गोलेको हाल कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको रोग किटानका लागि नर्भिकदेखि बाँसबारीसम्म उपचार गरिएपनि कुनै प्रगति नभएपछि हाल उनको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको हो । शुरुमा ढाड र खुट्टामा समस्या देखिएकोले नसाको समस्या भन्दै उपचार गरिएपनि पछि हड्डीको समस्या भएको बताइएको थियो । उनको उपचार हाल डा. बाबुकाजी श्रेष्ठ र ओम प्रकास अधिकारीले गरिरहेका छन् ।
एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’ सँग अस्पताल पुगेका प्रचण्डले गोलेसँग उनको स्वास्थ्यस्थिति बुझ्नुको साथै डाक्टरहरुसँग उपचारको प्रगतिबारे जानकारी लिएका थिए ।
अध्यक्ष प्रचण्डले गोलेको स्वास्थ्य उपचारमा लाग्ने खर्च पार्टीले बेहोर्ने जानकारी गराउँदै उपचारमा कुनै पनि कमी नगर्न डाक्टरहरुलाई आग्रह गरेका थिए । गोलेसँग अस्पतालको शैय्यामा पुगेर गोलेलाई प्रचण्डले भने, ‘तपाईं चिन्ता नलिनुहोला । पार्टीेले तपाईंको उपचारको खर्च बेहोर्नेछ । सबै ठीक हुन्छ ।’ गोलेले पनि प्रचण्डसामु आफ्नो पीडाहरु बिसाएकी थिइन् ।
जनयुद्धका बेला सिन्धुपाल्चोकको भिडन्तमा देब्रे हात गुमाएकी गोले रेडियो गण्डकीमा रहेर पत्रकारका रुपमा कार्यरत थिइन् । उनको माइती ललितपुरको चन्दनपुर हो भने मकवानपुरमा उनको विवाह भएको थियो । विवाहपछि भने उनले पत्रकारिता छाडेकी थिइन् ।
उनको उपचारका लागि एमाओवादीका विद्यार्थी नेता दिपेश पुनलगायतले रकम संकलन अभियानसमेत थालेका छन् ।
www.ratopati.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment