Wednesday, July 22, 2015

नयाँ संविधानका लागि पूर्व राजा ज्ञानेन्द्रको पनि सुझाव

६ साउन, काठमाडौं ।

देशभरी नयाँ संविधानको मस्यौदाबारे विवाद र बहस चलिरहेको समयमा पूर्व राजा ज्ञानेन्द्रले पनि मुख खोलेका छन् अहिलेको संविधानको मस्यौदामा सबैको भावना नसमेटिएको टिप्पणी गर्दै ज्ञानेन्द्रले यसलाई संसोधन गर्न माग गरेका हुन् ।

भूकम्पबाट ज्यान गुमाएकाहरुको शान्तिको कामना गर्दै वसन्तपुरस्थित सानो पशुपतिनाथको मन्दिरमा आयोजित महायज्ञमा सहभागी भएका ज्ञानेन्द्रले कसैलाई काखा र कसैलाई पाखा बनाउने संविधानले काम नगर्ने बताए ।

यस अघि पूर्वराजा ज्ञानेन्द्र शाहरुले आफूसँग तत्कालीन आन्दोलनरत दलले गरेको सहमतिबारे जिज्ञासा राखेका थिए । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले एक सन्देश दिँदै आफूसँग भएका सहमति कार्यन्वयन गर्न दलहरुलाई आग्रह गरेपछि उनलाई कारवाही गर्न समेत माग भएको थियो ।

आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो ।

दलहरुबीच किचलो र विभिन्न जाति समुदायबाट नयाँ संविधानको मस्यौदामाथि असन्तुष्टी आइरहेको समयमा पूर्वराजाको बोलीलाई महत्वका साथ हेरिएको छ ।nepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment