Thursday, July 9, 2015

पहिरोसहितको ढुंगाले यात्रु बस किच्यो

एक जनाको मृत्यु, १० यात्रु घाइते
नुवाकोट : नुवाकोटस्थित पासाङल्हामु मार्गमा गुडिरहेको बसलाई सडक माथिबाट पहिरोसँगै झरेको ढुंगाले पुर्दा त्यसमा सवार एक जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

किमताङबाट यात्रुसहित सदरमुकाम विदुर हुँदै काठमाडौ जाँदै गरेको बा१ख २८४१ नम्बरको यात्रु बस पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडकखण्डस्थित ३४ किलोमा बिहीबार अपरान्ह ढुंगाले थिच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने मृत्युको पुष्टि गरेको छैन । स्थानीयबासी र प्रहरीले किचिएको बसवाट चार जना घाइते यात्रुलाई निकालेका छन् । ककनी–१ मा रहेको घटनास्थलमै नाम नखुलेका एक यात्रुको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

घाइतेहरुलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्था तथा काठमाडौँतर्फ लगिएको उद्धारमा संलग्न प्रहरी निरीक्षक जयराज वन्तले जानकारी दिए । सो बसमा ४० जना यात्रु सवार थिए ।

‘बसभित्र अझै यात्रुहरु थिचिएर चिच्याइरहेका छन्’, प्रहरी निरीक्षकभ जयराज वन्तले भने, ‘हामीले निकाल्ने प्रयास जारी राखेका छौं ।’ बसलाई क्रेनले काटेर उद्धार गर्नुपर्ने भएको छ ।
www.annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment