Wednesday, July 22, 2015

भूकम्पको केन्द्र सिन्धुपाल्चोक कि काठमाडौं ? के भन्छ भूकम्प मापन केन्द्र …

७ साउन, काठमाडौं ।

बुधबार राति गएको भूकम्पको ठूलै झट्का गयो । केन्द्रबिन्दु कहाँ भनेर पत्ता लगाउन लामै समय कुर्नु पर्यो । धेरैपछि भूकम्प मापन केन्द्र, लैनचौरको आधिकारिक साइटमा केन्दबिन्दु सिन्धुपाल्चोक भनेर आयो । सबैले यसैलाई आधार माने । तर पछि भूकम्प भने सिन्धुपाल्चोक नभई काठमाडौं केन्द्र भनेर आयो । यो कुराको पुष्टि पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले नै गरेको थियो ।

भूकम्प मापन केन्द्रको टेबल आफै बोल्छ

भूकम्प मापन केन्द्रले गरेको गल्ती अर्थात गलत तथ्यांकका कारण सबै मानिस रनभुल्ल त परे नै स्वयम केन्द्रले समेत गल्ती भएको भन्दै सच्याउनु पनि पर्यो ।


बुधबार राति १० बजेर १४ मिनेटमा काठमाडौँको भृकुटीमण्डपलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment