Tuesday, February 23, 2016

तारा एयरका विषयमा के भन्छन् मुस्ताङका डिएसपी योगी

काठमाडौं, १२ फागुन । मुस्ताङ जिल्लाका प्रहरी प्रमुख डिएसपी हरिहर योगीले हराइरहेको तारा एयरको बिमान खसेको भनिएको स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।
उनले सो स्थानमा आगो देखिएकाले बिमान दुर्घटना भएको हुन सक्ने अनुमान आफ्नो रहेको बताए । डिएसपी योगीले भने, ‘बिमान रुप्सेमा खसेको अनुमान छ । घोप्टे भीरमा नि खसेको खबर आएको छ । तर यकिन भइसकेको छैन ।’
दस बजेर २० मिनटमा दैनिक नेपालसँग कुरागर्दै उनले भने, ‘बिमान फेला परेको भनिएको स्थानतर्फ प्रहरी पठाएको छु । बिमानको उद्धार र खोजीका लागि हामी खट्टिरहेका छौँ । बिमानमा तीन जना चालक दलका सदस्य, १८ जना नेपाली र दुई बिदेशी रहेको बुझिन आएको छ । बिमान रुप्से वा घोप्टेभीरमा कहाँ खसेको हो त्यो अझै थाहा हुन सकेको छैन । हाम्रो अनुमान अनुसार रुप्सेमा बिमान खसेको हो की भन्ने छ । तर त्यहाँ पुगेर प्रहरीले खबर नदिँदासम्म यकिन भन्न सकिँदैन ।’
बिमानको खोजीका लागि नेपाली सेनाले पनि आफ्नो हेलिकप्टर परिचालन गरेको जनाएको छ ।
(समाचारमा मुस्ताङ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।)
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment