खर्च पाउने व्यवस्था नियमावलीमा छ । अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, तालिम, वार्ता वा बैठकमा जाँदा कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट खान–बस्नको प्रबन्ध भई पकेट खर्चबापत रकम दिने व्यवस्था नभएमा पकेट खर्चबापत दैनिक २५ डलर दिने व्यवस्था छ । विशिष्ट तह वा सोभन्दा माथिका पदाधिकारी भए होटेल खर्चको अलग्गै बिल पेस गर्न सक्ने व्यवस्था छ ।nepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment