संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निजामति सेवा चौथो संशोधन विधेयक २०७१ पारित भएको छ । विधेयक पारितसँगै विदेशको डीभी, पीआर लिनेकर्मचारीमाथि कारबाहीको बाटो खुला भएको छ ।
शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सो विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव गरेका थिए । डेढ वर्षअघि मन्त्री पण्डितले विदेशको ग्रिनकार्ड लिने कर्मचारीहरुलाई कारबाही गर्ने घोषणा गरेका थिए ।
मन्त्री पण्डितले त्यसका लागि संसदबाट निजामती सेवा विधेयक संशोधन गर्ने बताएका थिए । तर, मन्त्रिपरिषदकै अन्य वरिष्ठ मन्त्रीहरुको अवरोधका कारण लामो समयसम्म निजामती सेवा विधेयक संशोसन हुन सकेको थिएन । मन्त्री पण्डितले यस्तो घोषणा गर्ने वित्तिकै निजामती कर्मचारीहरु त्यसको विपक्षमा उभिन पुगेका थिए । उनीहरुले मन्त्री पण्डितको यो महत्वाकांक्षी संसदबाट पारित हुन नदिन ठूलै लबिङ गरेका थिए । आजको राजधानीमा खबर छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपालको निजामती सेवामा विदेशी मुलुकको स्थायी बसोबाससम्बन्धी परिचयपत्रबाहक १२ हजार भन्दा बढी कमृचारी रहेका छन् । उनीहरुले अमेरिकाको ग्रीनकार्ड, क्यानाडाको पीआर र अष्ट्रेलिया लगायतका मुलुकहरुको स्थायी बसोबासको प्रमाणपत्र लिएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment