Wednesday, July 22, 2015

ज्ञानेन्द्रका पछाडि कसले खटायो यस्तो 'फौज' ?

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बिहान वसन्तपुरको माखन गल्लीस्थित सानो पशुपति मन्दिरमा पुग्दा युवाको एउटा जमात निकै सतर्क अवस्थामा देखियो ।

भूकम्पमा ज्यान गुमाएकाहरुको शान्किा लागि आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पुग्दा युवाको एक समूह छापामार शैलीमा खटिएको थियो ।

टाउको राजतन्त्रको प्रतीक श्रीपेँच अंकित आरवाईपी लेखिएको रातो रिबन बाँधेका उनीहरुले वसन्तपुरमा राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

एमाले र एमाओवादीका युवाहरुकै शैलीमा रिबन बाँधेर खटिएका उनीहरु पूर्वराजा शाहको सुरक्षामा समेत खटिएका थिए ।

राजतन्त्रको पक्षमा नारा लगाउँदै रातो रिबन बाँधेका युवा । तस्बिर : दिनेश विक्रम शाह
उनीहरुले आफूहरु राजतन्त्रको पक्षमा रहेको जनाउँदै स्वतःस्तफुर्तरुपमा आफूहरु यहाँ खटिएको बताए ।

स्रोतका अनुसार उनीहरुलाई राजतन्त्रका पक्षधर युवा पशुपति खड्काले खटाएका हुन् । उनैले श्रीपेँच अंकित रिबन निधारमा बाँड्न लगाएर ती युवालाई खटाएको स्रोतको भनाइ छ ।

‘उनीहरुले पूर्वराजा शाह उपस्थित हुने कार्यक्रममा पहिलेबाटै यस्ता गतिविधि गर्दै आएका छन्’, स्रोतले भन्यो, ‘दरबारबाट त्यस्ता गतिविधि नगर्न भन्दाभन्दै उनीहरुले विवादित गतिविधि गर्दै आएका छन् ।’

बुधबार बसन्तपुर पुगेको युवाको त्यो समूहको लागि रिबन बनाउने काम पनि पशुपति खड्काले नै गरेका हुन् । पूर्वराजा शाहका सहयोगी फणि पाठकले दरबारबाट त्यस्ता कुनै पनि युवाको समूह नखटाइएको जानकारी दिए ।

‘दरबारले युवाको समूहलाई त्यसरी परिचालन गरेको छैन’, पाठकले भने, ‘वसन्तपुरमा पनि उहाँहरु रिबन बाँधेर स्वतस्फुर्त आउनभएको हो ।’
annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment