मुगुस्थित गमगाढ वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख कालीबहादुर महतका अनुसार पावर हाउसमा रहेको जेनेरेटरको बेरिङ जलेकाले विद्युत् आपूर्तिमा समस्या आएको हो ।
आर्थिक वर्षको अन्तमा कामको चाप बढेका बेला विद्युत् आपूर्तिमा समस्या आएपछि विकासे कार्यालय तथा विद्युत्जन्य व्यापार गर्दै आएका व्यापारीलाई समस्या भएको छ । जसको कारण ती कार्यालय तथा व्यापारिक केन्द्रबाट पाइने सेवा सेवाग्राहीले समयमै पाउन सकिरहेका छैनन् ।
निमित्त कार्यालय प्रमुखका अनुसार बेरिङ कार्यालय प्रमुख विष्णु शर्मा यो महिनाको अन्तमा मुगु आउँदा आफै लिएर आउने भएकाले यो महिनाको मसान्तसम्म सदरमुकाम र आसपासका चार गाविसमा विद्युत् आपूर्ति हुने छैन । रासस
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment