Saturday, July 25, 2015

मासु चिउरा पानीले भिजेपछि एमाले नेता भोकै

काठमाण्डु, १० साउन– १२ वैशाखको भूकम्पले पार्टी कार्यालय भत्केका कारण एमाले पोलिटब्युरो बैठक शनिबार मुख्यालय परिसरको चौरमा पालमुनि बस्यो ।

बैठकमा सदस्यहरूलाई खाजा कुखुराको मासु, चिउरा र अचार थियो । तर, खानेवेला पानी परेपछि खाजा भिजेको थियो । पानीले बैठकसमेत प्रभावित पारेको थियो ।
एमाले पार्टी कार्यालय ७ साउनमै धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा सारेर पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो ।
तर, नयाँ कार्यालयअगाडि मेलम्ची खानेपानी आयोजनाले पाइप गाड्न बाटो भत्काएकाले कार्यालय सार्न नसकिएको र बैठक बल्खुकै चौरमा राखिएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
नयाँ पत्रिकाबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment